English

पढ्नलाई किन जाने बेलायत ?

बेलायतको शिक्षा किन अब्बल मानिन्छ ?



विश्वमा बेलायतमा हासिल गरिने उच्च शिक्षाको अलग्गै महत्व रहेको छ । बेलायतको शैक्षिक इतिहासलाई पुरानै मानिन्छ । हुन त अरु युरोपियन देशहरूको शैक्षिक इतिहास पनि पुरानै रहेको छ । तर पनि बाँकी विश्वका विद्यार्थीहरूको पहिलो छनोट भनेको बेलायतकै युनिभर्सिटीहरू हुने गरेका छन् । यो किन हुन्छ ? भन्ने बिषयमा केही मन्थन गरौं ।

अहिले म युनिभर्सिटी कलेज लण्डनको इन्ष्टिच्यूट अफ एजुकेशनमा एजुकेशन एण्ड इन्टरनेशनल डेभलपमेन्ट बिषयमा एशोसियट प्रोफेसरको रूपमा कार्यरत छु । बेलायतको शिक्षा क्षेत्र त्यसमा पनि उच्च शिक्षाको क्षेत्रमा कार्यरत रहेको कारण यहाँको शिक्षासंग म धेरै हदसम्म जानकारी राख्दछु ।

रिसर्च बेसमा शिक्षा शैली

बेलायतको शिक्षालाई बाँकी विश्वका विद्यार्थीहरूले रुचाउनुको मुख्य कारण भनेको यहाँको शिक्षा शैली धेरै नै रिसर्च बेसमा हुने गरेको छ । जस्तो नेपालको शिक्षा शैली एक्जाम बेस, निश्चित किताबमा आधारित भएर पढाइने र सोहीअनुसार परीक्षा लिएर पास गराउने चलन रहेको छ । तर यहाँको शिक्षा शैली क्रिएटिभिटीमा आधारित हुन्छ भने जे कुराको पनि रिसर्च गरिन्छ । जस्तो पहिला पढाइरहेकै बिषयमा पनि पुनः रिसर्च गर्ने परम्परा रहेको छ । यसले कतै नयाँ सोच र अवधारणाहरू ल्याउँछ कि भन्ने पनि हुन्छ । कुनै पनि बिषयमा प्रश्न–उत्तर गर्ने, खुशीसाथ पढाउने शैली र अंग्रेजी भाषाकै कारणले बेलायतको शिक्षालाई विश्वमै अब्बल मानिएको हो ।

बेलायतमा रहेको रसेल ग्रुप अफ युनिभर्सिटी र यो ग्रुपमा आबद्ध भएका युनिभर्सिटीहरूले रिसर्चलाई एकदमै प्राथमिकता दिन्छन् । उनीहरू सधैँ फरवार्ड थिंकिङ, इनोभेसन गर्ने, डिस्कभरी गर्ने, इन्भेन्सन गर्ने जस्ता बिषयमा ओरिएन्टेसन गराइरहेका हुन्छन् ।

यहाँ सञ्चालनमा रहेका अधिकांश युनिभर्सिटीहरू स्वतन्त्र छन् । उनीहरू आफ्नो युनिभर्सिटीअनुसार आफ्नै पाठ्यक्रम बनाउन सक्छन् । उनीहरूले बनाएको पाठ्यक्रमलाई सोही युनिभर्सिटीमै शैक्षिकस्तर नियन्त्रण गर्ने निकाय पनि हुन्छ । यो बाहेक उक्त युनिभर्सिटीले बनाएको नयाँ पाठ्यक्रमको ढाँचालाई उसको स्तर अनुसार छ कि छैन भनेर बाहिरी संयन्त्रले पनि निरीक्षण गर्छ । यसले गर्दा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूले के कस्तो किसिमको शिक्षा हासिल गर्नुपर्छ भन्ने कुरालाई उच्च मापदण्डमा राखेरै पाठ्यक्रमलाई अगाडी बढाईन्छ ।

यहाँको शिक्षा पद्धतिले रिसर्च र टिचिङ इनोभेसनलाई उच्च प्राथमिकता दिने हुनाले नै बेलायतमा रहेका धेरै युनिभर्सिटीहरूलाई अहिले विश्वकै उत्कृष्ट मानिन्छ । उनीहरूले अंगालेको शैक्षिक गुणस्तरको नियमकै कारणले गर्दा पनि उनीहरू विश्वस्तरको हुन पुगेका हुन् ।

बेलायतमा रहेको रसेल ग्रुप अफ युनिभर्सिटी र यो ग्रुपमा आबद्ध भएका युनिभर्सिटीहरूले रिसर्चलाई एकदमै प्राथमिकता दिन्छन् । उनीहरू सधैँ फरवार्ड थिंकिङ, इनोभेसन गर्ने, डिस्कभरी गर्ने, इन्भेन्सन गर्ने जस्ता बिषयमा ओरिएन्टेसन गराइरहेका हुन्छन् । जसको कारण अहिले विश्वका विभिन्न क्षेत्र, जहाँ व्किासका लागि केही नयाँ काम गर्नुपर्ने भएमा, नयाँ सोंच निकाल्नु परेमा बेलायतकै युनिभर्सिटीमा अध्ययन गरेका ब्यक्तिलाई पहिलो प्राथमिकतामा राख्ने गर्छन् । त्यसैले पनि बेलायतको उच्च शिक्षाको भूीमका अन्यत्रको भन्दा बढी हुने गरेको हो ।

अहिले बेलायतमा रहेका अक्सफोर्ड, क्याम्ब्रिज जस्ता युनिभर्सिटीहरू ग्लोबल र्याकिङमा आउने हुनाले पनि बेलायतको शिक्षाप्रति आकर्षित भएका हुन् ।

उपनिवेशवाद पनि कारण

यहाँको शिक्षा क्षेत्रमा अन्य मुलुकका विद्यार्थीको आकर्षण बढ्नुको अर्को कारणमा बेलायतको उपनिवेशवाद पनि अर्को कारण हो । बेलायतले जुन जुन देशलाई उपनिवेश बनायो । त्यो देश र त्यसका छिमेकी मूलुकमा पनि आफ्नो शिक्षाको प्रभाव जमायो । बेलायतले पनि आफूले उपनिवेश बनाएका देशहरूमा यहीकै जस्तै शिक्षा लागू ग-यो । यहीको जस्तै शिक्षाको ढाँचाले त्यहाँका बासिन्दालाई धेरै नै प्रभाव पनि पा¥यो । बेलायतले आफ्नो उपनिवेश रहेका धेरै राष्ट्रहरूलाई स्वतन्त्र बनाएपनि त्यहाँको शिक्षाको शैलीलाई भने अहिले पनि आफ्नै देशकै जस्तै राख्न सकेको छ । जस्तो भारतयि उपमहाद्वीपदेखि अफ्रिकाका धेरै देशमा ब्रिटिश साम्राज्य रहँदा यहीकै जस्तै पाठ्यक्रमलाई लागू ग¥यो । जसको कारण ब्रिटिश अंग्रेजी यी देशहरूमा लोकप्रिय पनि रहेका छन् ।

‘वे अफ थिंकिङ’ जस्ता कुराको जग बेलायतले नै बसालेको मानिन्छ । अंग्रेजी भाषामा डिग्री हुने हुनाले आफ्नो उपनिवेशको अन्त भएपनि उसैको फ्रेमवर्ककै बर्चश्व भयो । सोही शिक्षाको कारण बेलायत पढ्न आउने मानिसहरूको उत्सुकता अहिलेसम्म रहिरहेको छ ।

अहिले बेलायतमा रहेका अक्सफोर्ड, क्याम्ब्रिज जस्ता युनिभर्सिटीहरू ग्लोबल र्याकिङमा आउने हुनाले पनि बेलायतको शिक्षाप्रति आकर्षित भएका हुन् । यस्तै यहाँको रसेल ग्रुप अफ युनिभर्सिटी विश्वकै हाई र्याकिङमा पर्छन् भने युनिभर्सिटी कलेज लण्डन, इम्पेरियल कलेज, लण्डन कलेज अफ इकोनोमिक एण्ड पोलिटिकल साईन्स, वारेक युनिभर्सिटी, डरम युनिभर्सिटी, म्यानचेष्टर युनिभर्सिटी पनि विश्वकै लोकप्रिय रहेको छ ।
बेलायतकै अर्कै लेभलको युनिभर्सिटीमा हेर्ने हो भने ससेक्स युनिभर्सिटी, सेन्ट एण्ड्रुज् युनिभर्सिटी, एक्ससेटर युनिभर्सिटी, ब्रिस्टल युनिभर्सिटी पनि रहेका छन् । यिनीहरू पनि ग्लोबर र्याकिङमा आउने खालका छन् ।

अण्डर ग्राजुयटमा पढ्न बेलायत आउनेहरू सस्तो फि भएका कलेज र युनिभर्सिटीमा आउने हुन् । बेलायतमा पोष्ट ९० युनिभर्सिटी पनि रहेको छ ।

माथि उल्लेखित युनिभर्सिटीमा भर्ना पाउन निकै गाह्रो हुन्छ । प्रवेश परीक्षा कडा हुन्छ । यो युनिभर्सिटीमा आईएलटिएसको स्कोर नै हाई मागिएको हुन्छ । यो बाहेक एजुकेसन क्वालिफिकेसन हाई हुनुपर्छ । साथै, वर्क एक्सपेरियन्स भएकोलाई बिशेष प्राथमिकतामा राख्छन् ।
बेलायतमा अण्डर ग्राजुयटको रूपमा आउने विद्यार्थीलाई आर्थिक पक्षले गाह्रो बनाउँछ । यदि अन्यत्र डिगी्र हासिल गरेको छ भने उनीहरूले अवसर पाउनुका साथै पढाई पुरा गर्न आर्थिक रूपमा पनि केही सजिलो हुन्छ । किनकी यस्ता क्षमतावान विद्यार्थीहरूलाई कलेजले धेरथोर छात्रबृत्तिसमेत उपलब्ध गराउने गर्छ ।

अण्डर ग्राजुयटमा पढ्न बेलायत आउनेहरू सस्तो फि भएका कलेज र युनिभर्सिटीमा आउने हुन् । बेलायतमा पोष्ट ९० युनिभर्सिटी पनि रहेको छ । सन् १९९३ मा प्रोफेसनल ईन्ष्टिच्यूटहरूलाई युनिभर्सिटीमा परिणत गरेपछि यस्ता कलेजतर्फ विकासशील राष्ट्रका विद्यार्थीहरूको आकर्षण बढेको हो । यस्ता युनिभर्सिटीहरूलाई टिचिङको रूपमा हेरिन्छ । यहाँ रिसर्च भन्दा बढी टिचिङ बढी हुने हुनाले पढाईको शुल्क पनि सस्तो भएको हो । तर, यस्ता कलेजको पढाई पनि राम्रो नै हुन्छ ।

(तेजेन्द्र फेरालीसंग गरेको कुराकानीमा आधारित)



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested