गिरिशले र्‍याप गाए, सुन्नेले जिन्दावाद–जिन्दावाद सुने



बल्खु चोकदेखि सय मिटर पूर्वतर्फको उकालोमा रहेको ‘टुबेल बास्केट्स क्याफे’मा म कसैलाई कुर्दै छु । एक महिनाअघि देखिको भेट्ने योजना कहिले उनको त कहिले मेरो व्यस्तताले पूर्ण हुन सकिरहेको थिएन । अब भने उनीसँग मज्जैले गफिने योजना छ । ढिला नगरी उनी क्याफेभित्र छिरे । मैले कुनाबाट हात उठाएर उनलाई स्वागत गरेँ । कालो चस्मा, रातो क्याप, रातै टिसर्ट र खैरो ट्राकमा गिरिश खतिवडा म बसिरहेको टेबलमा आएर बसे । सामान्य गफगाफ भयो ।

‘तपाईं त आजभोलि भूमिगत जस्तै क्या’ मैले उनलाई पहिलो प्रश्न गरेँ । ‘म मिडियामा आउन खासै रुचाउने मान्छे होइन क्या ब्रो । आफैसँग रमाउने मान्छे क्या ब्रो । हाहा ।’ उनले क्यूट हाँसो हासेँ । सुरुवातमै मैले उनलाई विगततिर लगेँ, ‘जतिबेला नेपालमा र्‍याप शैलीको न नाम थियो न चर्चा नै । ब्रोको दिमाग कसरी यसतर्फ केन्द्रित भयो ?’ ‘विदेशी कल्चरहरु पछ्याउने संस्कृति धरानमा निकै थियो । त्यहाँ ब्रेक डान्स गर्नेहरु पनि थिए । एक जना मेरो आफन्त पर्ने दाईले ब्रेक डान्सको क्यासेट (हिपहप म्युजिक) बजाएर डान्स गरेको देखिरहन्थेँ,’ गिरिश भन्छन्, ‘मलाई मज्जा लाग्यो के त्यो पारा । अनि म पनि नेपाली गीतमा समेत टुक्का मिलाएर गाउन थालेँ । यस्तै भयो ब्रो सुरुमा ।’

र्‍याप गाउँदा जिन्दावाद–जिन्दावाद सुनियो

गिरिशले बिस्तारै टेवल, थाल जे पाउँछन् ठटाउँदै टुक्के गीत गाउन थाले । कुरा त्यस्तै २०४८ सालतिरको हो । जतिबेला उनी कक्षा ७ मा पढ्थे । उनले कविताको शैलीमा गीतका टुक्का लेख्थे । जसरी कविता, चित्रकलामार्फत अरुले आफूलाई ब्यक्त गर्छन्, त्यसैगरी गिरिश पनि टुक्के गीतमार्फत आफ्नो भावना पोख्थे ।

उनलाई पछिमात्र थाहा भयो आफूले लेखिरहेको, गाइरहेको टुक्के गीत त र्‍याप पो रहेछ ! त्यसपछि त उनमा झन् चासो बढ्न थाल्यो । एकदिन उनी कलंकीको डिङडङ क्याफेमा बसेर र्‍याप गाइरहेका थिए । टिअर्स ब्यान्डका बालकृष्ण तामाङ त्यहिँ रहेछन् । उनको गीत सुनेर तामाङ (उमेरमा दाई)ले गिरिशलाई आफ्नो ब्यान्डमा आउन आग्रह गरे । त्यसको केही समयपछि गिरिश ब्यान्डका सदस्य भए ।

गिरिशले आफ्नो र्‍यापमा पनि ‘सरदारजी आयो गोर्खाली’भन्ने शब्द राखेका थिए । उनले एउटा आइडिया निकाले, ती सरदार दाईलाई गीत सुनाउने । ‘दाइ मैले लेखेको गीतमा तपाईं पनि छ है’ भन्दै गिरिशले एकदिन ती दाईलाई गीत सुनाए । सरदार मख्ख परे । तत्कालै गीत रेकर्ड गर्न आवश्यक १५ सय रुपैयाँ उनको हातमा थमाइदिए ।

ब्यान्डका सदस्यहरु साँझपख एक ठाउँमा जम्मा भएर गीत गाउने अभ्यास गर्थे । गिरिश पनि भ्याएसम्म उपस्थित हुन्थे । यसरी एकदिन उनको गीत रेकर्ड गर्ने कुरा चल्यो । त्यसदिन गिरिशमा खुसीको सीमै थिएन । तर, रेकर्ड गर्दा लाग्ने खर्च कसरी जुटाउने ? टेन्सन एउटै थियो । परिवारले सपोर्ट गर्ने सम्भावना नै थिएन ।

टोलमा एकजना सुदिन्दर सरदार दाईको टायर पसल थियो । उनले गोरखकाली टायरको विज्ञापनमा अभिनय पनि गरेका थिए । गिरिशले आफ्नो र्‍यापमा पनि ‘सरदारजी आयो गोर्खाली’भन्ने शब्द राखेका थिए । उनले एउटा आइडिया निकाले, ती सरदार दाईलाई गीत सुनाउने । ‘दाइ मैले लेखेको गीतमा तपाईं पनि छ है’ भन्दै गिरिशले एकदिन ती दाईलाई गीत सुनाए । सरदार मख्ख परे । तत्कालै गीत रेकर्ड गर्न आवश्यक १५ सय रुपैयाँ उनको हातमा थमाइदिए ।

यसरी गिरिशले आफ्नो पहिलो र्‍याप रेकर्ड गराएः

नो मिनिङ र्‍याप यो हो मिनिङलेस र्‍याप
नो मिनिङ र्‍याप इज मिनिङलेस र्‍याप ।

जतिबेला उनी १३ वर्षका थिए । कक्षा ८ मा पढ्थे । गीत रेकर्ड गरेपछि उनी निकै डराए । क्यासेट आएपछि त झनै । परिवारले थाहा पाउँछ भनेर घरमा क्यासेटसमेत भित्र्याएनन् । त्यतिबेला विभिन्न चर्चित गायकका गीतहरु समावेश गरेर न्यूरोडको एक क्यासेट कम्पनीले ट्यालेन्ट एल्बम निकाल्थ्यो । त्यसकै लागि एकदिन क्यासेट कम्पनीका मानिसहरु स्टुडियो गएका थिए । त्यहाँ गिरिशको गीतबारे पनि चर्चा भयो । उनीहरुले गीत सुने । गीत मन परेछ क्यारे, उनलाई खोज्दै कम्पनीका मान्छे घरसम्म आइपुगे । बिडम्बना उनी घरमा थिएनन् ।

यो कुरा साथी (राजु)मार्फत थाहा पाएपछि गिरिश अर्को दिन न्यूरोड पुगे । पहिले ¥यापरजस्तो देखिन टोपीवाला हुडी किने । पाइन्ट भने बुबाकै लगाएका थिए । त्यहाँबाट क्यासेट कम्पनीतिर लागे । उनले एक हजारमा आफ्नो गीत बेचे । त्यहाँबाट मख्ख पर्दै घर आए । पछि उनको गीत ‘ट्यालेन्ट ३’ एल्बममा निस्कियो । एल्बम र उनको गीत दुवै हिट भयो ।

त्यतिबेला मानिसहरु र्‍याप गाएको सुन्दा अचम्म मान्थे । मोर्चाबन्दी गरेको, आन्दोलन गरेकोजस्तो के गरेको होला भन्थे । ‘मैले र्‍याप गाउँदा सुन्नेहरु आन्दोलनमा नारा लगाउँदै जिन्दावाद–जिन्दावाद भनेकोजस्तो मान्दा रहेछन्’ गिरिश भन्छन्, ‘जे होस् रमाइलो नै हुन्थ्यो । क्लासिकल म्युजिकको जमानामा ¥याप गाउँदा समाजले त्यसलाई गीत भनेन । परिवारका सदस्यबाट पनि गिरिशको र्‍याप संगीतलाई हावादारीको संज्ञा दिइयो । उनीहरु नारायण गोपाल, अरुण थापाका गीत सुन्थे । त्यसैले गिरिशले गाएको र्‍याप गीत नभएर आन्दोलनको नारा भइदियो ।

बिग्रियो पढाई

गिरिश गीत गाउन दाईहरुसँग कहिले कहाँ त कहिले कहाँ पुग्न थाले । घरमा पनि लुकिलुकी गीत लेख्थे । यतिसम्म कि पढेको जस्तो गरेर किताब समाउँथे र त्यसभित्र सानो कापीको पाना राखेर गीत लेखिरहेका हुन्थे । घरबाट खाजा खान दिएको पैसाले अंग्रेजी हिपहप गीतका क्यासेट किन्न घन्टौँ हिँडेर बजार चाहार्थे ।

यसरी ¥यापले उनको पढाई बिगार्न थाल्यो । पढाईमा निकै अब्बल गिरिश कमजोर बने । एसएलसी पहिलो श्रेणीमा पास त भए तर, निकै कम प्रतिशत अंक ल्याएर । प्राय कक्षामा प्रथम भइरहने गिरिशबाट परिवारले यस्तो आशा गरेको थिएन ।

सम्हालिने प्रयासमा उनी गलत साथीहरुको संगतमा लागे । बिग्रिए । भनौँ न कुलतमा फसे । तर, यो सब उनलाई मान्य थिएन । गलत बाटोबाट सधैका लागि टाढिन चाहन्थे । ‘मेरो सपना के हो, मैले सोचेको के हो र म कुन बाटोमा हिँडिरहेको छु भन्ने लाग्यो’, गिरिश भन्छन्, ‘म निकै आत्तिएँ । भागेर इन्डिया जान्छु भन्ने सोचेँ ।’ तर, उनी इन्डिया गएनन् । बरु प्लस टू सकेर विराटनगर हानिए । आफूलाई संगीतबाट टाढा राखे र पढाईमा ध्यान दिन थाले ।

यसैबीच एल्बम निकालेको कुरा परिवारमा पनि थाहा थयो । त्यतिबेला केटीहरु फिल्म लाइन र केटाहरु पप लाइनमा लागे भने बिग्रिन्छन् भन्ने चलन थियो । गिरिशको परिवारले पनि यसले ड्रग्स सेवन गर्छ होला भन्ने शंका गर्यो । उनलाई गीत गाउनबाट पूर्णरुपमा रोक लगाइयो । प्लस टूमा मोर्डन इन्डियन स्कुलमा भर्ना भए । तर, पढाईमा त्यति मन गएन । उनको अभिब्यक्तिको माध्यम भनेकै ¥याप थियो, त्यसमै प्रतिबन्ध लागेपछि उनले आफूलाई कसरी सम्हाल्न सक्थे र । मानसिक रुपमा उनी विक्षिप्त बने ।

सम्हालिने प्रयासमा उनी गलत साथीहरुको संगतमा लागे । बिग्रिए । भनौँ न कुलतमा फसे । तर, यो सब उनलाई मान्य थिएन । गलत बाटोबाट सधैका लागि टाढिन चाहन्थे । ‘मेरो सपना के हो, मैले सोचेको के हो र म कुन बाटोमा हिँडिरहेको छु भन्ने लाग्यो’, गिरिश भन्छन्, ‘म निकै आत्तिएँ । भागेर इन्डिया जान्छु भन्ने सोचेँ ।’ तर, उनी इन्डिया गएनन् । बरु प्लस टू सकेर विराटनगर हानिए । आफूलाई संगीतबाट टाढा राखे र पढाईमा ध्यान दिन थाले ।

ब्याक अगेन एण्ड गो फार

ब्याचलरपछि गिरिश फेरि काठमाडौं आए । संगीत दुनियाँबाट टाढा भएर जागिरे बने । यसैक्रममा एक दिन न्यूरोडमा हिँडिरहेका बेला गिरिशको भेट राजेश वंशसँग भयो । जसले विराटनगरमा गिरिशको ‘मिनिङलेस’ क्यासेट राम्रो परिणाममा बेचेका थिए । उनले काठमाडौंमा म्युजिक डटकम नामक एक कम्पनी खोलेका रहेछन् । फोन नम्बर साटासाट भयो ।

केही समयपछि सोही कम्पनीमार्फत ‘ब्याक अगेन’ एल्बम निकाल्ने सहमतिमा गिरिशले हस्ताक्षर गरे । प्रनिल एल तिमिल्सिनासँग मिलेर निकालेको एल्बमको ‘म यस्तो छु…’ गीत हिट भयो । जुन गीत अहिले पनि लाखौँ युवाको मनमा बस्न सफल भएको छ । एल्बम हिट भएपछि उनले केही साथीसँग मिलेर ‘गिरिश एन्ड युनिटी ब्यान्ड’ खडा गरे । फेरि संगीत दुनियाँमा आफूलाई समर्पित गर्न थाले । तर, परिवारलाई यो कुरा चित्त बुझिरहेको थिएन । मास्टर्स गर्न अमेरिका जान दबाब आउन थाल्यो ।

एल्बम हिट भएपछि उनले केही साथीसँग मिलेर ‘गिरिश एन्ड युनिटी ब्यान्ड’ खडा गरे । फेरि संगीत दुनियाँमा आफूलाई समर्पित गर्न थाले । तर, परिवारलाई यो कुरा चित्त बुझिरहेको थिएन । मास्टर्स गर्न अमेरिका जान दबाब आउन थाल्यो ।

‘संगीतले गर्दा मेरो परिवार दुःखी हुन्छ भने म त्यो बाटोमा हिँड्दिन भन्ने सोचेँ’ गिरिश भन्छन्, ‘उहाँहरुको खुसीकै लागि म अमेरिका गएँ ।’ उनको परिवारमा गिरिशले गाएको गीत नेपालमा धेरै टिक्दैन भन्ने थियो । न राम्रो गरिस् भन्ने आफन्त नै कोही थिए । यही कारण फेरि आफू गलब बाटोमा हिँड्न बाध्य हुन्छु कि भन्ने डर गिरिशलाई थियो । त्यसैले उनले देश छाड्ने अन्तिम निर्णय गरे ।

गिरिशलाई जवाफ दिनु थियो, हिपहपलाई संगीत नमान्ने र यसले पनि सामाजिक परिवेशमा कुनै भूमिका निर्वाह गर्छ भन्ने नठान्नेहरुका लागि । साथै, आफू विदेश जान बाध्य हुनुको पछाडि पनि राजनीतिकै हात छ भन्ने उनलाई लागेको थियो । सबै युवाहरुको समस्या उस्तै थियो । त्यही बेला उनले साथीसँग मिलेर एउटा गीत बनाएः

नोट दिन्छु तिमीलाई कोट दिन्छु
यसको सट्टामा मलाई भोट देऊ
मेरो पार्टी हो एक्स, मेरो चुनाव चिन्ह एक्स
एक्काइसौँ शताब्दीमा स्वागत छ
यो तनमा पूर्खाको त्यो रगत छ
आफ्नो खुट्टामा आफै उभिने तागत छ
आफ्नो जगतको रक्षा गर्ने चाहत छ
हामीलाई चाहिँदैन झूटो आश्वासन
तेरो त्यो नोट, कोट, घर, कार अनि रासन
तेरो त्यो क्यास चेक, नेम, फेम अनि फ्याक्स
सबैको स्रोत हाम्रो मन्थली इन्कम ट्याक्स ।

अमेरिका हुँदा पनि हिट

अमेरिकामा उनले आफ्नो एमबीए पुरामात्र गरेनन् हिपहप संगीतबारे धेरै ज्ञान बटुले र डिजे पनि गरे । ‘अब त मैले मास्टर्स गरेँ यार, मेरो परिवारको सपना पुरा गरेँ भन्ने भयो,’ गिरिश भन्छन्, ‘त्यसपछि आफूलाई फेरि संगीतमा समाहित गराउन थालेँ ।’ उनले २०६५ सालमा अमेरिकामै आफ्नो युट्युब च्यानल खोलिसकेका थिए । एउटा लाइट र हरियो पर्दा किनेर कोठाको सानो कुनालाई चिटिक्क पारेका थिए । फुर्सद हुनासाथ त्यहि कुनामा बस्थे र गीत गाउँथे । युट्युवमा पनि राख्थे ।
कतिले हेरे वा हेरेनन् भन्ने कुराको मतलब हुँदैनथ्यो उनलाई । गीत गाएर बाहिर ल्याउन पाएपछि एकप्रकारको सन्तुष्टी प्राप्त हुन्थ्यो । अर्को कुरा, गिरिश अमेरिका नजादै एउटा गीतको मास्टर कपी तयार भइसकेको थियो । जुन गीत थियो– सी इज द बम…

म प्रेममा जीवनको पहिलोपटक
र, मलाई थाहा छ यो साचो हो
चाहे म जता जाऊँ, उसकै मुहारले
मलाई सताउँछ यो के भाको ।

गिरिश अमेरिका गएको २ वर्षपछि निस्किएको यो गीतले सर्वाधिक चर्चा पायो । युवाहरुको मन, मुटु र मस्तिष्कमा राज गर्यो । गिरिशले नेपाल छाडे पनि युवा–युवतीले उनलाई बिर्सिएनन् । युवाहरुले माया गरिरहे, युवतीहरुले प्रेम । अमेरिकाको ७ वर्षे बसाईपछि गिरिश नेपाल फर्किए । नेपालमा उनको क्रेज झनै बढेको थियो । तर, उनले ¥याप गाएनन्, बरु विराटनगरमा विजनेश सुरु गरे ।

संगीतको भोकले सताउन थाल्यो । त्यो भोक मेट्न ‘केही लाग्दैन’ बोलको गीत गाए । सम्हालिनै नसक्ने अवस्था आएमा आफ्नो युट्युब च्यानल छँदै थियो । उनी अन्डरग्राउन्ड भएर गीत बनाउँथे र युट्युबमा राख्थे । त्यसैगरी बनेका गीत हुन्, ‘सडकको आर्मी’, ‘जति माया’, ‘जीन्दगीको खेल’ आदि । गिरिशलाई चर्चा भन्दा पनि गीत गाउन पाए पुग्छ । ‘म हिटको पछि लाग्दिन’ गिरिश भन्छन्, ‘मलाई गीत गाउन पाए पुग्छ । मेरा लागि गीत गाउनु भनेको सेक्सको प्रक्रिया जस्तै हो । जसरी सेक्स एउटा सन्तुष्टी हो, त्यसरी नै मेरा लागि पनि गीत सन्तुष्टी हो ।’

सुगम र यमबुद्धसँग सहकार्य

गिरिश अमेरिकामा भएका बेला सुगम पोख्रेल कन्सर्ट गर्न त्यहाँ पुगेका थिए । सुगम अमेरिकामा बस्दासम्म उनले साथ छाडेनन् । अमेरिकामै गिरिशले सुगमलाई एउटा गीत सुनाए, सुगमले पनि उनलाई ‘कलाकार’ भन्ने गीत सुनाए । मिलेर गर्नुपर्छ भन्ने कुरा भयो । गिरिश नेपाल आएपछि सुगमसँग बेलाबेला भेट भइरहन्थ्यो । उनीहरु मिलेर ‘लखरलखर जिन्दगी रक्स’ बनाए ।

भेटघाट जारी नै थियो । एकदिन सुगमले लामो समयदेखि बचाएर राखेको ‘कलाकार’ बोलको गीतको कुरा उठ्यो । कम्तीमा पनि ३ जना मिलेर गीत पुर्नलेखन गर्ने र गाउने कुरा आयो । दुई जना त भए अर्को कसलाई राख्ने ? पछिल्लो समय यमबुद्ध चलेका थिए । गिरिशले उनीसँग कन्सर्ट पनि गरेका थिए । त्यसैले पनि उनलाई यमबुद्धको क्षमता थाहा थियो । यसरी यमबुद्धलाई पनि टोलीमा समावेश गरे र ३ जना मिलेर ‘कलाकार’ भन्ने गीत पुनर्लेखन गरे । गाए पनि ।

अहिले गिरिश निरन्तर रुपमा संगीत गरिरहेका छन् । उनलाई र्‍याप संगीतमा बोल्नु हो जस्तो लाग्छ । ‘यत्तिकै बोल्दा कस्तो नराम्रो सुनिन्छ नि है ब्रो तर, संगीतमा बोल्दा रक्स सुनिन्छ । त्यहि त हो नि र्‍याप,’ गिरिश प्रस्ट्याउँछन् । ¥याप क्लासिकल संगीत नभएकाले यो पुस्तान्तरण हुँदै जाने उनको बुझाई छ । नयाँ र्‍यापरको जन्म हुनु, नयाँ शैली र प्रस्तुतिको विकास हुनु उनलाई नयाँपन लाग्छ । अर्थात, सबैले आफूलाई प्रस्तुत गर्ने हो, कसरी गर्ने भन्ने ब्यक्तिको रुची, स्वभाव र हाउभाउमा भर पर्छ ।

गीतले सुगम, गिरिश र यमबुद्धको जीवन बोलेको थियो । सुगम लामो समयदेखि विभिन्न प्रतिक्रियाका बाबजुत पनि सक्रिय भइरहेको र सफलता हात पारिरहेको पात्र, गिरिश विभिन्न उत्तारचढावका बीच विदेश हुँदै फेरि यसै क्षेत्रमा काम गरिरहेको र यमबुद्ध संगीत क्षेत्रमा नयाँ भएर विभिन्न चुनौतिको सामना गरिरहेको ।
सबैले आ–आफ्नो अवस्थालाई शब्दमा उतारेका थिए । गीतले उनीहरुको मात्र होइन, अन्य थुप्रै कलाकारको भावनासमेत बोकेको थियो । निकै रुचाइयो ।

अहिले गिरिश निरन्तर रुपमा संगीत गरिरहेका छन् । उनलाई र्‍याप संगीतमा बोल्नु हो जस्तो लाग्छ । ‘यत्तिकै बोल्दा कस्तो नराम्रो सुनिन्छ नि है ब्रो तर, संगीतमा बोल्दा रक्स सुनिन्छ । त्यहि त हो नि र्‍याप,’ गिरिश प्रस्ट्याउँछन् । ¥याप क्लासिकल संगीत नभएकाले यो पुस्तान्तरण हुँदै जाने उनको बुझाई छ । नयाँ र्‍यापरको जन्म हुनु, नयाँ शैली र प्रस्तुतिको विकास हुनु उनलाई नयाँपन लाग्छ । अर्थात, सबैले आफूलाई प्रस्तुत गर्ने हो, कसरी गर्ने भन्ने ब्यक्तिको रुची, स्वभाव र हाउभाउमा भर पर्छ ।

ब्लगमा हल्का रमाइलो

अहिले गिरिश विन्दास लाइफ बाँचिरहेका छन् । विराटनगरमा उनको बिजनेश छ, परिवार पनि उतै छ । बेलाबेला गइरहन्छन् । विदेश यात्रा र नेपालमै हुने कन्सर्ट त छँदैछ । अनि उनले गीत पनि गाइरहेका छन् । युट्युबमा उनका ४ लाख २५ हजारभन्दा बढी सब्सक्राइबर छन् । त्यसबाहेक गिरिश ब्लगसमेत बनाउँछन् । आफू पुगेको स्थानमा केही रोचक कुरा वा विषय भेटे भने क्यामेरामा कैद गरिहाल्छन् । इडिटिङदेखि ब्लग तयार गर्दासम्म अपनाउनुपर्ने सबै प्रक्रियासँग उनी राम्रोसँग भिजेका छन् ।

उनलाई अहिले पनि याद छ पहिलो ब्लग । उनी क्यामेरा बोकेर छम्ती घुम्न गएका थिए । साथीहरुसँग रमाइलो गरेको भिडियो खिचे । त्यहाँको सिजन, खेतिपातिको बारेमा स्थानीयसँग कुरा गरे । मकै खाए, बच्चाहरुसँग रमाइलो गरे । उनले त्यसलाई इडिटिङ गरेर युट्युबमा राखे । धेरैले ‘क्या रमाइलो’ भन्दै कमेन्ट गरे । त्यसपछि ‘गोर्खाली जी’ उपनामले हिपहप दूनियाँमा तहल्का मच्याइरहेका गिरिशलाई ‘हल्का रमाइलो’ गर्न मन लाग्यो र अहिलेसम्म त्यही गरिरहेका छन् ।

यो पनि पढ्नुहोस् :
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

महिला हिंसा अन्त्य गर्नपर्छ भन्ने नारा हामीले प्राय सुनिरहेका हुन्छौ । यो विषयमा चर्चा हुन थालेको लामो समय भईसक्यो ।

राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिएका छन् ।  काठमाडौंमा बुधबारबाट सुरु भएको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै

राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दु र बौद्ध धर्म जोगाएर प्रवर्द्धन गर्दै अघि बढ्ने हो भने नेपाललाई विश्वकै तीर्थस्थल बनाउन सकिने