English

के हो पाइल्स ? यसबाट कसरी बच्ने ?



डा. साब मेरो पाइल्सको अपरेशन गर्नु पर्यो । त्यो भन्दा अगाडी सिग्मोइडोस्कोपी गर्नुपर्छ रे । त्यही भएर आएको म । मेरो प्रश्न को उत्तर नसकिँदै बिरामीको जवाफ थियो ।

मैले नम्र भएर सोधे, सधै दिशा बाट रगत आउँछ ? उहाँले भन्नुभयो, आउँदैन । अनि सिग्मोइडोस्कोपिको टाइम दिँदै भने सबै पाइल्सको अप्रेशन गर्नु पर्दैन ।

विगत केहि बर्ष देखि ग्यास्ट्रो क्षेत्रको अनुभवमा पाइल्स सम्बन्धी समस्या हुने बिरामीको क्रम बढेदो छ । मानिसले सबै भन्दा ख्याल नगर्ने भनेकै आफ्नो खानपिन र जीवनशैली हो । त्यसैको कारणले देखिने रोग मध्ये एक हो– पाइल्स ।

के हो पाइल्स ?

मेडिकल भाषामा हेमोरोइड्स भनिने पाइल्स भनेको मलद्वारको भित्री भागमा रहेको रगतको नशा फुलेको हो । दिशा बस्दा वा नशामा दबाब सृजना भएको खण्डमा रगत बग्छ । कहिले काही बढी नशा फुल्दै गएमा मलद्वारबाट बहिरा मासुको डल्लोसमेत निस्कन्छ ।

हामीसँग यसबारे कुनै राष्ट्रिय स्तरको तथ्यांक त छैन । तर विश्वका १० प्रतिशत जनसंख्यामा पाइल्सको समस्या हुन सक्छ । दिशा बस्दा रगत आउने, मलद्वारबाट गाँठो वा मासुका डल्लो महसुस हुने, मलद्वार चिलाउने लगायतका लक्ष्यण देखिएको खण्डमा पाइल्स हो भनेर भन्न सकिन्छ ।

ठुलो आन्द्राको अन्तिम भागमा मलद्वार हुन्छ । त्यहाँको नशाहरुलाई पृथ्वीकोे गुरुत्वकेन्द्रले तानिरहेको हुन्छ । त्यही रगतका नशा सुनिएर बग्ने रगतका धारालाई सामान्य भाषामा पाइल्स भनिन्छ । दिशा बस्दा अनि कन्ने गर्दा त्यहाँ थप दबाब परेर कहिले कहीँ मासुको डल्लो समेत निस्कने गर्दछ ।

कस्ता व्यक्तिलाई हुन्छ पाइल्स ?

१) पाइल्स बंशाणुगत पनि हुन सक्छ । परिवारका अन्य कुनै सदस्यलाई पाइल्स भएको खण्डमा आफूलाई हुने सम्भावना बढेर आउँछ ।

२) नियमित सन्तुलित खाना नखाने, जन्क फुड बढी खाने, रातो मासु बढी खाने , चुरोट मदिरा र सुर्तीजन्य वस्तुको बढी सेवन गर्ने व्यक्तिलाई पाइल्स बढी देखिएको पाइन्छ ।

३) लामो समयसम्म कब्जियत भएको, मोटोपना भएको व्यक्ति, दिशा गर्दा बल गर्नु पर्ने वा लामो समयसम्म दिशा बस्नु पर्ने व्यक्तिमा पनि पाइल्स हुने सम्भावना बढी हुन्छ ।

४) लामो समयसम्म एकै ठाउँ उभिरहनु पर्ने व्यक्ति तथा गर्भवती महिलामा पनि पाइल्स हुने सम्भावना बढी हुन्छ ।

पाइल्सका ४ चरण

पहिलो– मलद्वारबाट रगत मात्रै बग्ने समस्या
दोस्रो– रगत बग्नुका साथै नशाहरु बाहिर झर्ने तर दिशा पछि आफैं भित्र जाने
तेस्रो– नशा तल झर्ने तर, आफैं भित्र नजाने ।
चौथो– मलद्वारबाट बाहिर निस्कने र भित्र नजाने

समस्या र लक्षण

धेरै लामो समयसम्म रगत बगेको खण्डमा वा एकै चोटी धेरै रगत बगेको खण्डमा शरीरमा रगतको कमी आउँछ जसलाई एनेमिया वा रक्त अल्पता भनिन्छ । जसले शरीरलाई कमजोर गराउनका साथै बेहोस पनि बनाउन सक्छ ।

पाइल्समा प्रायः जसो दिशा सकिएपछि छुट्टै रगत बग्छ र पेट दुख्दैन । यदि पेट दुखेमा कि त नशामा अल्सर भएको हुनु पर्छ या अरु नै कारण हो भन्ने बुझ्नुपर्छ ।

कहिलेकहीँ पाइल्सको उपचार गरी रहँदा पाइल्स मात्र नभएर अरु नै समस्या भएको पाइएको पनि छ । तसर्थ मलद्वारबाट एकपटक मात्र रगत बग्दछ अनि सिग्मोइडोस्कोपी गरेर हेर्दा रोगको सही पहिचान हुन्छ ।

पाइल्स बाट बच्न के गर्ने ?

-कब्जियत हुन नदिने
-मोटोपना हुन नदिने
-दिशा गर्दा धेरै बल नगर्ने
-एकै ठाउँमा धेरै लामो समयसम्म नउभिने
-नियमित ब्यायाम गर्ने
-तरकारी, फलफूल नियमित सेवन गर्ने
-पानी बढी पिउने
-फाइबरयुक्त खाना खाने
-धुम्रपान, मद्यपान नगर्ने

वंशाणुगत, उमेर, गर्भावस्थामा हुने समस्यालाई परिवर्तन गर्न कठिन छ तर, स्वस्थ खानपिन र जीवनशैलीले त्यसबाट हुने समस्यालाई कम गर्न सकिन्छ ।

उपचार

पाइल्सको उपचार गर्छु, पूर्ण रूपमा निको बनाउँछु भन्दै बजारमा विभिन्न हल्ला फिजाउँनेको जमात धेरै छन् । जो आधिकारिक व्यक्ती होइनन् ।

प्राय जसो पाइल्स सामान्य नै हुन्छ र सबैको उपचार गरी हाल्नु पर्दैन । आयुर्वेदिक, होमओपेथिक सबैलाई सरकारले वैधानिकता दिएको छ तर, सबैले पूर्ण रूपमा यस्लाई नियन्त्रणमा राख्न सक्दैनन् । सबै पाइल्स पूर्ण रूपमा निको नहोला तर यसलाई धेरै हदसम्म रोक्न सकिन्छ । जुनसुकै उपचार विधिमा पनि कब्जियत हुन नदिनु प्रमुख सुरुवाती कदम हो ।

उपचार विधि

– एउटा भाडामा मन तातो पानी राख्ने र मलद्वारलाई ५ मिनेटसम्म सेक्ने
– नियमित सागसब्जी, फलफूल, फाइबर युक्त खाना खाने र बढी मात्रामा पानी पिउने
– धेरै रगत बगेमा रगत बग्न कम गराउने औषधि लिने
– यदी चरण बढ्दै गएमा त्यही अनुरुप बान्डिङ्ग र लेजर थेरापी गर्न सकिन्छ
– चौथो चरणमा भने अपरेशन गरेको राम्रो हुन्छ ।

यो पनि….
मिर्गौला खराब हुने कारण
दूध र दहीको सेवन कति फाइदाजनक ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested