English

इग्नीसनको भिआर एक्सप्लोरिङ्ग एडभेन्चर राइड



दुई पांग्रे गाडी बिक्री वितरण गर्ने इग्नीसन अटो प्राईभेट कम्पनी लिमिटेडले भिआर एक्सप्लोरिङ्ग एडभेन्चर राइड कार्यक्रम सम्पन्न गरेको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन र सडक सुरक्षा जनचेतना फैलाउने उद्देश्यले आयोजना भएको एकदिने राइड कार्यक्रममा सम्पन्न भएको हो ।


राइड कार्यक्रममा ३६ वटा हार्डफोर्ड सवार, ४० जना राइडरहरुले सहभागिता जनाएका थिए । १०५ किलोमिटर लामो मोटरसाईकल र्‍यालीका लागी रोड क्यापटेन मनिश बज्र शाक्य थिए ।

बिहानको ९.०० बजे त्रिपुरेश्वरदेखि शुरु गरिएको मोटरसाईकल र्‍याली २ बजे भोटेचौर पुगी विभिन्न मनोरञ्जनका कार्यक्रमहरु गरिएको थियो ।


कार्यक्रम बेलुकी ७.०० बजे कम्पनीको आधिकारिक सर्भिश सेन्ट्र बोद्ध पुगी समापन भएको थियो ।
‘लक्की ड्र’ बाट भूषण राज बज्राचार्य विजयी हुनु भएको थियो भने ‘आर्म वेस्ट्रीङ्ग’ मा नन्द महर्जन प्रथम भएका थिए ।

यसका साथै ‘विङ्गो फूल हाउस विनर’ पनि भूषण राज बज्राचार्य नै भए । विजेतालाई हार्डफोर्डका तर्फबाट उपहार प्रदान गरिएको थियो ।


चिनियाँ कम्पनी हार्टफोर्ड इण्डष्ट्रीज लिमिटेड उत्पादित दुई पांग्रे गाडी यस कम्पनीले नेपालभर बिक्री्रवितरण गर्दे आएको छ । नेपालमा सर्वाधिक लोकप्रिय नम्बर एक हर्ड बाईकका रुपमा स्थापित ब्राण्ड हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित