English

स्तरीय समय बिताउने ठाउँ ‘चन्द्रागिरि हिल्स’ (फोटो फिचर)



धेरै पछि काठमाडौँ नजिक तर कोलाहलबाट मुक्त भएर स्तरीय समय बिताउने ठाउँमा दिन भर रिफ्रेसिङ्ग समय बिताउने मौका मिल्यो । अवसर थियो , करिब दुई दशक पश्चात् बेलायतबाट काठमाडौँ आइपुगेका ज्वाइँ अजय सूद, भान्जा जय सूद, साथ साथै बहिनी हनी र छोरा सबस्तलाइ पनि घुमाउने कार्यक्रम ! काकाको सल्लाह बमोजिम सोमबार काठमाडौँबाट करिब ११ किलोमिटर दक्षिण पश्चिम परको चन्द्रागिरि हिल्समा घमाइलो दिन र खुलेको मौसममा गइयो !

यहीबाट गोरखाका तत्कालीन राजा पृथ्वी नारायण शाहले पहिलो पल्ट काठमाडौँ उपत्यका देखेका थिए र काठमाडौँलाई आफ्नो बनाउने अठोट गरेका थिए र त्यसको निमित्त आशीर्वाद मागेका थिए ।

करिब १० मिनटको केबल कार राइडमा दुई हजार पाँच सय दश मिटर अग्लो पहाडमा अवस्थित चन्द्रागिरि हिल्समा सजिलै पुगियो । त्यहाँ सबभन्दा पहिले प्यानोरामिक हिमालयको दृश्यले स्वागत गर्यो र सबैको क्यामेरा र मोबाइल तस्विर लिनेमा व्यस्त हुन थाल्यो । त्यस पछि करिब ४ मिनेट पैदल हिँडेपछि पुगिने भालेश्वर मन्दिरको दर्शन गर्यौ , भनिन्छ कि यहीबाट गोरखाका तत्कालीन राजा पृथ्वी नारायण शाहले पहिलो पल्ट काठमाडौँ उपत्यका देखेका थिए र काठमाडौँलाई आफ्नो बनाउने अठोट गरेका थिए र त्यसको निमित्त आशीर्वाद मागेका थिए ।

त्यहाँको क्याफेमा चिया पिएर छोरा सबस्त र भान्जा जय रोमाञ्चक जिप लाइनमा झुन्डिएर तीव्र गतिमा अर्को स्थान सम्म पुग्ने अनुभव लिन लागे । हामी उनीहरूको तस्विर र भिडिओ खिच्न तिर लाग्यौ । त्यसपछि डेढ किलोमिटर परको रिसोर्टमा लन्च खान गयौँ । रिसोर्टको स्विमिङ पुल छेउमा बसेर हिमालयको प्यानोरामिक दृश्य हेर्दै स्वादिलो नेपाली थाली खानामा रमायौ । रिसोर्टको सौजन्यमा कम्प्लिमेन्टरी मिठो नेपाली चिया पनि पिउन पायौ । अर्को बोनस पनि थपियो धेरै समय पश्चात् भेटिएका आफ्नो सेन्ट जेविअर स्कुलमा पढ्दाको सहपाठी श्याम कार्की र सिनिअर सहपाठी मनोज मानन्धरसँग भेट र भलाकुसारी !

लकडाउनपछि खुल्दै गरेका घरेलु पर्यटन प्रवर्धनको लागि थोरै भए पनि योगदान गर्ने स्तरीय समय बिताउने अवसर पाइयो । सबैलाई त्यहाँ गएर कम खर्चमा राम्रो समय बिताउने अवसरको लागि सिफारिस पनि गर्दछु ।

तस्विरहरु : विकास रौनियार

याे पनि…
कुञ्ज थिएटरमा सुनिल पोखरेलको गच्छामी
विकास रौनियार : बदलिएको तस्बिर
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested