English

‘मुस्ताङको तापक्रम अत्यधिक बढेको छ, हिमपहिरो घटना दोहोरिन सक्छ’



मुस्ताङको टुकुचे हिमालबाट आइतबार बिहान हिमपहिरो खसेपछि हिमाली क्षेत्र त्रासमा छ । विभिन्न अध्ययनले हिमाली क्षेत्रको तापक्रम बढ्दै जाँदा हिउँ पग्लने र हिमतालको संख्या बढ्ने गरेको देखाएको छ ।

गत असारमा पनि हिमाली क्षेत्रमा ठूलो पानी पर्‍यो, जबकि हिमालपारी ठूलो वर्षा नभइ हिमपात हुनुपर्ने हो । हिउँमा पानी पर्दा विपद्का घटना अझ बढ्दै जाने आँकलन वैज्ञानिकले गरेका छन् । नेपालमा जलवायु परिवर्तनका असर र न्यूनीकरणका उपायबारे जानकार जलवायु परिवर्तन न्यूनीकरण विज्ञ मन्जित ढकालसँग गरिएको कुराकानी :

हिमाली क्षेत्रमा हिमपहिरोसहित विपद्का घटना किन बढ्दै छन् ?, जलवायु परिवर्तनकै असर हो कि ?

घटनाको प्रकृतिको अध्ययन नगरी ठ्याक्कै भन्न अप्ठेरो छ । वास्तविकता बुझ्नु पर्छ । एउटा कुरा के प्रष्ट छ भने, पृथ्वीको तापक्रम विगत एक सय वर्षमा १.१ डिग्री बढिसक्यो । यसको मुख्य कारण कार्वन उत्सर्जन नै हो ।

तापक्रम बढेको कारण यस्ता नसोचेका घटनामा बृद्धि हुन्छ र पुनराबृत्ति पनि छिटोछिटो हुन्छ । हिमताल नै विस्फोट हुने सम्भावना हुन्छ । केही वर्ष अघि सेती नदीमा बाढी आएको घटना पनि जलवायु परिवर्तनका कारणले हो ।

बेमौसमी वर्षा र पहिरोका घटना बढिरहेका छन् । वर्षाको मौसम सकिएपछि पनि अनौँठो खालको वर्षा हुने थालेको छ जसको उदाहरण असोज अन्तिम साताको भीषण वर्षा हो । यी घटनालाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ ।

गण्डकीका धेरै जिल्ला हिमालसँग जोडिएका छन् । त्यहाँको अवस्था कस्तो छ ?

जल तथा मौसम विज्ञाान विभागको तथ्यांक अनुसार नेपालमा तापक्रम बृद्धिदर वार्षिक औसतमा ०.०५६ डिग्रीसेल्सियस छ । तर, मुस्ताङको चाहिँ वर्षमै ०.१६ डिग्री छ । प्रत्येक १० वर्षमा १ डिग्री बढेको देखिन्छ । १ डिग्री सामान्य हो भन्ने पनि बुझाइ छ । तर, ० डिग्रीमा हिउँ पर्छ, १ डिग्री हुँदा हिउँ पग्लिन्छ । यो ठूलो अन्तर हो । त्यसमा पनि गण्डकी प्रदेशमै त्यस्तो देखिएको र हिमाली भेगमा तापक्रम बृद्धि अधिक छ । यस्तो असर अहिले पनि छ, भविष्यमा झन् बढ्छ ।

टुकुचे हिमालबाट हिमपहिरो खस्यो , गण्डकीमा हिमताल फुट्न सक्ने सम्भावना कति छ ?

नेपालमका हिमतालमध्ये ४७ वटा जोखिममा छन् । खतराको उच्च विन्दुमा छन् । पूर्वतिर अलि बढी छन् । गण्डकीका तीन वटा हिमताल यस्ता छन्, जो फुट्न सक्छन् ।

मनाङको ठूलागी ताल झन जोखिममा छ । हिमाली क्षेत्रको जोखिमबारे प्रदेश सरकारलाई पनि जानकारी गराएको छु । अन्तराष्ट्रिय अध्ययनले पनि यस्ता घटनाको पुनराबृत्ति छिटो हुने देखाएको छ । पहिले १० वर्षमा हुन्थ्यो भने अब ३ वर्षकै अन्तरालमा पुनाराबृत्ति हुने देखाएको छ । गण्डकीमा वर्षाको चरित्रमा ठूलो फेरबदल भएको छ । लगातार पानी नपर्ने दिन बढ्छन् र थोरै दिनमै धेरै पानी पर्ने अवस्था छ ।

त्यसो भए सरकारले पनि पूर्वतयारी गर्नुपर्ने भयो ?

पूर्वतयारीको भूमिका धेरै ठूलो छ । जोखिम पहिचान गर्नुपर्छ । जोखिम क्षेत्रमा बस्ती बसाउन हुँदैन । पूर्वतयारी र विपद्सँग जुध्न तीन वटै सरकारबीच समन्वय हुनुपर्छ ।

मुस्ताङ र मनाङका भुगोल कति जोखिममा छ ?

मुस्ताङमा जोखिम छ, अरु ठाउँ छैन भन्न खोजेको होइन । नेपालका अरु जिल्लासँग तुलना गर्दा मुस्ताङ र मनाङको तापक्रम बृद्धिदर बढी छ । सुक्खा, खडेरी पनि यहाँ धेरै छ ।

खडेरी पनि बढ्नु, तापक्रम बढेपछि पार्ने असर झन् फरक हुनु भनेको राम्रो होइन । निराशाजनक कुरा गरेको भन्नुहोला, तर सकारात्मक देखिँदैन । यसको नियन्त्रणका लागि कार्वन उत्सर्जन घटाउने हो । ग्लास्गोमा भएको कोप–२६ ले यसलाई सहयोग पुग्छ । आइतबारको हिम पहिलो एक्स्ट्रिम इभेण्ट हो । अर्को स्लो इभेण्ट पनि छ ।

लामो समयसम्म सुक्खा खडेरी बढ्दै जान्छ । मेरा विद्यार्थीले मुस्ताङ अध्ययन गरेका छन् । याकको चरन क्षेत्र घटेकाले धेरैले पेशा छाडेका छन् । अरु काममा लागेका छन् ।‍

यो पनि पढ्नुहोस्
यसरी पूरा भयो राजकुमारको सगरमाथा चुम्ने सपना (फोटो/ भिडियो)
अमेरिकाबाट हिमाल मुनिको यात्रा
के चाहिन्छ ! सगरमाथा चढ्न ?
राइज मिडिया नेटवर्कको झन्डा सगरमाथामा फहरिने
१५ औँ पटक सगरमाथा चढ्दै फुर्वा, प्रधानमन्त्री पत्नीले दिइन् शुभकामना
३०३ जनाले लिए आरोहण अनुमति
लक्ष्य: सगरमाथामा कीर्तिमानी ह्याट्रिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,