English

यस्ता व्यक्तिमा कोरोनाको जोखिम कायमै !



गत वैशाख १६ देखि भएको लकडाउन ४ महिना पछि अन्त्य भयो । मानिसहरु आफ्नो दैनिकिमा फर्किन थालेका छन् । तर, लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमणको जोखिम न्युनिकरणमा नागरिकको दयित्व थपिएको छ । लकडाउन अन्त्य भएसँगै धेरैको मनमा अब के हुन्छ भन्ने प्रश्न पनि उठेको छ ।

लकडाउनको अन्त्य भएको भएपनि कोरोना संक्रमणको जोखिम हटिसक्यो भनेर बुझियो भने त्यसले थप भयावह अवस्था ननिम्त्याउला भन्न सकिदैँन त्यसैले सबै नागरिकले यो कुरामा ध्यान दिनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् । ‘अहिले कोरोना संक्रमितको संख्यामा कमि आएको भए पनि जोखिम भने उस्तै छ,’ उनले भने, ‘कम भयो भनेर पूर्ण रुपमा ढुक्क हुने वातावरण छैन ।’

टेकु अस्पतालमा अहिले आईसियुमा ८ जना संक्रमितको उपचार भइरहेको छ । कोभिड वार्डमा पनि बिरामीको संख्या घटेको छ र क्याबिनमा पनि एक जना बिरामी रहेको अवस्था छ । भने इमर्जेन्सीमा आउने बिरामीको संख्यामा पनि कमी आएको छ । यसरी समग्रमा हेर्दा अस्पतालमा बिरामीको चाप घट्दै गएको डा. बास्तोला बताउँछन् ।

कोरोनाको खोप सबै नेपालीले पाएका छैनन् । यस्तो अवस्थामा खोप नलगाएका र एक पटक पनि संक्रमित नभएका व्यक्तिहरु जोखिममा भएको डा.बास्तोलाको भनाई छ । ‘काठमाडौँ उपत्यकामा बिरामीको संख्यामा गिरावट आएको भए पनि स्वस्थ्य मापदन्डको पालना सबैले गर्नु जरुरी छ,’ उनी भन्छन्, ‘संख्यामा गिरावट आएको छ तर, खोप नपाएका र अहिलेसम्म संक्रमित नभएकाहरु जोखिममा नै छन् ।’

टेकु अस्पतालमा अहिले आईसियुमा ८ जना संक्रमितको उपचार भइरहेको छ । कोभिड वार्डमा पनि बिरामीको संख्या घटेको छ र क्याबिनमा पनि एक जना बिरामी रहेको अवस्था छ । भने इमर्जेन्सीमा आउने बिरामीको संख्यामा पनि कमी आएको छ । यसरी समग्रमा हेर्दा अस्पतालमा बिरामीको चाप घट्दै गएको डा. बास्तोला बताउँछन् ।

ह्याम्स अस्पतालमा पनि बिरामीको संख्यामा कमी आएको संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बताए । ‘अस्पतालमा अहिले लगभग २० जना कोरोना संक्रमित मात्र उपचारत छन्,’ उनले भने ।

लकडाउन खुलेपनि कोरोना संक्रमितको संख्यामा कमी आएको छ । तर, चाडपर्व नजिकिँदै गएकाले भिडभाड बढ्ने र संक्रमितको संख्यामा केही तलमाथी हुन सक्ने सम्भावना रहेको डा.सुवेदी बताउँछन् ।

उनी भन्छन्, ‘संक्रमितको संख्या घट्यो र लकडाउन पनि खुल्यो भनेर लापरवाही गर्ने अवस्था छैन, खोप नपाएका र पहिले संक्रमित नभएका व्यक्ति अझै पनि संक्रमणको जोखिम उत्तिकै छ ।’

त्यस्तै, स्वास्थ्यमन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार लकडाउन खुकुलो भएसँगै बिरामीको संख्या केही बढेको थियो तर, अहिले लकडाउन पूर्ण रुपमा खुलेको भए पनि संक्रमितको संख्यामा गिरावट आएको छ ।

आजका मितिसम्म ५४ लाख १५ हजार ४ सय २७ जनाले कोरोना भाइरस विरुद्धको पूर्ण खोप पाईसकेका छन् । साथै, खोप लगाउने कार्य पनि भइरहेको छ । उपत्यकामा संक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ३ जना रहेको छ । केहि दिन यता संक्रमितको संख्यामा गिरावट आएको छ । अन्य जिल्लामा पनि संक्रमितको संख्या घटेको उनले बताए ।

उनी भन्छन्, ‘अझै जोखिम कायमै रहेकाले स्वास्थ्य मापडण्डलाई सबैले पालना गर्नु पर्छ,’ उनले भने, ‘खोप नलगाएका र पहिले संक्रमित नभएकाहरुले अझै सावधानी अपनाउनुपर्छ ।’

यो पनि पढ्नुहोस्:
कोरोना संक्रमितले कुन बेला कस्तो औषधि खाने ?
कोरोना संक्रमित गर्भवतीले आफ्नो हेरविचार यसरी गर्नुहोस् !
कोरोना संक्रमित भएको परिवारका सदस्यले जान्नै पर्ने ५ कुरा
काठमाडौंमै सिटामोलको चरम अभाव, आखिर किन ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,