English

पूर्व पत्नी किरणको फिल्ममा अस्वीकृत आमिर



अभिनेता आमिर खानसँग अलग भएपछि उनकी पूर्व पत्नी किरण राव पुनः एकपटक फिल्म निर्माणको दुनियाँमा फर्कंदैछिन् । उनी फिल्म ‘लापता लेडिज’ बनाउँदैछिन् ।

किरणले निर्माण गरेको पहिलो फिल्म ‘धोबीघाट’ थियो । सन् २०१० मा रिलिज यो फिल्म बक्स अफिसमा असफल भएको थियो ।

यो फिल्ममा आमिरसँगै प्रतीक बब्बर र मोनिका डोगराको अभिनय थियो । तर आमिरको उपस्थितिले दर्शकलाई हलमा तान्न सकेन । ‘लापता लेडिज’ नामअघि यसको नाम ‘लापता लड्की’ राखिएको थियो । तर स्क्रिप्टमा केही परिवर्तन गरिएपछि नाम पनि फेरियो ।

फिल्मका कलाकारको कास्टिङका लागि किरणले अडिसन लिएकी थिइन् । त्यो समय आमिर आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ को सुटिङमा व्यस्त थिए । त्यहीबेला उनले फिल्मका लागि अडिसन दिएका थिए, तर किरणले उनको अडिसनलाई स्वीकारिनन् ।

‘स्क्रिन टेस्टपछि किरण र मैले म यो फिल्मका लागि फिट छैन भन्ने कुरामा सहमति जनायौं । त्यसपछि मैले किरणलाई तिमीलाई अन्तिम समयसम्म पनि कुनै कलाकार मिलेन भने म काम गर्नेछु भनें’, आमिरले भनेका छन् । ‘लापता लेडिज’ले एक गाउँको दुई बेहुलीको कथा बोल्नेछ, जो एकसाथ गाउँबाट गायब हुन्छन् । फिल्ममा रवि किशन, स्पर्श श्रीवास्तव र छाया कदम प्रमुख भूमिकामा छन् ।

याे पनि…
पाँच कारणले चर्चामा लाल सिंह चढ्ढा
मनोजको बाँसुरी धुनमा स्रोता मुग्ध



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested