English

रविया र शैलेस बने नेक्स्ट सुपर मोडल



सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन् । ट्यालेन्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरूले क्रमशः महिला र पुरुष गरी दुई भिन्न विधाको उपाधि हात पारेका हुन् ।

उनीहरूले पुरस्कारस्वरूप एक–एक लाख रुपैयाँ बराबर सेवा सुविधा हात पारेका छन् । प्रतियोगितामा साक्षी बास्तोला र सञ्जय पुरी ‘फस्ट रनर अप’ हुँदै २५ हजार बराबरको सुविधा जिते ।

त्यस्तै पुरुषतर्फको अन्य टाइटलअन्तर्गत आयुष मिश्र ‘मस्ट पपुलर’, श्याम गुरुङ ‘पब्लिक च्वाइस’, अर्विन नेपाल ‘बेस्ट ड्रेस’, सञ्जय पुरी ‘बेस्ट वाक’ र शैलेस मगर ‘फोटोजेनिक’ भए ।

महिलातर्फ रविया नगरकोटी ‘मस्ट पपुलर’, मलिना राना ‘पब्लिक च्वाइस’, साक्षी बास्तोला ‘बेस्ट ड्रेस’, रविया नगरकोटी ‘बेस्ट वाक’ र नम्रता शाही ठकुरी ‘फोटोजेनिक’ भए ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा दीपक घिमिरे, सद्दाम हुसेन, महेश केसी, रेजिना तुलाधर, धिरज तण्डुकार र दिक्पाल कार्की निर्णायक थिए । प्रतियोगिताको इभेन्ट डाइरेक्टरमा परमानन्द चौधरी र म्यानेजरमा स्वस्ती दंगाल थिए ।

प्रतियोगितामा फोटोग्राफी पार्टनरमा क्याप्चर क्रु, अफिसियल ड्रेस पार्टनरमा जिएसके भर्सटाइल, मेकअप पार्टनरमा मेकअप दरबार, वर्थ पार्टनरमा समसरा फिटनेस, नेपाल एअर होस्टेज एकेडेमी, क्याप्चर क्र्यु र मेकअप दरबार रहेका थिए ।

यो पनि…
‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक

सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested