English

इग्नीसनको भिआर एक्सप्लोरिङ्ग एडभेन्चर राइड



दुई पांग्रे गाडी बिक्री वितरण गर्ने इग्नीसन अटो प्राईभेट कम्पनी लिमिटेडले भिआर एक्सप्लोरिङ्ग एडभेन्चर राइड कार्यक्रम सम्पन्न गरेको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन र सडक सुरक्षा जनचेतना फैलाउने उद्देश्यले आयोजना भएको एकदिने राइड कार्यक्रममा सम्पन्न भएको हो ।


राइड कार्यक्रममा ३६ वटा हार्डफोर्ड सवार, ४० जना राइडरहरुले सहभागिता जनाएका थिए । १०५ किलोमिटर लामो मोटरसाईकल र्‍यालीका लागी रोड क्यापटेन मनिश बज्र शाक्य थिए ।

बिहानको ९.०० बजे त्रिपुरेश्वरदेखि शुरु गरिएको मोटरसाईकल र्‍याली २ बजे भोटेचौर पुगी विभिन्न मनोरञ्जनका कार्यक्रमहरु गरिएको थियो ।


कार्यक्रम बेलुकी ७.०० बजे कम्पनीको आधिकारिक सर्भिश सेन्ट्र बोद्ध पुगी समापन भएको थियो ।
‘लक्की ड्र’ बाट भूषण राज बज्राचार्य विजयी हुनु भएको थियो भने ‘आर्म वेस्ट्रीङ्ग’ मा नन्द महर्जन प्रथम भएका थिए ।

यसका साथै ‘विङ्गो फूल हाउस विनर’ पनि भूषण राज बज्राचार्य नै भए । विजेतालाई हार्डफोर्डका तर्फबाट उपहार प्रदान गरिएको थियो ।


चिनियाँ कम्पनी हार्टफोर्ड इण्डष्ट्रीज लिमिटेड उत्पादित दुई पांग्रे गाडी यस कम्पनीले नेपालभर बिक्री्रवितरण गर्दे आएको छ । नेपालमा सर्वाधिक लोकप्रिय नम्बर एक हर्ड बाईकका रुपमा स्थापित ब्राण्ड हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested