English

पहिलो लकडाउनकै ऋण तिरेको छैन

काम नगरे हातमुख जोड्न पाइदैन


सोगरथ राम काठमाडौंको कोटेश्वरमा जुत्ता सिलाउने काम गर्छन् । तर सरकारले निषेधाज्ञा जारी गरेपछि उनको रोजीरोटी खोसिएको छ । उनले अबको केही दिन सडकको पेटीमा बसेर जुत्ता सिलाउन पाउने छैनन् । निषेधाज्ञापछि धेरै मानिसहरु गाउँ फर्किए । उनलाई भने गाउँ फर्किन मनै छैन । उनी भन्छन्, ‘मरे यहिँ मर्छु, गाउँ फर्किन्न ।’

उनले गत वर्ष भएको लकडाउनमा गुजारा चलाउन छिमेकीबाट डेढ लाख रुपैयाँ ऋण लिएका थिए । अहिलेसम्म त्यो ऋण तिर्न सकेका छैनन् । उनी भन्छन्, ‘काठमाडौंबाट घर फर्किएपछि पैसाको मुठो ल्यायो होला भनेर ऋण दिने साहुहरुको लाइन लाग्छ । तर मसँग पैसा छैन । त्यसैले लकडाउनमा भोकै भए पनि काठमाडौं छोड्दिन ।’

नौ महिनाको लकडाउनको ऋणको भारी उनीसँग छँदैछ । फेरि, निषेधाज्ञाले उनको पीडा झनै थपिएको छ । चिन्तामा डुबेका सोगरथ भन्छन्, ‘नौ महिनाको लकडाउनको ऋण तिर्न सकेको छैन । अब फेरि कसरी ऋण तिर्ने ?’

सोगरथले चारजना छोराछोरीको खानपान र पढाई खर्च जुत्ता सिलाएरै धानेका छन् । सडक किनारमा धुलो, धुँवा, घाम–पानी सहेर उनले ७ जनाको परिवार पालेका छन् । उनको गाउँमा पनि प्रशस्त खेतबारी छैन, अहिलेको निषेधाज्ञामा कसरी पेट भर्ने भन्ने चिन्ताले उनलाई सताइरहेको छ ।

उनी विहान ८ बजेदेखि साँझ ७ बजेसम्म ११ घण्टा फुटपाथमै खटिन्छन् । उनको दैनिक कमाईको कुनै टुंगो हुँदैन। मासिक सरदर तीस हजारको हाराहारीमा कमाउँछन् । त्यसले घरभाडा तिर्छन्, बाँकी कमाई घर पठाउँछन् ।

उनी काठमाडौंमा मासिक ५ हजार भाडा तिरेर एक्लै बस्दै आएका छन् । गत वर्षको लकडाउन उनी तराईमै बसे तैपनि काठमाडौंका घरबेटीलाई भने पूरै महिनाको भाडा तिरे । घरबेटीले एक महिना पनि छुट दिएन । ‘लकडाउनको बेला घरै बस्दा पनि घरभाडा पूरै तिरेँ’ उनी भन्छन् ।

उनी विहान ८ बजेदेखि साँझ ७ बजेसम्म ११ घण्टा फुटपाथमै खटिन्छन् । उनको दैनिक कमाईको कुनै टुंगो हुँदैन। मासिक सरदर तीस हजारको हाराहारीमा कमाउँछन् । त्यसले घरभाडा तिर्छन्, बाँकी कमाई घर पठाउँछन् ।

दिनभर सडक पेटीमा बसेर सयौंको जुत्ता मर्मत गर्ने रामलाई रोग लाग्ला भन्ने कुनै डर छैन जति ऋणको छ ।

नौ महिनाको लकडाउनमा सरकारले कुनै सहयोग नगरेको उनको गुनासो छ । तर, अब पहिलाको जस्तै निषेधाज्ञा लम्बिएमा सरकारले सहयोग गर्ला कि भन्ने उनमा झिनो आशा छ । उनी भन्छन्, ‘समस्या पर्यो भने सरकारले हामी जस्तो दुःखीको हेर विचार गर्ला नि, केही न केही त पक्कै गर्ला । सरकारले पैसा नदिए पनि खाने रासन देला नि ।’

दिनभर सडक पेटीमा बसेर सयौंको जुत्ता मर्मत गर्ने रामलाई रोग लाग्ला भन्ने कुनै डर छैन जति ऋणको छ । कोरोनाको डर लाग्दैन ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘डर लागे पनि के गर्नु । काम नगरे खाना पुग्दैन । डराएर हुँदैन, पैसा भए सडकमा दुःख गर्न को नै आउँथ्यो र ? काम गरिएन भने हात मुख जोडिदैन ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested