English

देशभर मनसुन सक्रिय : यी क्षेत्रमा बाढी पहिरोको जोखिम उच्च !

मनसुनजन्य विपद्बाट २६ जिल्ला प्रभावित


देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, बाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको हो । बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा गए रातिदेखि नै निरन्तर हल्का वर्षा भइरहेको छ । उपत्यकाको आकाश पूर्ण बदली रहेको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि यही मौसमी प्रणाली जारी रहनेछ ।

पाल्पा, अर्घाखाँची, सिन्धुपाल्चोक, पर्वत, गुल्मी, गोरखा, नुवाकोट, धादिङ, रसुवा, ताप्लेजुङ, स्याङ्जा, दैलेख, रुकुम, कालिकोट लगायतका जिल्ला बढी जोखिममा छन्।

भोलि शुक्रवार देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

असार १९ गते शनिबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना छ । आज काठमाडौंको अधिकतम २८ र न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ।

देशका ठूला नदी महाकाली, नारायणी, काली गण्डकी, त्रिशुली, कोशी, बाग्मती, राप्ती, मर्स्याङ्दी र कमला लगायतका नदीमा साइरन जडान गरिएको छ ।

बाढीपहिरो र डुबानको जोखिम कहाँ–कहाँ ?

लगातारको वर्षाका कारण देशभरका अधिकांश नदीको बहाव बढेको छ । जसले अधिकांश स्थानमा बाढी र डुबानको समस्या देखिएको छ । सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले जनधनको क्षति भएको छ । पाल्पा, अर्घाखाँची, सिन्धुपाल्चोक, पर्वत गुल्मी, गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, ताप्लेजुङ, स्याङ्जा, दैलेख, रुकुम, कालिकोट लगायतका जिल्ला बढी जोखिममा छन्। अहिले प्रदेश नं १, प्रदेश नं २, बाग्मती र गण्डकी प्रदेशमा बढी पानी परिरहेकोले यी प्रदेशका जिल्लाहरुमा बढी बाढी पहिरो र डुबानको जोखिम रहेको बताइएको छ ।

मनसुन सुरु भएसँगै देशको भौगोलिक संरचना अनुसार पहाडमा बाढी, पहिरो तथा तराईमा डुबानको समस्या वर्षेनी हुने गर्छ । तामाकोशी तथा सुनकोशी नजिकका केही क्षेत्रमा केहीदिनअघि मात्र पहिरो गएको थियो । महाकाली नदीमा पनि बाढी आइरहेको छ । महाशाखाले विशेषगरी पहाडी जिल्लाहरुमा खहरे खोलामा आउने बाढी र पहिरोले धेरै क्षति पुर्याउने हुँदा खोला नजिकमा बस्नेहरुलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ । त्यस्तै बारा, पर्सा लगाएतका तराईको अन्य क्षेत्रहरुमा पनि डुबानको जोखिम भएकोले अहिलेदेखि नै सतर्कता अपनाउन भनिएको छ ।

महाशाखाले कुन ठाँउ जोखिममा छ भन्नेबारे जानकारीका लागि ट्रोल फ्रि नम्बर ११५५ को व्यवस्था गरेको छ ।

जोखिमबारे यसरी भइरहेको छ सूचना प्रवाह

यो वर्ष गत वर्ष भन्दा धेरै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । देश अधिकांस क्षेत्रहरुमा मनसुनमा हुने औसत भन्दा बढी वर्षा हुन्छ । त्यसैले यो वर्ष धेरै सावधानी अपनाउनु पर्ने मौसमविद् बरुण पौडेल बताउँछन् ।

‘मनसुन सुरु भएको एक दुई हप्ता मनसुन एकदमै सक्रिय थियो, त्यो बेला बाढी पहिराले धेरै सखाप बनायो’, पौडेल भन्छन्, ‘मनसुनको अवधि ४ महिना लगातर झरी परिरहन्छ भन्ने होइन, पानी पर्ने क्रम कहिले कहिले बढी र कहिले कम हुन्छ ।’

देशका ठूला नदीहरु महाकाली, नारायणी, काली गण्डकी, त्रिशुली, कोशी, बाग्मती, राप्ती, मर्स्याङ्दी र कमला लगायतका नदीमा साइरन जडान गरिएको छ । यी नदीमा बाढीको मात्रा बढीरहेको छ भने मर्स्याङ्दीमा बाढीले सतर्कता सतह पार गरेको छ । नदी औसत भन्दा माथि आयो भने त्यो क्षेत्रका मानिसहरुलाई मोबाइलमा म्यासेज जाने व्यवस्था गरिएको छ । बाढी आउनु भन्दा दुई घण्टाअघि सूचना दिने र त्यस ठाउँबाट सुरक्षित क्षेत्रमा लाने व्यवस्था छ ।

‘हामीले एक हप्ताको मौसम पूर्वानुमान गरिरहेका हुन्छौँ, यसैलाई आधार बनाएर विपत व्यवस्थापन प्राधिकरणले भारी वर्षापछि बाढी र डुबानको जोखिम भएको ठाउँहरुमा सूचना प्रवाह गर्छ’, उनले भने, ‘महाशाखाले कुन ठाँउ जोखिममा छ भन्नेबारे जानकारीका लागि ट्रोल फ्रि नम्बर ११५५ को व्यवस्था गरेको छ ।’

नेपाली सेनाको हेलिकप्टरबाट कूल २६८ जना र सबै सुरक्षाकर्मीको प्रयासमा ४०० भन्दा बढीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । यसपाली बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोक र मनाङ जिल्लामा हेलिकप्टरमार्फत राहत पुर्याइएको थियो ।

मनसुनजन्य विपद्बाट २६ जिल्ला प्रभावित

देशभर यसपाली मनसुन शुरु भएलगत्तै गत जेठ अन्तिम सातादेखि परेको भारी वर्षाले सिन्धुपाल्चोक र मनाङसहित देशका २६ जिल्ला प्रभावित बनाएको छ । बाढी पहिरोमा परी ठूलो जनधनको क्षति भएको छ ।

गृह मन्त्रालयका अनुसार हालसम्म विपद्बाट मुलुकभर २७ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन् । अन्य १९ जना घाइते भएका गृहप्रवक्ता जनकराज दाहालले जानकारी दिए । उनका अनुसार कुल ४६२ घर पूर्ण क्षति भएको र ११० घरमा आंशिक क्षति भएको छ ।

बाढी र पहिरोबाट प्रभावित भएकामध्ये एक हजार ६०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट कूल २६८ जना र सबै सुरक्षाकर्मीको प्रयासमा ४०० भन्दा बढीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । यसपाली बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोक र मनाङ जिल्लामा हेलिकप्टरमार्फत राहत पुर्याइएको थियो ।

मन्त्रालयका अनुसार प्रभावित क्षेत्रको निजी आवास पुनःनिर्माणलाई उच्च प्राथमिकता दिइएको छ । त्यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सक्रिय भएर लागेको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयबाट अहिलेसम्म तीन हजार ९४९ लाभग्राहीको निजी आवास पुनःनिर्माणका लागि १९ करोड ९७ लाख ७३ हजार रुपैयाँ रकम वितरण गरिसकिएको छ । सोही प्रयोजनका लागि अर्थ मन्त्रालयबाट प्राप्त १० करोड रुपैयाँमध्ये नुवाकोट जिल्लाबाट लाभग्राहीलाई अनुदान स्वरुपको वितरण कार्य प्रारम्भको तयारी गरिएको मन्त्रालयले आज सूचना जारी गरी जनाएको छ ।

मन्त्रालयका अनुसार प्रभावित क्षेत्रको निजी आवास पुनःनिर्माणलाई उच्च प्राथमिकता दिइएको छ । त्यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सक्रिय भएर लागेको मन्त्रालयले जनाएको छ ।

यसवर्ष सोही प्रयोजनका लागि दुई करोड ८६ लाख रुपैयाँ विनियोजन भएको र सो वितरण प्रक्रियामा रहेको मन्त्रालयको भनाइ छ । मनसुनजन्य विपद्बाट वेपत्ता भएकाको खोजीलगायत जनधनको क्षतिको यथार्थ मुल्याङ्कन गर्न स्थानीय प्रशासन र सुरक्षा निकाय क्रियाशिल रहेको जनाइएको छ ।

मन्त्रालयले निरन्तर वर्षा भइरहेकाले जोखिममा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले खोज ,उद्धार तथा राहतलगायत कार्यमा खटिने सबै निकाय र प्रतिनिधिलाई धन्यवादसमेत दिएको छ ।

यो पनि पढ्नुहोस्
किन हुन्छ स्वास्थ्यकर्मी माथि पटक–पटक हातपात ?
बुबालाई पछ्याउँदै तीन छोरा पाइलट !
‘सबैलाई खोप सुनिश्चित गर्न विश्वव्यापी पहल आवश्यक’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,