English

यी ७, जसले जीवितै श्रद्धाञ्जली पाए



२०७७ चैत ३ गते राती नै नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी बितेको समाचार भाइरल बन्यो । मष्तिष्कघात भई नर्भिक अस्पताल भर्ना भएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले बताइरहँदा मृत्युको समाचार भाइरल बनेको हो ।

विभिन्न अनलाइनहरुले समाचार बनाएपछि त्यसैलाई आधार मानेर सामाजिक सञ्जालहरुमा समेत समवेदना दिनेहरुको होड नै चल्यो । तर, चैत ४ गते बिहानै नवीन्द्रराज जोशीकै फेसबुकबाट समाचारको खण्डन आयो । नर्भिक अस्पतालले प्रकाशित गरेको खण्डनयुक्त विज्ञप्ती समेत सार्वजनिक भयो । जसमा अस्पतालले जोशीको अवस्था गम्भीर भएको मात्र उल्लेख गरेको छ ।

संसारमा धेरै चर्चित व्यक्तिहरुले मृत्युपूर्व नै श्रद्धाञ्जली पाएका छन् । नेपालमा पनि मृत्युपूर्व श्रद्धाञ्जली पाएका उदाहरण धेरै छन् । सवैभन्दा पहिला कुरा गरौँ चर्चित हाँस्य–ब्यङ्ग्य कलाकार मनोज गजुरेलले पाएको समवेदना प्रसंगबाट ।

सञ्चार माध्यमले ‘ब्रेकिङ’को मोहमा समाचार बनाउँछन् भने सोही समाचारलाई टेकेर सामाजिक सञ्जाल रंगिन्छन् । पटक–पटक यस्ता गम्भीर त्रुटीहरु भइरहँदा समेत सञ्चार माध्यमले पाठ सिकेको देखिँदैन ।

मनोज गजुरेल

चर्चित हाँस्य–ब्यङ्ग्य कलाकार मनोज गजुरेललाई कोभिड १९ ले थल्याएको बेला धेरैले श्रद्धाञ्जली नै दिए । सशस्त्र प्रहरी अस्पताल भर्ना भएका गजुरेललाई आइसियूमा राखेर उपचार गरिएको थियो । श्रद्धाञ्जलीको विषयमा गजुरेलको प्रतिक्रिया छ – ‘पितापुर्खाले भनेझैँ आयु बढ्यो भनेर स्वीकार गरियो ।’

अम्बर गुरुङ

नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङको निधनको समाचार पनि पहिला नै आयो । ईकान्तिपुर डटकमले समाचार प्रकाशित गरेपछि धेरैले उनलाई श्रद्धाञ्जली दिए । ७९ वर्षीय गुरुङको ग्रान्डि अस्पतालमा २०७३ जेठ २४ मा अर्थात समाचार प्रकाशित भएको भोलिपल्ट मात्र निधन भएको थियो । प्रेस काउन्सिलको २०७३ असार ८ को बैठकले कान्तिपुरलाई क्षमायाचना गर्न निर्देशन दिएको थियो ।

माधव प्रसाद घिमिरे

राष्ट्रकवि माधवप्रसाद घिमिरे पनि गलत समाचारको शिकार बनेका थिए । १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मेका राष्ट्रकवि घिमिरेको निधन १ सय १ वर्षमा भएको थियो । तर, त्यसअघि नै उनी बितेको समाचार बन्यो । र, आफ्नो मृत्युको समाचार उनले आफैँ पनि पढ्न पाए ।

भरतमोहन अधिकारी

पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको थियो । २०७५ फागुन १८ मा उनको निधन अघि नै उनलाई समेत श्रद्धाञ्जली दिइसकिएको थियो ।

गिरिजाप्रसाद कोइराला

मृत्युपूर्व नै श्रद्धाञ्जली पाउनेमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला पनि थिए । वि.सं. २०६६ चैत्र ७ गते ८५ वर्षको उमेरमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भएको थियो । केही दिन थलिएका कोइरालाको सोही समयमा पटक–पटक निधनको समाचार बन्यो । धेरैले अग्रिम श्रद्धाञ्जली दिए ।

लक्ष्मण श्रेष्ठ

खेलकर्मी लक्ष्मणकुमार श्रेष्ठको पनि निधनपूर्व नै श्रद्धाञ्जलीको समाचार बनेको थियो । नेपाल ओलम्पिक कमिटीका सदस्य, क्योकुसिन करातेका संस्थापक तथा नेपाल आर्चरी संघका अध्यक्षसमेत रहेका श्रेष्ठको निधनपूर्व नै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विज्ञप्ती जारी गरेर ‘मृत आत्माको चिर शान्तीको कामना’ गरेको थियो । राखेपले विज्ञप्ती प्रकाशित गरेको भोलिपल्ट मात्र अस्पतालले श्रेष्ठको निधन भएको पुष्टि गरेको थियो ।

माथिका उदाहरण प्रतिनिधि पात्र मात्र हुन् । धेरैको निधनपूर्व समाचार बनेका छन् । नेपालमा मात्र होइन संसारभरी नै नाम चलेका मानिसहरुको सवालमा यस्ता गम्भीर गल्तिहरु समाचार बन्ने गरेका छन् ।

कसैको मृत्यु पूर्व नै किन बन्छ समाचार ? श्रद्धाञ्जली दिन किन गरिन्छ हतार ? यसको पछाडि धेरै कारण छैनन् ।

सञ्चार माध्यमले ‘ब्रेकिङ’को मोहमा समाचार बनाउँछन् भने सोही समाचारलाई टेकेर सामाजिक सञ्जाल रंगिन्छन् । पटक–पटक यस्ता गम्भीर त्रुटीहरु भइरहँदा समेत सञ्चार माध्यमले पाठ सिकेको देखिँदैन । र, सञ्चार क्षेत्रका नियामक निकायहरु समेत कारवाहीको नाममा झारो टारेर मात्र बसेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

Latest










Popular
Suggested