कोरोना महामारीपछि लयमा फर्किदै शिक्षा क्षेत्र



कोरोना महामारीपछि शिक्षण संस्था लयमा फर्किदै छ । कोरोना महामारीले करिब दुइ वर्ष शिक्षण क्षेत्रको भौतिक उपस्थिति ठप्पा रह्यो । करिब २ महिना यता भौतिक उपस्थितिमा पठनपाठन भइरहेको छ ।

बन्दबन्दीको समय केही कलेज र स्कुलले छिटपुट भर्चुअल अर्थात अनलाइन कक्षा संचालन गरे । तर भौतिक कक्षा भन्दा अनलाइन कक्षामा नयाँ प्रविधि प्रयोग गरिने भएकाले शिक्षक, विद्यार्थी र अभिभावकलाई समस्या रहेको त्रिभुवन विश्वविद्यालय मानविकी संकायकी डिन प्रा.डा.कुसुम शाक्य बताउँछिन् । ‘कोभिडका कारणले केही महिना शैक्षिक सत्र सरेको छ, तर हामीले लकडाउनका समयमा पनि अनलाइनबाट विद्यार्थीलाई पठनपाठन गरायौँ,’ शाक्यले भनिन्, ‘शिक्षक, विद्यार्थीले नयाँ प्रविधिको प्रयोग गरे, त्यो एउटा उपलब्धीमुलक सिकाई भयो ।’
कोरोनापछि सबै कलेज भौतिक रुपमा संचालन भइसकेको छ ।

बन्दाबन्दीको समयमा विद्यार्थीले शिक्षकले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेको शाक्य बताउँछिन् । अबका दिनहरुमा केही महिनापछि भएको शैक्षिक सत्रलाई आ–आफ्नो ठाउँबाट काम गरेर सन्तुलनमा ल्याउने कोशिस गरेका छौँ,तर कोरोना महामारी जस्ता समस्या भविष्यमा के हुन्छ भन्न सकिदैन,’ शाक्यले भनिन् ।

बन्दाबन्दी र अनलाइनले गर्दा शिक्षाको गुणस्तर घटेको भन्न सकिन्छ तर महामारीको समयमा भर्चुअल कक्षा नभएको भए शिक्षा क्षेत्र ध्वस्त नै हुने डर पनि रहेको मिश्र बताउँछन् ।

पहुँच भएका कलेज र स्कुलले मात्रै अनलाइन कक्षाहरु संचालन गरे । भर्चुअल कक्षा प्रभाकारी हुन भने सकेन । भर्जुअल कक्षामा ५० प्रतिशत मात्र उपस्थिति हुने भएकाले केही विद्यार्थीले कोर्स सक्काएको कसैले नपढेको आमसंचार तथा पत्रकारिता विषयका लेक्चरल संजीव मिश्र बताउँछन् । ‘धेरै समयपछि शैशिक संस्था संचालन आउँदा विद्यार्थी उत्साहित देखिन्छन्,’ मिश्रले भने, ‘बन्दाबन्दीको समयमा लिइएको अनलाइन कक्षा विद्यार्थीसँग सम्पर्कमा बस्नका लागि मात्र भए जस्तो लाग्छ ।’

बन्दाबन्दी र अनलाइनले गर्दा शिक्षाको गुणस्तर घटेको भन्न सकिन्छ तर महामारीको समयमा भर्चुअल कक्षा नभएको भए शिक्षा क्षेत्र ध्वस्त नै हुने डर पनि रहेको मिश्र बताउँछन् ।

कोरोनाका कारण शैक्षिक क्षेत्र उठ्न खोजे पनि लामो समयसम्म रहने छ । कोरोना कारणले कतिपय शिक्षकले महिनौँको तलब समेत पाउन सकेनन् । कतिपय अभिभावकको रोजीरोटी खोसिएको देखिन्छ । यस्तो अवस्थामा प्राइभेटमा पढिरहेका विद्यार्थी सरकारी कलेज,स्कुलमा भर्ना भएको परिस्थिति रहेको मिश्रको भनाइ छ ।

बन्दाबन्दीमा मन्टेश्वरीमा पनि अनलाइन कक्षा संचालन भए । अनलाइन कक्षामा साना बच्चालाई सिकाउन एकदमै समस्या रहेको छुनामुना मन्टेश्वरीकी प्रिन्सिपल कमला ढकाल अधिकारी बताउँछिन् । ‘अनलाइन र भौतिक कक्षा संचालन गर्नु एकदम फरक छ,’ उनले भनिन्, ‘भौतिक कक्षामा अभिभावकले स्कूलमा बच्चा छोडेर जानु हुन्छ, तर अनलाइनमा बच्चासँगै बस्नु पर्ने परिस्थिति थियो ।’

अनलाइनमा पढाएका विषयवस्तुलाई फेरी दोहरयाएर पढाउनु पर्ने स्थिती रहेको अधिकारीले बताइन् । अनलाइन कक्षा पढ्दा शिक्षकले पढाएको विषयमा ध्यान हुँदैन थियो । तर भौतिक कक्षामा सहभागी हुँदा त्यो खाले समस्या नरहेको पत्रकारिता तथा आमसंचार विषयमा तेस्रो सेमेस्टर अध्ययनरत विद्यार्थी अनिशा निरौला बताउँछिन् ।

यो पनि…
शिक्षाविद् डा. विद्यानाथ भन्छन् – ‘आर्थिक अभावले साइन्स पढ्न पाइनँ’
बेलायतको शिक्षा किन अब्बल मानिन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट निस्केर बाहिर जाने हो भने इँटा भट्टाहरू प्रशस्तै भेटिन्छन् । यिनै भट्टामा राजधानी वरपरका गाउँहरूबाट हिउँदमा काम गर्न श्रमिकहरू

रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका

नेपालमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार २ सय ९२ जना संक्रमण मुक्त

सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ ।

Suggested