English

कोरोना खोपका लागि एक वृद्धको सङ्घर्ष



कोभिड–१९ दोस्रो लहर जिल्लामा फैलनुअघि नै ज्येष्ठ नागरिकहरु तथा अत्यावश्यक सेवाका व्यक्तिहरुलाई कोभिशिल्ड खोप दिन थालिएको थियो । दोस्रो डोज नआए पनि १३ हजारभन्दा बढीले कोभिशिल्ड खोप लगाए जिल्लामा । त्यसपछि आउन थाल्यो भेरोसेल । यस पटकसम्म तीनपटक भेरोसेल खोप लगाउने अभियान चलिसक्यो । यस क्रममा ६० वर्षका नागरिकदेखि कर्मचारी, जनप्रतिनिधि लगायतले यो खोप पाए तर कतिपयले खोप लगाउन वास्ता गरेनन् । कसैले अफवाहका पछि लागेर खोप लगाउन मानेनन् । कतिपयले खोप लगाउन पाउने कुराको जानकारी नै पाएनन् ।

गएको शनिबारदेखि मङ्गलबारसम्म चलाइएको भेरोसेल खोप दिने अभियानमा ठूलै भीडभाड देखिए तर यही भीडभित्र बेथितिसँग मौन आन्दोलन गर्दै गर्दा भेटिए ७७ वर्षीय रामकुमार राई । धेरै टाढा त होइन, फिदिम नगरपालिका–१ दुमाका रामकुमारले ‘खोप लगाए कोरोना लागिहाले पनि धेरै गाह्रो पर्दैन’ भन्ने सुनेका रहेछन् ।

कोभिड–१९ को पहिलो लहरले पाँचथरको ग्रामीण जनजीवनमा ठूलो प्रभाव पारेन । गाउँमा निकै न्यून सङ्क्रमित हुनाले जनजीवन सहज र नियमित गतिमै अगाडि बढ्यो । दोस्रो लहरको प्रभाव भने निकै गहिरो भयो । तीन हजार ३०० भन्दा बढी जिल्लावासी दोस्रो लहरबाट सङ्क्रमित भइसक्दा गाउँ–बस्तीहरुको धारणा बदलिएको छ । गाउँभरि मान्छेहरु बिरामी पर्ने, सामान्य औषधिसमेत नपाइने र कोभिड–१९ सङ्क्रमणको महामारीले आतङ्कको स्वरूप लिएपछि मानिसहरु थोरै भए पनि सचेत हुन तर्फ लागे ।


दोस्रो लहरले ल्याएको आतंकले आम मानिसमा कोभिड–१९ विरुद्धको खोप लगाउनै पर्ने रहेछ भन्ने सन्देश दियो । त्यही कारण खोप केन्द्रहरुमा मानिसहरुको भीड लाग्न थाल्यो । गएको शनिबारदेखि मङ्गलबारसम्म चलाइएको भेरोसेल खोप दिने अभियानमा ठूलै भीडभाड देखिए तर यही भीडभित्र बेथितिसँग मौन आन्दोलन गर्दै गर्दा भेटिए ७७ वर्षीय रामकुमार राई । धेरै टाढा त होइन, फिदिम नगरपालिका–१ दुमाका रामकुमारले ‘खोप लगाए कोरोना लागिहाले पनि धेरै गाह्रो पर्दैन’ भन्ने सुनेका रहेछन् ।

उनी घरी घर हिँडिहाल्न खोजेर स्वास्थ्य कार्यालयको गेटमा पुग्थे त घरी भीडको पछिल्तिर आएर नाम आइहाल्ला कि भनेर सुन्थे । तर, ११ बजेदेखि ३ः४५ बजेसम्म बस्दासमेत उनको पालो आएन ।

सोमबार दिउँसो करिब २ बजे स्वास्थ्य कार्यालय पाँचथरमा खोप लगाउँदै गरेको स्थान छेउ अन्य ज्येष्ठ नागरिकसँग भेटिए उनी । बिहान ११ बजेतिर खोप केन्द्र आई नागरिकताको प्रमाणपत्र बुझाएका राईले समयमै खोप पाइएला र लगाउँला भन्ने सोचेका रहेछन् ।
तर, पालो नआएपछि कतै पालो आइहाल्ला कि भनेर ८७ वर्षीय छिमेकी श्रीभक्ते राईसँगै उनी कहिले खोप लगाएको ठाउँ पुग्थे त कहिले खोप कार्ड वितरण भइरहेको स्वास्थ्य कार्यालयको ढोका अघि ।

‘अघि ११–१२ बजेतिर आएको थिएँ । नागरिकता पनि बुझाएको छु । पानी पर्न आँटिसक्यो । हाम्रो पालो आउँदैन रे ?’, यहाँ आउनुभएको कति समय भो भन्ने प्रश्नमाथि प्रतिप्रश्न गर्दै राईले भने, ‘अहिले आउँदै गरेको मान्छेहरु सुई हानेर गइसके । हाम्रो पालो किन आएन ? बुझिदिनुस् न ।’

पानी झर्नै आँटे जसरी आकाशमा बादल मडारिरहेको थियो । स्वास्थ्य कार्यालय परिसरमा ठेलमठेल गर्दै मानिसहरु खोप लगाउने अवसर खोजिरहेका थिए । तर, डाँडाको घामजस्तो उमेरका राईलाई पानीबाट जोगिएर कसरी सुरक्षित रूपमा घर पुग्नु भन्ने चिन्ता थियो । पानी परिरहने, घर जाने बाटोमा छेउ भित्ता खसिरहने डरले राईको मन घरैमा पुगिसकेको थियो । उनी घरी घर हिँडिहाल्न खोजेर स्वास्थ्य कार्यालयको गेटमा पुग्थे त घरी भीडको पछिल्तिर आएर नाम आइहाल्ला कि भनेर सुन्थे । तर, ११ बजेदेखि ३ः४५ बजेसम्म बस्दासमेत उनको पालो आएन ।

हुन त उनको पालो आओस् पनि कसरी ? उनको नाम कागजमा टिपेर सुटुक्क भित्र पु¥याई खोप कार्डमा नाम लेखेर बाहिर ल्याइदिने कोही थिएन । उनले चिनेको न ठूलो मान्छे थियो, न ठूलाहरुले उनलाई नै चिन्थे । चाउरी परे पनि उज्यालो अनुहार भएको, कपाल ढाकेर ढाका टोपी लगाएको, मुख छोपेर मास्क लगाएको, दौरा सुरुवाल र इस्टकोट लगाएको, एक हातमा पाइप र बाँस जोडेर बनाएको लौरो टेकेको, अर्को हातले छाता च्यापेको, प्लाष्टिकको जुत्ता लगाएको खोपको एक असली हकदारलाई चिन्न न त्यहाँ जनप्रतिनिधि थिए, न कर्मचारी । गर्मी र भीडले निस्सासिएर ड्युटी गरिरहेका प्रहरीले त्यस्तो ख्याल गर्न सक्ने अवस्था थिएन । अरूलाई त कसरी आफन्त, घरपरिवार, पार्टी र गुटका मान्छेलाई खोप दिने भन्ने चिन्ता थियो ।

उनले चिनेको न ठूलो मान्छे थियो, न ठूलाहरुले उनलाई नै चिन्थे । चाउरी परे पनि उज्यालो अनुहार भएको, कपाल ढाकेर ढाका टोपी लगाएको, मुख छोपेर मास्क लगाएको, दौरा सुरुवाल र इस्टकोट लगाएको, एक हातमा पाइप र बाँस जोडेर बनाएको लौरो टेकेको, अर्को हातले छाता च्यापेको, प्लाष्टिकको जुत्ता लगाएको खोपको एक असली हकदारलाई चिन्न न त्यहाँ जनप्रतिनिधि थिए, न कर्मचारी ।

सुरुमा बुढापाकाले खोप पाउने हो भन्ने सुनेका राई सबै आशा मरेपछि ‘नागरिकता फिर्ता पाइयो भने घर लाग्छु’ भन्दै स्वास्थ्य कार्यालयको ढोकाअघि भुईंमा बस्नु भयो । उनीसँगै थिए श्रीभक्त राई, श्रीभक्तकी श्रीमती, फिदिम–४ का पदमबहादुर चौहानलगायत आठ–दशजना ज्येष्ठ नागरिक ।

स्वास्थ्य कार्यालयभित्र खोपको प्रपञ्च गरिरहेका स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु तथा खोपको प्रबन्धका लागि बसेकाहरुले खोप सकियो भन्ने सन्देश बाहिर पठाए । त्यही बेला ढोकामा ज्येष्ठ नागरिकहरु ‘सानो मुख’ गरेर बसिरहेका थिए । उनीहरु न अरू जस्तो उफ्रिन र जोरजबर्जस्ती गर्न सक्थे, न त पहुँचवालासम्म पुग्न नै । ‘निरीह’ ज्येष्ठ नागरिकहरुसँग मौन आन्दोलन गर्नुको विकल्प थिएन ।

खोप सकियो भन्ने सुनेपछि रामकुमार राईसहितका ज्येष्ठ नागरिकहरु नागरिकताको प्रमाणपत्र फिर्ता खोज्दै थिए । यत्तिकैमा फिदिमका युवाहरुको समूहले आपत्ति जनायो । ‘घण्टौँदेखि ढोकामा बसेका बा–आमालाई कसरी खोप दिँदैनौ हेरौँ त !’ बाहिर आवाज उठ्यो । न मापदण्ड र उमेर समूह नै । पहुँचका आधारमा खोप वितरण गर्नेहरुका पसिना अब भने छुटे । हस्याङफस्याङ रामकुमार, श्रीभक्त, पदमबहादुरसहितका ज्येष्ठ नागरिकहरुलाई खोप दिइयो । अब त ज्येष्ठ नागरिकहरुले न पालो पर्खनु प¥यो, न लाइन नै लाग्नु ।

‘बाबु अन्तिममै भए पनि सुई लगाउन पाएँ’, खोप लगाएपछि रामकुमारले भने, ‘पानी झर्न लाग्यो । हामी चाहिँँ लाग्यौँ है ।’ सरकारले ५५ वर्ष माथिका सबै नागरिकलाई भेरोसेलको खोप उपलब्ध गराउने निर्णय गरेअनुसार रामकुमार राईसहितका ज्येष्ठ नागरिकहरुले सहजै खोप पाउनुपर्ने हो तर जिल्लाको सदरमुकाम भएको वडाकै एक वृद्धले पाँच घण्टा कुरेपछि अरूले आवाज उठाइदिँदा बल्लतल्ल खोप पाउँछन् भने दूरदराजका सामान्य नागरिकहरुले कसरी सहजै खोप पाउलान् ? उनीहरुलाई कसले सही सन्देश पुर्याइदेला ? अरू विशेष प्रकारका स्वास्थ्य सेवाहरुको पहुँचमा यस्ता ज्येष्ठ नागरिकहरु कहिले पुग्लान् ? खोप कुरिरहेकाहरुका प्रश्न थिए ।

यो पनि पढनुहोस् ।
यी हुन् रक्तदान गर्नुका ५ फाइदा
कोरोना संक्रमण दर बढ्यो, उपत्यकाका अस्पताल भरिभराउ
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
यस्ता हुन्छन् हृदयघातका लक्षण, कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली