English

मिर्गौला खराब हुने कारण



हाम्रो शरीरमा अङ्गहरूमध्ये एक महत्त्वपूर्ण अङ्ग हो मिर्गौला । यसले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छ । मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो ।

मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछ । शरीरलाई चाहिने अनेक थरी तत्त्वको मात्रा व्यवस्थापन गर्छ । साथै, आवश्यकभन्दा बढी पानीलाई पनि शरीर बाहिर पठाउने काम मिर्गौलाले नै गर्छ । मिर्गौला ठीक नभए रगत शुद्ध हुँदैन जसले गर्दा स्वास्थ्य पनि खराब हुन्छ ।

मिर्गौला खराब हुने कारण
मिर्गौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता सर्जिकल समस्याले पनि मिर्गौला बिगार्न सक्छ । ग्लोमरुलोनेफ्राइटिस, पोलिसिस्टिक किड्नी डिजिजअर्थात पानीको फोका देखिने रोगले पनि मिर्गौला खराब गर्छ ।

मुटु रोग, अत्यधिक मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह आदि रोगहरूको कारणले पनि मिर्गौला खराब हुन सक्छ ।
सङ्क्रमणजन्य रोग, कलेजो बिग्रेको अवस्थामा पनि किड्नीमा समस्या देखिन सक्छ ।

प्रदूषण, औषधिको प्रयोग, क्रोनिक रोग, डिहाइड्रेसन, एलर्जी, गम्भीर इन्फेक्सन, उच्च रक्तचाप आदि मिर्गौला फेल हुने प्रमुख कारण हुन् ।

ध्यान दिनुपर्ने कुराहरू
– रक्तचाप नियन्त्रण गर्ने ।
– रगतमा चिनीको मात्रा नियन्त्रण राख्ने ।
– खानपानमा ध्यान दिने ।
– धूम्रपान तथा मद्यपान नगर्ने ।
– चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्ने ।
– मधुमेह र उच्च रक्तचापको बिरामीले नियमित औषधि सेवन गर्ने ।
– प्रत्येक ६ महिनामा एकपटक स्वास्थ्य परीक्षण गराउने ।
– नियमित व्यायाम गर्ने ।

यो पनि….
महिनावारीको पेट दुखाइबाट छुटकारा पाउने घरेलु उपाय

डेलिभरीपछि यसरी घटाउनुहोस् आफ्नो तौल
गर्भावस्थाको समयमा वाकवाकीबाट राहत पाउने उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested