English

‘मुस्ताङको तापक्रम अत्यधिक बढेको छ, हिमपहिरो घटना दोहोरिन सक्छ’



मुस्ताङको टुकुचे हिमालबाट आइतबार बिहान हिमपहिरो खसेपछि हिमाली क्षेत्र त्रासमा छ । विभिन्न अध्ययनले हिमाली क्षेत्रको तापक्रम बढ्दै जाँदा हिउँ पग्लने र हिमतालको संख्या बढ्ने गरेको देखाएको छ ।

गत असारमा पनि हिमाली क्षेत्रमा ठूलो पानी पर्‍यो, जबकि हिमालपारी ठूलो वर्षा नभइ हिमपात हुनुपर्ने हो । हिउँमा पानी पर्दा विपद्का घटना अझ बढ्दै जाने आँकलन वैज्ञानिकले गरेका छन् । नेपालमा जलवायु परिवर्तनका असर र न्यूनीकरणका उपायबारे जानकार जलवायु परिवर्तन न्यूनीकरण विज्ञ मन्जित ढकालसँग गरिएको कुराकानी :

हिमाली क्षेत्रमा हिमपहिरोसहित विपद्का घटना किन बढ्दै छन् ?, जलवायु परिवर्तनकै असर हो कि ?

घटनाको प्रकृतिको अध्ययन नगरी ठ्याक्कै भन्न अप्ठेरो छ । वास्तविकता बुझ्नु पर्छ । एउटा कुरा के प्रष्ट छ भने, पृथ्वीको तापक्रम विगत एक सय वर्षमा १.१ डिग्री बढिसक्यो । यसको मुख्य कारण कार्वन उत्सर्जन नै हो ।

तापक्रम बढेको कारण यस्ता नसोचेका घटनामा बृद्धि हुन्छ र पुनराबृत्ति पनि छिटोछिटो हुन्छ । हिमताल नै विस्फोट हुने सम्भावना हुन्छ । केही वर्ष अघि सेती नदीमा बाढी आएको घटना पनि जलवायु परिवर्तनका कारणले हो ।

बेमौसमी वर्षा र पहिरोका घटना बढिरहेका छन् । वर्षाको मौसम सकिएपछि पनि अनौँठो खालको वर्षा हुने थालेको छ जसको उदाहरण असोज अन्तिम साताको भीषण वर्षा हो । यी घटनालाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ ।

गण्डकीका धेरै जिल्ला हिमालसँग जोडिएका छन् । त्यहाँको अवस्था कस्तो छ ?

जल तथा मौसम विज्ञाान विभागको तथ्यांक अनुसार नेपालमा तापक्रम बृद्धिदर वार्षिक औसतमा ०.०५६ डिग्रीसेल्सियस छ । तर, मुस्ताङको चाहिँ वर्षमै ०.१६ डिग्री छ । प्रत्येक १० वर्षमा १ डिग्री बढेको देखिन्छ । १ डिग्री सामान्य हो भन्ने पनि बुझाइ छ । तर, ० डिग्रीमा हिउँ पर्छ, १ डिग्री हुँदा हिउँ पग्लिन्छ । यो ठूलो अन्तर हो । त्यसमा पनि गण्डकी प्रदेशमै त्यस्तो देखिएको र हिमाली भेगमा तापक्रम बृद्धि अधिक छ । यस्तो असर अहिले पनि छ, भविष्यमा झन् बढ्छ ।

टुकुचे हिमालबाट हिमपहिरो खस्यो , गण्डकीमा हिमताल फुट्न सक्ने सम्भावना कति छ ?

नेपालमका हिमतालमध्ये ४७ वटा जोखिममा छन् । खतराको उच्च विन्दुमा छन् । पूर्वतिर अलि बढी छन् । गण्डकीका तीन वटा हिमताल यस्ता छन्, जो फुट्न सक्छन् ।

मनाङको ठूलागी ताल झन जोखिममा छ । हिमाली क्षेत्रको जोखिमबारे प्रदेश सरकारलाई पनि जानकारी गराएको छु । अन्तराष्ट्रिय अध्ययनले पनि यस्ता घटनाको पुनराबृत्ति छिटो हुने देखाएको छ । पहिले १० वर्षमा हुन्थ्यो भने अब ३ वर्षकै अन्तरालमा पुनाराबृत्ति हुने देखाएको छ । गण्डकीमा वर्षाको चरित्रमा ठूलो फेरबदल भएको छ । लगातार पानी नपर्ने दिन बढ्छन् र थोरै दिनमै धेरै पानी पर्ने अवस्था छ ।

त्यसो भए सरकारले पनि पूर्वतयारी गर्नुपर्ने भयो ?

पूर्वतयारीको भूमिका धेरै ठूलो छ । जोखिम पहिचान गर्नुपर्छ । जोखिम क्षेत्रमा बस्ती बसाउन हुँदैन । पूर्वतयारी र विपद्सँग जुध्न तीन वटै सरकारबीच समन्वय हुनुपर्छ ।

मुस्ताङ र मनाङका भुगोल कति जोखिममा छ ?

मुस्ताङमा जोखिम छ, अरु ठाउँ छैन भन्न खोजेको होइन । नेपालका अरु जिल्लासँग तुलना गर्दा मुस्ताङ र मनाङको तापक्रम बृद्धिदर बढी छ । सुक्खा, खडेरी पनि यहाँ धेरै छ ।

खडेरी पनि बढ्नु, तापक्रम बढेपछि पार्ने असर झन् फरक हुनु भनेको राम्रो होइन । निराशाजनक कुरा गरेको भन्नुहोला, तर सकारात्मक देखिँदैन । यसको नियन्त्रणका लागि कार्वन उत्सर्जन घटाउने हो । ग्लास्गोमा भएको कोप–२६ ले यसलाई सहयोग पुग्छ । आइतबारको हिम पहिलो एक्स्ट्रिम इभेण्ट हो । अर्को स्लो इभेण्ट पनि छ ।

लामो समयसम्म सुक्खा खडेरी बढ्दै जान्छ । मेरा विद्यार्थीले मुस्ताङ अध्ययन गरेका छन् । याकको चरन क्षेत्र घटेकाले धेरैले पेशा छाडेका छन् । अरु काममा लागेका छन् ।‍

यो पनि पढ्नुहोस्
यसरी पूरा भयो राजकुमारको सगरमाथा चुम्ने सपना (फोटो/ भिडियो)
अमेरिकाबाट हिमाल मुनिको यात्रा
के चाहिन्छ ! सगरमाथा चढ्न ?
राइज मिडिया नेटवर्कको झन्डा सगरमाथामा फहरिने
१५ औँ पटक सगरमाथा चढ्दै फुर्वा, प्रधानमन्त्री पत्नीले दिइन् शुभकामना
३०३ जनाले लिए आरोहण अनुमति
लक्ष्य: सगरमाथामा कीर्तिमानी ह्याट्रिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested