गोबरगाढाका ३५ घर डुबानमा



लगातारको वर्षाले सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको पूर्वी भेग हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढा बस्ती जलमग्न भएका छन् । सप्तकोशी नदीमा आज एक्कासि आएको बाढीले बस्तीका करिब ३५ घरमा पानी पसेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए । बाढीले दुई वटा घरमा कटानसमेत गरेको जनाइएको छ । पानीको बहाव उच्च भएपछि ती घरमा दुई फिटसम्म पानी जमेको छ ।
चारैतिरबाट कोशी नदीले घेरिएको गोबरगाढा बस्ती प्रत्येक साल बाढी आएको बेला डुबानमा पर्ने गरेको वडाध्यक्ष बिन्देश्वर यादवले बताए । घरहरुमा डुबेपछि स्थानीय बासिन्दा कोशीदेखि पर रहेका विद्यालयमा आश्रय लिएर बस्न बाध्य रहेको उनको भनाइ छ ।

स्थानीयवासी हरि यादव र शत्रुधन यादवको घर कोशी नदीले कटान गरेको छ भने अन्य घरमा पनि कटान गर्न सकिने डरले उनीहरु सुरक्षित स्थानको खोजीमा रहेको वडाध्यक्ष यादवले बताए । वडाध्यक्ष यादवको नेतृत्वमा डुबानमा परेका घर र क्षतिको विवरण सङ्कलन कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्
मेलम्चीमा पुनः बाढी– रेडियो मेलम्चीको भवन ढल्यो, ग्याल्थुमको झोलुङ्गे पुल बगायो
देशभर मनसुन सक्रिय : यी क्षेत्रमा बाढी पहिरोको जोखिम उच्च !
के मेलम्चीलाई जोखिम क्षेत्र तोकिएको थियो ?
ढुक्कले सास फेर्न नसकेको मेलम्ची–हेलम्बु !
राइज मिडियाको पहलमा मेलम्ची बाढी पीडितलाई सहयोग
मेलम्ची बाढी पीडितका गुनासो : ‘राहत आयो तर, कहाँ गयो ?’ (भिडियोसहित)



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार चार हजार

युवा वर्गको साथ,सहयोग र सपनाको साथ लिएर बुढानिलकण्ठ नगरपालिकाले आफ्नो नगर कस्तो बनाउने भन्ने बहसको थालनी गरेको छ । बुढानिलकण्ठ

परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा, हिमालय एअरलाइन्सले परराष्ट्रमन्त्री नारायण खड्काको औपचारिक भ्रमणका लागि साउन २४ मा चीनको छिङदाओ (सिङ्ताओ) जाने एक

लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले