English

बल्ल पायो मार्केटिङले नयाँ मोड



सै भनिएको होइन,‘बोल्नेको पिठो बिक्छ,नबोल्नेको चामल पनि बिक्दैन ।’ तर अब बोलेरमात्र पिठो बेच्न सकिने एकादेशको कथा जस्तो भइसक्यो । अन्तर्राष्ट्रिय बजारको दैलोसम्म पहुँच र आफ्नो कुराको ब्राण्डिङका लागि अब मार्केटिङको तौर तरिका बदल्न आवश्यक छ । नेपालमा त झनै आवश्यक छ । किनकी हाम्रो मार्केटिङशैली निकै परम्परागत छ ।

आफ्नो कुरा स्थापित गर्ने होइन कि नेपाली बजारमा भइरहेको मार्केटिङको परम्परागत अभ्यासमा नवीन सीप र कौशल पनि उत्तिकै आवश्यक छ । नेपालमा भइरहेको परम्परागत मार्केटिङ शैलीमा परिवर्तन पनि अत्यावश्यक देखिएको छ । नेपालमा अभ्यासमा आइरहेको मार्केटिङ शैलीलाई अझै धारिलो बनाउनुका साथै नेपाली बजारलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराउन ढिलो भइसकेको छ । यसका लागि आवश्यक छ,नेपाली मार्केटिङलाई डोरयाउन उचित बाटो देखाउने मार्गदर्शक ।

नेप्लिज मार्केटिङ एसोसियसन संस्थापकहरू सामूहिक तस्बिर खिचाउँदै ।

सम्भवत यही पक्षलाई आत्मसात गरेर मार्केटिङका विज्ञ तथा जानकारहरुले नेपाली मार्केटिङलाई समुन्नत बनाउने चाहनालाई मूर्तरुप दिने प्रयासको थालनी गरेका छन् । उनीहरुले नेप्लिज मार्केटिङ एसोसियसन गठन प्रक्रिया अघि बढाएका छन् । सोमबार काठमाडौंमा एसोसियसनले संस्थापकहरुको भेला आयोजना गर्यो । भेलामा वक्ताहरुले नेपाली बजारलाई अझै व्यवसायिक र प्रतिस्पर्धी बनाउन एसोसियसनले सहजीकरणमा सहयोग गर्ने बताएका थिए ।

संस्थापकहरुलाई स्वागत गरिएको उक्त कार्यक्रममा बोल्दै एसोसियसनका संस्थापक तथा चार्टर मार्केटर अफ क्यानडाका डा.तुलसी धरेलले नेपालमा मार्केटिङ एसोसियसन गठन हुनुलाई आफ्नो एउटा ठूलो सपना पुरा भएको दिनका रुपमा लिएको बताए ।

संस्थापकहरुलाई स्वागत गरिएको उक्त कार्यक्रममा बोल्दै एसोसियसनका संस्थापक तथा क्यानडाका चार्टर मार्केटर डा.तुलसी धरेलले नेपालमा मार्केटिङ एसोसियसन गठन हुनुलाई आफ्नो एउटा ठूलो सपना पुरा भएको दिनका रुपमा लिएको बताए ।

डा.तुलसी धरेल

नेपालमा अपार सम्भावना भए पनि मार्केटिङ कौशलकै अभावमा अन्तर्राष्ट्रिय बजारमा उपस्थिती जनाउन नसकिएको बताउँदै क्यानेडियन मार्केटिङ एसोसियसनमा आवद्घ तथा क्यानडामै मार्केटिङको प्राध्यापन पनि गर्दै आएका धरेलले भने,‘मार्केटिङका सम्बन्धमा मैले संसारभरिबाट जे जति ज्ञान पाए त्यही ज्ञान नेपाल र नेपालीमाझ बाँड्न खोजेको हुँ । यो संस्थाको स्थापना त्यही पहलको परिणाम हो,अब यसले अन्तराष्ट्रिय जगतमा नेपालको ब्राण्डिङ गर्नुपर्छ ।’

प्रस्तावित एसोसियसनका संस्थापक डा.गोपाल थापाले संस्थाको उद्देश्यमाथि प्रकाश पार्दै नेपालमा मार्केटिङ डिर्पाटमेन्टले राम्रो गर्न नसकेको र सिलेबस पनि अन्तर्राष्ट्रिय स्तरको नभएको जुन आलोचना हुदैँ आएको थियो त्यसलाई चिर्न एसोसियसनले भूमिका खेल्ने आफूले विश्वास लिएको बताए ।

महेश स्वार

एसोसियसनका संस्थापक तथा तदर्थ समितिका सदस्य महेश स्वाँरले अब नेपालमा अमेरिकन मार्केटिङ एसोसिएसनका अनुसार भनेर पढ्नुपर्ने बाध्यतालाई मेट्न एसोसियसनले आफ्नो तर्फबाट योगदान दिन सक्ने र त्यसका लागि मार्केटिङ क्षेत्रमा रहेका ब्यावसायिक व्यक्तित्व तथा प्राज्ञिक जगतलाई एकै थलोमा ल्याउन सकिने विचार ब्यक्त गरे ।

एसोसियसनका संस्थापक अनुप के बरालले मार्केटिङ सिकाउन विदेशबाट विज्ञ बोलाउनु पर्ने दिनको अन्त्य हुनुपर्ने र अबको पुस्ताले मार्केटिङ के हो र नयाँ शैलीबाट कसरी मार्केटिङ गर्नुपर्छ भन्ने कुरा नेपालीबाटै सुन्न पाउने आफुले सम्भावना देखेको बताए ।

एसोसियसनका संस्थापक अनुप के बरालले मार्केटिङ सिकाउन विदेशबाट विज्ञ बोलाउनु पर्ने दिनको अन्त्य हुनुपर्ने र अबको पुस्ताले मार्केटिङ के हो र नयाँ शैलीबाट कसरी मार्केटिङ गर्नुपर्छ भन्ने कुरा नेपालीबाटै सुन्न पाउने आफुले सम्भावना देखेको बताए ।

५० जना संस्थापक सदस्य रहेको एसोसियसन गठनका लागि ७ सदस्यीय तदर्थ समिति गठन भइसकेको छ । प्रस्तावित एसोसियसनको उक्त समितिमा प्रा.डा.गोपाल थापा असिस्टेन्ट प्रोफेसर सुशील अवाले,कान्तिपुर मिडिया ग्रुपका डिजिएम महेश स्वार,गोल्छा ग्रुपकी एजिएम पुनम सिंह, डावर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खाली, स्मार्ट पानीका निर्देशक सुमन शाक्य र ब्यावसायी सिर्जना जोशी महर्जन रहेका छन् ।

सुमन शाक्य

संयोजन समितिले संस्थाको विधान तयार गरि दर्ता प्रक्रियालाई अघि बढाएको छ । मार्केटिङसँग सरोकार राख्ने ब्यक्तिहरुले एसोसियसन गठन प्रस्तावलाई ‘महत्वपूर्ण अभियानको शुरुवात’ मानेका छन् । नेपालको ब्राण्डिङ गर्नका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मार्केटिङ कौशल अपनाउन पनि एसोसियसनको यो प्रयास कोशेढुङ्गा सावित हुन सक्छ । सहि गोरेटो र सक्षम गुरु भेट्न नसकेको नेपालको मार्केटिङ क्षेत्रका लागि एसोसियसन मार्गदर्शक बन्न सक्छ ।

पुनम सिंह



यो पनि पढ्नुहोस्
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
काठमाडौँमा अपार्टमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ मुल्य
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
पहिलो लकडाउनकै ऋण तिरेको छैन
यस्तो छ कृषि फार्म दर्ता गर्ने प्रक्रिया
पैसा कसरी जोगाउने ?
विद्यार्थी भन्छन्, ‘ऋण होइन सरकार, रोजगार देऊ’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली