किन हतारिन्छन मिडिया ?



तारानाथ दाहाल

पछिल्लो समय विशेषगरी अनलाइन मिडियाहरू हतारको दौडमा लागेको देखिन्छ । जिउँदो व्यक्तिलाई मृत भन्ने अनलाइनले पीडित परिवारको भावनाको ख्याल गरेको देखिन्न । चाँडो परिचित हुन, हाइहाइ कमाउन र पहिलो सूचनाको पगरी गुथ्न अनलाइन मिडियाहरू रमाइरहेको देखिन्छ । यसले सञ्चारमाध्यमको विकृत रूप देखा परिरहेको छ ।

सामाजिक सञ्जालमा आएका कुरालाई नै मूख्य स्रोत मानेर समाचार प्रकाशन गर्दा कतिपय अवस्थामा ठूला र विश्वासिला ठानिएका सञ्चारमाध्यम नै चुकेको थुप्रै उदाहरण छन् ।

कतिपय सञ्चारमाध्यमहरू ब्रेकिङको होडबाजीमा लाग्नाले गैरजिम्मेवारपन देखिँदै आएको छ । यस्ता पक्षमा नेपाली मिडिया विशेषगरी अनलाईन मिडियाले तथ्यलाई पुष्टि गरेर मात्र समाचार सामग्री प्रकाशन गर्नुपर्छ । कतिपय घटनाका बारेमा समाचार प्रकाशन गर्ने कि नगर्ने भन्नेबारे पत्रकारलाई अप्ठेरो पर्छ । तर, मानिसको मृत्यु भएको जस्तो संवेदनशिल कुरालाई अस्पतालको आधिकारिक धारणा लिनैपर्छ ।

त्यसैले हामीले पत्रकारितामा दोहोरो स्रोत प्रयोग गर्नुपर्छ । तर, त्यसो नहुँदा भ्रमपूर्ण समाचार फैलिरहेका छन् । यसले सञ्चार माध्यमप्रति आममानिसको विश्वास छिट्टै गुम्छ । अझै पनि गम्भीर अवस्थाका बिरामीको सन्दर्भमा भ्रमपूर्ण समाचार पटक–पटक सार्वजनिक भैरहेका छन् । यो बिरामीका आफन्त वा नजिकका मान्छेले बिरामीको अवस्था गम्भीर अथवा चिन्ताजनक छ भनिदिएको भरमा समाचार लेख्दाको परिणाम हो । यस्ता कुराहरूमा सकेसम्म अस्पतालले पुष्टि नगरेसम्म प्रकाशन/प्रशारण गर्नु हुँदैन ।

यस्ता भ्रमपूर्ण समाचार प्रकाशित भइरहँदा त्यो सञ्चार माध्यमको सम्पादकीय संरचना कस्तो रहेछ भन्ने बुझ्न खासै गाह्रो पर्दैन । कुनै एउटा रिपोर्टरले समाचार ल्यायो, त्यसलाई जाँच्ने उपसम्पादक, सम्पादकहरू हुन्छन् । यस्ता संवेदनशील विषयहरूमा गेटकिपर अर्थात छनोटकर्ताहरूको भूमिका नै केही नभएको देखियो । गेटकिपरले कसैको मृत्यु अथवा कुनै गम्भीर विषयमा संवाददाताले लेखेको समाचारमा पुष्टि हुने तथ्य/प्रमाण खोज्नुपर्छ । तर, नेपाली सञ्चारमाध्यममा गेटकिपरको भूमिका नै कमजोर भएको पाइन्छ ।

यस्तै, कतिपय सञ्चारमाध्यमहरू ब्रेकिङको होडबाजीमा लाग्नाले गैरजिम्मेवारपन देखिँदै आएको छ । यस्ता पक्षमा नेपाली मिडिया विशेषगरी अनलाईन मिडियाले तथ्यलाई पुष्टि गरेर मात्र समाचार सामग्री प्रकाशन गर्नुपर्छ । कतिपय घटनाका बारेमा समाचार प्रकाशन गर्ने कि नगर्ने भन्नेबारे पत्रकारलाई अप्ठेरो पर्छ । तर, मानिसको मृत्यु भएको जस्तो संवेदनशिल कुरालाई अस्पतालको आधिकारिक धारणा लिनैपर्छ । होइन भने सञ्चारमाध्यमको विश्वसनीयता उपर संकट आउँछ । साथै, बिरामीका परिवार र आफन्तमा भावनात्मक रूपमा चोट पुर्‍याउँछ, जसलाई अनुमान गर्न सकिँदैन । त्यसैले कुनै पनि सञ्चारमाध्यमले मान्छेको मृत्युजस्तो कुरामा खेलाँची गर्नु हुँदैन ।

नेपाल पत्रकार महासंघका पूर्व सभापति दाहाल संग गरिएकाे कुराकानीमा आधारित ।



...
rogeKneep

Some individuals have mixed feelings about PCT cialis from india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

‘सुन्दरताको भण्डार साराके खनाया यसै रारामारारा की अप्सरा ! –महेन्द्र शाह ।’ बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी रूप

धेरै पटक यस्तो हुन्छ कि पर्याप्त निन्द्रा नहुँदा पनि बिहान उठ्दा आँखा सुन्निने र थकित रहन्छ । यस्तो अवस्थामा तत्काल

होली प्रेम र रङ्गहरूको पर्व हो । फाल्गुन महिना लाग्ने बित्तिकै यसको प्रभाव गाउँ होस् वा सहरमा देखिन थालेको छ