English

बैतडीको ढुंगाडका ६० व्यक्ति टापुमा फसे, दुई सय बिगाह जमीन डुबानमा

सात जिल्लामा विद्युत, फोन र इन्टरनेट सेवा अवरुद्ध


दुई दिनदेखि लगातार परेको वर्षाका कारण बैतडीको सिगास गाउँपालिका–५ मा सेती नदी गाउँमै पसेको छ । नदी गाउँमा पसेपछि एक सयभन्दा बढी घरहरू डुबानको उच्च जोखिममा पर्नुको साथै ढुंगाडका ६० व्यक्ति टापुमा फसेका छन् । बाढीले स्थानीय उद्धव महराको दुई तले घर पनि बगाएको सिगास–५ का वडाअध्यक्ष रामबहादुर धामीले बताए ।

सिगास–५ मै एक सय ५० बिगाहा भन्दा बढी खेत नदीको डुबानमा परेको छ । पाक्नै लागेको धान, कोदो तथा बदाम खेती बगरमा परिणत भएको छ। साथै, सिगास–६ को लेकममा बाढीले ५० बिगाहाभन्दा बढी जमीन डुबान भएको छ ।

वडाअध्यक्ष धामीका अनुसार प्रदेश सरकारसँग उद्धरको लागि आग्रह गरिएको छ । बाढीले डोटी र बैतडी जोड्ने पुल समेत भत्काएको छ । सिगासमा बाढीले मच्चाएको बितण्डाबारे सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएपछि उद्धारका लागि हेलिकोप्टर सिगास आउन लागेको छ ।

सात जिल्लामा विद्युत, फोन र इन्टरनेट सेवा अवरुद्ध

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा सोमबार रातिदेखि फोन, इन्टरनेट तथा फोन सेवा अवरुद्ध भएको छ । वर्षाका कारण कैलालीको खानीडाडाँमा विद्युत पोल ढलेपछि नेपाल टेलिकमले प्रदान गर्ने फोन तथा इन्टरनेट सेवा पूर्ण रूपले अवरुद्ध भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ ।

नेपाल टेलिकमको प्रादेशिक कार्यालय अत्तरियाका प्रविधिक अधिकृत सुरेन्द्र कार्कीले भने, ‘खानीडाँडामा सुदूरपश्चिमका पहाडी जिल्लाहरू जोड्ने थ्रिफेज विद्युत पोलमा रूख ढलेकाले फाइवर सेवा अवरुद्ध भएको छ । जसकारण बैतडीसहित सुदूर पहाडको ल्यान्डलाइन फोन सेवा, फाइबर तथा एडिएसएल इन्टरनेट सेवा र नमस्ते फोनसेवा अवरुद्ध भएको हो ।’

लगातारको भारी वर्षाले काम गर्न असहज भएको नेपाल टेलिकमको प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ ।

यो पनि पढ्नुहोस्:
सेतीको बाढीले पुल छुन थाल्यो, उर्लियो महाकाली
आज कहाँ-कहाँ हुन्छ भारी वर्षा ? पहाडी भेगमा हिमपातको सम्भावना

उपत्यकाका विभिन्न स्थान डुबानमा
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)

मेलम्चीमा बाढीको बितण्डा : दर्जन बढी घर बगायो, ६ जना बेपत्ता
बेग घट्यो, घटेन मेलम्चीबासीको पीडा (फोटो फिचर)
बाढीपीडित सुकुम्बासीको गुनासो – नेताले कठपुतली मात्रै बनाए (भिडियोसहित)
देशभर मनसुन सक्रिय : यी क्षेत्रमा बाढी पहिरोको जोखिम उच्च !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested