English

बेग घट्यो, घटेन मेलम्चीबासीको पीडा (फोटो फिचर)



२०७२ को महाभूकम्पपछि उठ्दै गरेको मेलम्ची पुन थला परेको छ । असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची सहरलाई बगरमा परिणत गराएको छ ।

यतिबेला नदीको बहाव घटेको छ तर, मेलम्चीबासीको पीडा भने उस्तै छ । ८ दिन बितिसक्दा पनि नदीले दिशा लिन सकेको छैन । घरको आँगनबाट नदी हिँडिरहेको छ ।

बगरमा परिणत भएका घरका कोठाहरु लेदोले भरिएका छन् । भने, ढोकामा ढुंगा मुढा तगारो बनेका छन् । मेलम्चीबाट पाँचपोखरी भोताङ तिपेनी, शिखरपुर, नवलपुर लगायत ठाउँहरु जोड्ने पक्की पुल बाढीले ध्वस्त बनाएको छ । यस्तै, करिव १ सय वर्ष अघि बनेको झोलुंगे पुल पनि नदीले बगाउँदा यतिबेला इन्द्रावती नदी वारिपारी गर्न समस्या भएको छ । साथै, यातायातको सुविधा ठप्प छ । यसैगरी, करोडौं लगानीमा बनेका होटल रेष्टुरेन्ट तथा अन्य व्यवसाय र घरहरुलाई समेत बाढीमा बिलिन गराएको छ ।

तस्बिर : मेराेलाइफस्टाइल

मेलम्चीका बाढी पीडितको गुनासो : ‘राहत आयो तर, कहाँ गयो ?’ (भिडियोसहित)
बेग घट्यो, घटेन मेलम्चीबासीको पीडा (फोटो फिचर)

सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)
यस्तो बन्यो २२ अर्बको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)
चुरेको दोहन होइन संरक्षण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,