English

गर्भपतनका औषधि जथाभावी बिक्री

गाउँगाउँमा अवैध रूपमा खुलेका औषधि पसलका कारण शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतनको गलत प्रयोग हुन थालेको छ ।

युवायुवतीले यस्ता औषधि परिवार नियोजनका अस्थायी साधनका रूपमा प्रयोग गरिरहेका छन् । असुरक्षित गर्भपतनलेलाई परिवार नियोजनको साधानका रूपमा प्रयोग गर्न थालेको पाइन्छ । सरकारले नयाँ रणनीति बनाएर शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतन पतनको गलत प्रयोग रोक्न खोजेको थियो ।

तर, ग्रामीण क्षेत्रमा अवैध रूपमा खुलेका औषधि पसलले गर्भपतनका औषधिको बिक्री अनियन्त्रित बनेको छ । मुलुक संघीयतामा गएसँगै स्वास्थ्य सबै अधिकार स्थानीय तहलाई छ । औषधि र स्वास्थ्य संस्था दर्ता, दर्ता खारेजी, नवीकरण, नियन्त्रण र कारबाही प्रदेश र स्थानीय तहले गर्ने भनिएको छ ।

ग्रामीण क्षेत्रमा अहेब र अनमीले समेत मेडिकल एबर्सन गर्ने गरेको स्थानीय बताउँछन । त्यसमा पनि सरकारले स्वीकृत गरेको औषधि मात्रै बिक्री गर्न पाइन्छ । तर, उदयपुरका बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिकाको मुख्य बजार क्षेत्रमा अधिकांश औषधि पसलले खुले याम गर्भपतनका औषधि बिक्रीवितरण गरिरहेका छन । कटारी नगरपालिको कटारी बजार क्षेत्रका ९० प्रतिशत औषधि पसलले जथाभवी गर्भपतका औषधि बिक्री गर्ने गरेको गुनासो आएको छ ।

प्रदेश र स्थानीय सरकारले नियमन तथा नियन्त्रण गर्न नसक्दा उदयपुरका बजारमा बिना दर्ता खुलेका र दर्ता भई सञ्चालनमा रहका औषधि पसलले गर्भपतनका औषधिको खुला बिक्रीवितरण गरिरहेका छन । नियमानुसार सूचीकृत स्वास्थ्य संस्थाले तालिम प्राप्त चिकित्सकको स्वीकृतिमा मात्रै गर्भपतनका औषधि बिक्रीवितरण तथा गर्भपतन गराउन पाउने नियम छ ।

ग्रामीण क्षेत्रमा अहेब र अनमीले समेत मेडिकल एबर्सन गर्ने गरेको स्थानीय बताउँछन । त्यसमा पनि सरकारले स्वीकृत गरेको औषधि मात्रै बिक्री गर्न पाइन्छ । तर, उदयपुरका बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिकाको मुख्य बजार क्षेत्रमा अधिकांश औषधि पसलले खुले याम गर्भपतनका औषधि बिक्रीवितरण गरिरहेका छन । कटारी नगरपालिको कटारी बजार क्षेत्रका ९० प्रतिशत औषधि पसलले जथाभवी गर्भपतका औषधि बिक्री गर्ने गरेको गुनासो आएको छ ।

विशेष गरेर कटारी, बेल्टार, मुर्कुची र रामपुर क्षेत्रका बजारमा यी औषधि बिक्री भइरहेका छन । यी मध्ये मेडावन नेपाल सरकारले मान्यत दिएको औषधि हो । मेडिकल एबर्सनका औषधिको गलत प्रयोगबाट महिलाको ज्यान जोखिममा पर्ने गर्दछ । बजारमा सहज रूपमा मेडिकल एबर्सनका औषधी पाइने भएपछि अविवाहित युवायुवतीले यस्ता औषधि परिवार नियोजनका साधनका रूपमा प्रयोग गरिरहेका छन । मेडिकल एबर्सनले महिलामा जोखिम बढाइ रहेको पाईन्छ ।

त्यसैगरी गाईघाट, बेल्टार र रामपुर बजारसँगै ग्रामीण क्षेत्रका दजनौं बजारमा गर्भपतका औषधि अन्य सामान्य औषधि जस्तै बिक्री भइरहेको स्थानीयले बताए । भारतीय बजारबाट अबैध आयत गरिएका मेडावन, वान वानटेड, प्रिनेट ९२÷३ किसिमका, मेजायपोस्ट, आइपिल, एमटिपी, प्रिमेन्टो जस्ता औषधि पसलमा सजाएर राखिएका छन् ।

विशेष गरेर कटारी, बेल्टार, मुर्कुची र रामपुर क्षेत्रका बजारमा यी औषधि बिक्री भइरहेका छन । यी मध्ये मेडावन नेपाल सरकारले मान्यत दिएको औषधि हो । मेडिकल एबर्सनका औषधिको गलत प्रयोगबाट महिलाको ज्यान जोखिममा पर्ने गर्दछ । बजारमा सहज रूपमा मेडिकल एबर्सनका औषधी पाइने भएपछि अविवाहित युवायुवतीले यस्ता औषधि परिवार नियोजनका साधनका रूपमा प्रयोग गरिरहेका छन । मेडिकल एबर्सनले महिलामा जोखिम बढाइ रहेको पाईन्छ ।

त्यसैले स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले यस्ता औषधिको नियमन तथा व्यवस्थापन गर्न नयाँ रणनीति योजना आवश्यक ठाने पनि स्थानीय तहमा कार्यान्वयन नहुँदा समस्या बढ्दै गएको हो ।

यो पनि पढ्नुहोस्:
कोरोना संक्रमितले कुन बेला कस्तो औषधि खाने ?
कोरोना संक्रमित गर्भवतीले आफ्नो हेरविचार यसरी गर्नुहोस् !
कोरोना संक्रमित भएको परिवारका सदस्यले जान्नै पर्ने ५ कुरा
काठमाडौंमै सिटामोलको चरम अभाव, आखिर किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सन्जीब दुलाल :ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन

काठमाडौँ, ७ असार २०८३४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत ‘डुबिसक्यो

२ असार, काठमाडौँ – इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन्

Latest

Popular
Suggested