कसरी दिने श्रद्धाञ्जली ?



कुरा २०७७ साल चैत्र ३ गते रातीको हो । केहि सञ्चारमाध्यममा नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नविन्द्रराज जोशीको निधन भएको खबर एकाएक भाइरल भयो । तर यसमा कुनै सत्यता थिएन । यो खबर सरासर झुटो साबित भयो ।

३ गते रातीदेखि नै सञ्चारमाध्यममा आएका अपुष्ट समाचारकै कारण केहिले त व्यक्तिगत सामाजिक सञ्जालमा समेत यसको खबर पोष्ट्याएर समवेदना प्रकट गर्न भ्याए ।

May be an image of text

तर जब नर्भिक अस्पतालले प्रेस विज्ञप्ती जारी गरेर जोशीको अवस्था गम्भीर भएको र उपचार भइरहेको जनाएपछि सामाजिक सञ्जालमा पोष्ट्याएकाहरुले हतार-हतारमा डिलिट गर्न भ्याए, त्यो पनि कसैले स्क्रिनशट गरेर राख्छ कि भन्ने डरले ।

यो त एउटा उदाहरण मात्रै हो, यो भन्दाअघि पनि पूर्वयुवराज पारस शाह, डाक्टर उपेन्द्र देवकोटा, खेलकर्मी लक्ष्मणकुमार श्रेष्ठ, कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, राष्ट्रकवि माधवप्रसाद घिमिरे, नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङ र चर्चित हाँस्य–ब्यङ्ग्य कलाकार मनोज गजुरेल गलत समाचारको शिकार बनेका थिए । उनीहरुले पनि जीवितै श्रद्धाञ्जली पाएका थिए ।

मानिस मरेको हो वा होइन, त्यसको यथार्थ नबुझि हामी श्रद्धाञ्जली दिन भ्याउँछौँ । तर श्रद्धाञ्जली कसलाई र कुन बेला दिने त यो हामी सबैले बुझ्न आवश्यक छ ।

यसबारे डिकेन्द्र ढकाल नाम गरेका सामाजिक सञ्जाल प्रयोगकर्ता आफ्नो विचार यसरी राख्छन्

१. मरेकालाई श्रद्धाञ्जली दिने हो । र पक्का भैसकेपछि र हृदयदेखि नै श्रद्धा भएमात्र । अनि बाँचेकाप्रति समवेदना प्रकट गरिनुपर्छ । समवेदना दिनका लागि भाषा फरक हुन्छ । “…को निधन भएको खबरले मलाई दुःख लाग्यो । म तपाईँको साथमा छु” आदि भन्न सकिन्छ ।

२. समवेदना व्यक्तिगत र भावनात्मक कुरा हो । व्यक्तिगत तरिकाले दिने र पाउने बिच नै सिमित राख्न सकिन्छ । आधुनिक प्रविधि प्रयोग गर्दा पनि मेसेज, मेसेन्जर जस्ता सम्वन्धितले मात्र पाउने इनबक्स छन् ।

३.कसैको मृत्युको चर्चा हुनु, सम्झना गरिनु र समवेदना प्रकट गरिनु सामाजिक प्रचलन हो । यद्यपि मरी जानेका लाशका तस्वीर राखेर कुनै परिवारका आफन्तलाई शोक र पीडामाथि थप पीडा दिने कार्यप्रति मेरो व्यक्तिगत बिमति छ । मरेका मानिसका तस्वीर विभत्स, कारुणीक र गोपनीयताका विषय हुन सक्छन् । परिवारका सदस्य र स्वयं मर्ने व्यक्तिको इच्छा पनि तस्बिर प्रचार नहोस् भन्ने हुन सक्छ ।

४. अर्को कुरा मैले पहिले पनि चर्चा गरेको कुरो समवेदना व्यक्त गर्ने शब्दबारे हो र दाहोर्याउन चाहन्छु । फेसबुकमा धेरैको मृत्युमा समवेदना प्रकट गर्न RIP लेखेको खुबै पाइन्छ । यो कामना ल्याटिन भाषामा भनिने requiescat in pace ( Rest in peace = शान्तिसँग विश्राम गर) बाट आएको हो । क्रिश्चियन विश्वासअनुसार मरेको मानिसलाई चिहानमा गाडेपछि ऊसले (मरेको मानिसले) न्याय/निसाफको दिन (Judgement Day)सम्म कुर्नु पर्दछ र त्यसपछि ईश्वरको फैसलाअनुसार (उसको कर्मलाई हेरेर) ऊ स्वर्ग वा नर्क जान्छ । क्रिश्चियनहरुको अनुसार यहि चिहानमा रहुन्जेलको अन्तरिम समयमा “शान्तिसँग विश्राम गर” ( RIP) कामना गर्ने चलन चलेको हो । त्यसकारण, हिन्दु धर्ममा विश्वास गर्नेले हिन्दु मानिस मरेपछि मर्नेले फैसलाको दिन Judgement Day नकुर्ने भएकोले RIP (चिहानमा शान्तिसँग विश्राम गर) भन्न उपयुक्त छैन । हामी सहिष्णु बहुल समाजमा बस्दछौँ । हाम्रा चिनजानका मानिस क्रिश्चियन हुन सक्छन् । उनीहरुको मृत्युमा भने जो सुकैले पनि RIP भन्न सकिन्छ ।मेरो ख्यालमा हिन्दुहरुलाई भने मरेको मानिसको परिवारलाई वियोगसँग लड्न बल मिलोस् भनेर ईश्वरसँग प्रार्थना गर्न सकिन्छ । परिवार र आफन्तलाई ढाडस दिन सकिन्छ । मरेर जानेको आत्माको लागि बैकुण्ठबास, स्वर्गबास आदिको कामना गर्न सकिन्छ । मरी जानेका असल गुण र कार्यका चर्चा गरेर श्रद्धासुमन अर्पण गर्न सकिन्छ ।

५. कतिपयलाई लाग्ला, उही कुरो कति लेखिराखेको ! उसो भए यसै प्रसंगमा एउटा कथा थप्छु: एकादेशमा एउटा मान्छे थियो । ऊ मेहनती र इमान्दार थियो । ऊ हाकिमलाई खुशी पार्न चाहन्थ्यो राम्रो काम देखाएर । जागिरको काम रुख ढाल्नु पर्ने । जागिरको पहिलो दिन १२ ओटा रुख ढालेर ल्यायो। मालिकबाट स्याबासी पनि पायो । ऊ झनै उत्प्रेरित भएर भोलिपल्ट बन्चरो लिएर बनतिर लाग्यो । साँझ १०ओटा रुखका मूढा लिएर फर्क्यो । अर्को दिन ९ ओटामात्र रुख ढाल्न सक्यो। पाँचौ दिन पाँच ओटामात्र रुखका मूढा लिएर जब कारखानातिर फर्किरहेको थियो, उसले आफू सायद शारीरिक रुपले कमजोर हुँदै गएको ठान्यो र हाकिमसँग माफी माग्ने निधो गर्यो । हाकिमको अगाडि पर्नासाथ माफी माग्दै भन्यो, “मैले ठगेको छैन, साब ! मलाई शारीरिक कमजोरी भएको पो हो कि !” ऊ डरायो, मनमा लागेको सबै बोल्न पनि सकेन । “तिमीले रुख ढाल्न शुरु गरेपछि बन्चरोमा कतिपल्ट धार लगाएका छौ ?” नजिकैबाट सबै काम हेरिरहेका हाकिमसाहेब मुस्कुराउँदै बोले । “कहाँ धार लगाउनु ! मैले त फुर्सदै पाइन हजुर बन्चरोमा धार लगाउन । हो, हाम्रो जीवनमा पनि यस्तो हुन सक्छ । हामीले आफ्नो दिमागलाई पनि धार लगाउनुपर्छ । धार लगाउने काम धेरै तरिकाबाट हुन्छ । पुस्तकमा पढेको कुरा बिर्सियो कि भनेर फेरि पढेर, तालिम लिएर, फिडब्याक लिएर वा समय र परिस्थिति अनुसार औज़ार नै बदलेर पनि हुन सक्दछ । आफूले आफूलाई सधैँ घच्घच्याई रहन आवश्यक हुन्छ। त्यसो त कसैलाई बदलिन मन नलाए नघच्घचिइन र नसच्चिइन पनि पाई !

माथि थप पिँडा दिने कार्यप्रति मेरो व्यक्तिगत बिमति छ । मरेका मानिसका तस्बिर विभत्स, कारुणिक र गोपनीयताका विषय हुन सक्छन् । परिवारका सदस्य र स्वयं मर्ने व्यक्तिको इच्छा पनि तस्बिर प्रचार नहोस् भन्ने हुन सक्छ ।

उनीहरुको मृत्युमा भने जो सुकैले पनि RIP भन्न सकिन्छ । मेरो ख्यालमा हिन्दूहरुलाई भने मरेको मानिसको परिवारलाई वियोगसँग लड्न बल मिलोस् भनेर ईश्वरसँग प्रार्थना गर्न सकिन्छ । परिवार र आफन्तलाई ढाडस दिन सकिन्छ । मरेर जानेको आत्माको लागि बैकुण्ठवास, स्वर्गवास आदिको कामना गर्न सकिन्छ । मरी जानेका असल गुण र कार्यका चर्चा गरेर श्रद्धासुमन अर्पण गर्न सकिन्छ ।

डिकेन्द्र ढकालको सामाजिक सञ्जालबाट साभार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कोभिड- १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आज मंगलबारदेखि काठमाडौं जिल्लामा लगाइँदैछ । काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी

मंगलबार बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बदली रहेको छ । दिउँसो देशका थोरै स्थानमा  हल्का वर्षाको सम्भावना रहेको मौसम

हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भीरबाट लडेर मृत्यु भएको छ । काठमाडाैंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर

अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन