English

मिर्गौला खराब हुने कारण



हाम्रो शरीरमा अङ्गहरूमध्ये एक महत्त्वपूर्ण अङ्ग हो मिर्गौला । यसले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छ । मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो ।

मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछ । शरीरलाई चाहिने अनेक थरी तत्त्वको मात्रा व्यवस्थापन गर्छ । साथै, आवश्यकभन्दा बढी पानीलाई पनि शरीर बाहिर पठाउने काम मिर्गौलाले नै गर्छ । मिर्गौला ठीक नभए रगत शुद्ध हुँदैन जसले गर्दा स्वास्थ्य पनि खराब हुन्छ ।

मिर्गौला खराब हुने कारण
मिर्गौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता सर्जिकल समस्याले पनि मिर्गौला बिगार्न सक्छ । ग्लोमरुलोनेफ्राइटिस, पोलिसिस्टिक किड्नी डिजिजअर्थात पानीको फोका देखिने रोगले पनि मिर्गौला खराब गर्छ ।

मुटु रोग, अत्यधिक मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह आदि रोगहरूको कारणले पनि मिर्गौला खराब हुन सक्छ ।
सङ्क्रमणजन्य रोग, कलेजो बिग्रेको अवस्थामा पनि किड्नीमा समस्या देखिन सक्छ ।

प्रदूषण, औषधिको प्रयोग, क्रोनिक रोग, डिहाइड्रेसन, एलर्जी, गम्भीर इन्फेक्सन, उच्च रक्तचाप आदि मिर्गौला फेल हुने प्रमुख कारण हुन् ।

ध्यान दिनुपर्ने कुराहरू
– रक्तचाप नियन्त्रण गर्ने ।
– रगतमा चिनीको मात्रा नियन्त्रण राख्ने ।
– खानपानमा ध्यान दिने ।
– धूम्रपान तथा मद्यपान नगर्ने ।
– चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्ने ।
– मधुमेह र उच्च रक्तचापको बिरामीले नियमित औषधि सेवन गर्ने ।
– प्रत्येक ६ महिनामा एकपटक स्वास्थ्य परीक्षण गराउने ।
– नियमित व्यायाम गर्ने ।

यो पनि….
महिनावारीको पेट दुखाइबाट छुटकारा पाउने घरेलु उपाय

डेलिभरीपछि यसरी घटाउनुहोस् आफ्नो तौल
गर्भावस्थाको समयमा वाकवाकीबाट राहत पाउने उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

बुटवल: युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ। काठमाडौंमा सुरुवात

Latest










Popular
Suggested