English

कसरी उकास्ने अवार्ड/पुरस्कारको ‘चार्म’ ?



केपि पाठक

नेपाली चलचित्रसँग सम्बन्धित अवार्ड र अवार्ड कार्यक्रमहरू हेरेपछि यसको चार्म बाँकी नरहेको निष्कर्षमा म पुगेको छु । अर्थात् नेपालमा पुरस्कारहरूको ‘क्रेज’ छैन भन्ने लाग्न थालेको छ, जो दुःखद पक्ष हो ।

पुरस्कारले सम्बन्धित विधाको मापन गर्छ, सम्मान दिन्छ, हौसला थप्छ । तर, किन हाम्रा पुरस्कारहरूले सम्मान दिँदैनन् ? किन हौसला थप्दैनन् ? यसबारे अवार्ड आयोजकहरूले छलफल, विश्लेषण र अनुसन्धान गर्न जरुरी छ । मलाई लाग्छ, उहाँहरूले यो गम्भिर विषयलाई ‘एजेन्डा’ नै बनाउनु भएको छैन ।

संख्या नै बढी
अर्थशास्त्रको सिद्धान्तअनुसार माग बढी भएको बस्तुको मूल्य कम हुन्छ । यस हिसावले हेर्दा नेपालमा एक दर्जनभन्दा बढी अवार्ड कार्यक्रम हुन्छन् । अर्थात् धेरै अवार्ड कार्यक्रम भएकाले कुनैको पनि महत्व नभएको हो कि !

खै पारदर्शिता ?
धेरैजसो अवार्डबारे पारदर्शिताको सवालमा प्रश्न उठाइन्छ । सायद यो अहिलेको समस्या होइन । अवार्डको सुरुवात कालदेखि नै यस्तो प्रश्न छ । धेरै पहिला ‘मोसन पिक्चर्स अवार्ड’ कार्यक्रम हुन्थ्यो । पाँच–छ पटक पछि त्यो अवार्ड पनि विवादकै कारण बन्द भयो । मूल कुरा जुरी टीम र जुरीले तयार गर्ने मापदण्ड हो ।

अवार्ड कार्यक्रम महंगो
अवार्ड भन्ने वित्तिकै पाँचतारेमा गर्नैपर्ने । तडकभडक मिसाउनै पर्ने । भरमार खर्च भएको देखाउनु पर्ने लगायत भ्रम छन् आयोजकसँग । यही कारणले अवार्ड आयोजना महंगो हुन्छ । महंगो भएपछि उठाउनु प¥यो, पुग्ने जति । अनि ‘नोमिनिज’सँग सहयोग लिए भन्ने बात लाग्छ । अवार्ड पाउनेहरूले ‘डोनेसन’ गरेर लिए भन्ने हल्ला आउँछ । यसले गर्दा अवार्डप्रति प्रश्न उठ्नु अस्वाभाविक पनि लाग्दैन ।

निकटवर्तीलाई दिने चलन
जुरी वा आयोजकहरूको अर्को कमजोरी भनेको निकटका ब्यक्तिलाई अवार्ड दिएर आनन्द मान्ने । पहिला एकजना नाम चलेको अवार्ड जुरी प्रमुखले आफ्नै छोरालाई दिए । छोरालाई उत्कृष्ट निर्देशकका साथै धेरैजसो मूख्य अवार्ड छोराले निर्देशन गरेको फिल्मलाई दिए ।

अरु त के कुरा गर्नु, राष्ट्रिय अवार्डमा समेत दवाव परेको महसुस हुन्छ । पाउनेले भन्दा धाउनेले पाएको भन्ने आरोप लाग्छ ।

संसार नै विवादमा
त्यसो त फिल्म अवार्डको प्रसंगमा संसार चिहाउँदा ओस्कार पनि विवादमुक्त छैन । जसले हान्यो त्यसले जान्यो भनेजस्तो छ । बलिउडले धेरै अघिदेखि सुरु गरेको आइफा वा फिल्मफेयर दुवै विवादित छन् । तर पनि ती अवार्डप्रति हाम्रो हिसावमा ‘क्रेज’ घटेको छैन ।

तर, अन्य अवार्ड कार्यक्रमको तुलनामा फेष्टिभलहरूको वारेमा विवाद कम भएको देखिन्छ । कान्स, भेनिस, टोरन्टो फिल्म फेष्टिभललाई लिएर ओस्कारको जस्तो विवाद आउँदैन । नेपालमा पनि विभिन्न अवार्डको जस्तो किम्फ वा निफको विवाद छैन र आउँदैन ।

कसरी उठाउने ‘क्रेज’ ?
१. सल्लाह गरेरै अवार्डहरूको संख्या घटाउने, ‘मर्ज’ गर्ने ।
२. अवार्ड कार्यक्रम कम खर्चमा गर्ने कोशिस गर्ने ।
३. मापदण्ड तयार गर्ने र कडाइकासाथ लागु गर्ने ।
४. जुरी सदस्यहरूलाई सम्पूर्ण रुपमा विश्वास गर्ने र अधिकार सम्पन्न बनाउने । उनीहरूले गल्ती गरे, तत्काल कारवाही पनि गर्ने ।
५. ‘अवार्डेड’हरूका लागि एक बर्षसम्म विभिन्न किसिमका सेवा सुविधाहरूको ब्यवस्था हुनुपर्ने ।

जुरीले निष्पक्ष भएर तयार गरेका मापदण्डअनुसार चल्ने र नपाउने वित्तिकै कलाकर्मीले विवाद गर्ने मानसिकता त्याग्ने हो भने अवार्डले ‘चार्म’ प्राप्त गर्न सक्छ ।

(निर्माता तथा निर्देशक पाठक नेपाल इन्टरनेशनल फिल्म फेष्टिभल (निफ) का प्रमुख समेत हुन् ।)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य निक्षेप ७४ खर्ब रुपैयाँको हाराहारीमा छ । यो रकम मुलुकको कुल गार्हस्थ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested