तिहारमा काग, कुकुर, गाई र गोरु किन पुजिन्छ ? यस्तो छ कारण
हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ । मानव जाति प्राकृतिक पुजारी भएकाले प्रत्यक्ष सरोकार राख्ने जीवजन्तुहरुको पूजाआजा गरिन्छ । यसरी गरिएको पूजालाई जन्तुप्रति गरिएको सम्मानको रुपमा हेरिन्छ ।
यमलोकका राजा यमराजलाई भेट्नका लागि बहिनी यमूनाले समय मिलाउन आग्रह गरिन् । सोही बमोजिम कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरि पाँच दिन समय मिलाएर उत्सव मनाएको किम्बदन्ती छ । सोहीकारणले यी पाँच दिनलाई यमपञ्चक पनि भनिने गरिन्छ ।
यमराज बहिनीसँग उत्सव मनाउँदा उनका सहयोगी जीवजन्तुहरु पनि फुर्सदमा हुने गर्छन् । तर, पर्वमा पूजिने जनावरको आ–आफ्नै महत्व छ । आखिर किन पूजिन्छ तिहारमा जनावर ? सोहीबारे वेद विद्याश्रमका प्राचार्य विष्णुप्रसाद पोखरेलले यसो भने ः
काग
काग सन्देश बाहक, तृक्ष्ण बुद्धिवाला चरा हो । यसलाई यमराज दूतको रुपमा लिइन्छ । यमलोक सन्देश बाहक पनि भनिन्छ । कागले शुभ र अशुभ सन्देश ल्याउने भनेर जनविश्वास रहेकाले पुजिने गरिन्छ ।

कुकुर
कुकुर मानव जीवसँग नजिकको सम्बन्ध राख्ने प्राणी हो । तालिम दिएपछि मानव जस्तै व्यवहार, शान्ति सुरक्षाको कार्यमा सहयोग गर्छ । त्यति मात्र नभएर बाहिरबाट आउने बैदीहरुबाट सतर्क गराउनुका साथै घरको श्रीसम्पतिको रक्षा गर्ने कार्य गर्दछ । वर्ष दिनमा एकपटक घरपालुवा जनावरलाई पुजिने संस्कारमा छ । यसका साथै कुकुरलाई यमराजको बाहकका रुपमा लिने भएकाले पनि तिहारमा पुजिन्छ ।

गाई
गाईलाई लक्ष्मीको प्रतिकको रुपमा लिइएको छ । जसलाई गौमाता पनि मानिन्छ । लक्ष्मीको पुजाआजा गरेमा घरमा श्रीसम्पती हुने, आर्थिक अभाव नहुने, धनकीदेवी प्रशन्न रहने जनविश्वास छ । लक्ष्मीको उपसना औंसीमा गरिने भएकाले धन अभाव नहोस् भन्नका लागि सरसफाई, उज्यालोका लागि दियो बालेर तिहारमा गाईको पूजा गरिन्छ ।

गोरू
पृथ्वीलाई हराभरा गराउने, अन्न उत्पादनमा सहयोग गर्ने गोरू नै हुन् । यी पशुले गरेको कार्यलाई अर्थात हामीले यिनीहरुले गरेको उपकारलाई सम्मान गर्नका लागि तिहारमा मिठो घाँस, नुन पिठो खुवाउँछौँ । प्रत्येक पर्वले कोही न कोहीसँग जोड्ने हुन्छ । जसमध्ये यो पर्व पनि गाईवस्तुसँग जोडिने भएकाले पूजिएको हो । हरेक दिन पशुलाई खाना खुवाए पनि यस दिन विशेष सम्मानका साथ खाना खुवाउने पहिलादेखि नै प्रचलन रहेको छ ।

(विष्णुप्रसाद पोखरेलसँग गरिएको कुराकानीमा आधारित)
यो पनि पढ्नुहोस् :
१७० कुकुरकी अन्नदाता : स्नेहा
कसरी गर्ने लक्ष्मी पूजा ? यस्तो छ विधि
सयपत्री सप्रिदा किसान मख्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक
भाइटीकाको साइत सार्वजनिक, टिकाको शुभ साइत ११ः०२ बजे
यमपञ्चकका ५ दिन, यस्तो छ महत्व
कलाकारको तिहार योजना, कसको के ?










Arleen
Hi tthere all, heree evrry onee iss sharfing these familiarity, therefore it's plpeasant too readd thi website, and I usaed tto payy a quick vsit thiks website aall the time. xnxx My blog post; xnxx español