English

११ वर्षीया बालिकाले बच्चा जन्माएपछि !



अहिले बेलायतको एउटा समाचार अत्याधिक भाइरल बनिरहेको छ । त्यहाँ एक ११ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । यससँगै उनी बेलायतमा सबैभन्दा कम उमेरमा आमा बनेकी छन् ।

यो समाचार सुनेर विश्वभरका मानिसहरु अचम्मित भएका छन् । यी बालिका १० वर्षको उमेरमा गर्भवती भएको रिपोर्टमा जनाइएको छ । करिव ३० हप्ता गर्भधारण गरेपछि उनले बच्चा जन्माएकी हुन् । अहिले आमा र बच्चा दुवै जना पूर्णरुपमा स्वस्थ छन् । जब यो कुरा बालिकाका आमाबुबालाई थाहा भयो, तब उनीहरुले यसको विश्वासै गर्न सकेनन् ।

प्रतीकात्मक तस्वीर

डाक्टरले यो खबरको पुष्टि गरेपछि उनीहरु अचम्मित भएका थिए । यो घटनाको बारेमा डाक्टर क्यारल कूपरले यो उमेरमा आमा बन्दा गर्भ भित्रको बच्चाको तौल बोक्ने कुरामा असर गर्दछ । साथै शरीर भित्र हर्मोन्समा नकारात्मक असर पर्दछ । यसले यौवनको अवस्थालाई पनि चाँडै ल्याउँछ । वर्ष २००६ मा भी टेरेसा मिडल्टन नामक १२ वर्षीया बालिका आमा बनेकी थिइन् ।

त्यसपछि २०१४ मा एक १२ वर्षीया बालिकाले बच्चा जन्माएकी थिइन् । यी दुवै घटना बेलायतका हुन् । सबैभन्दा कम उमेरमा आमा बनेको रेकर्ड पेरुकी एक बालिका लीना मदीनाको नाममा छ । उनी ५ वर्षको उमेरमा आमा बनेकी थिइन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested