English

पाइल्सका बिरामीले के खाने, के नखाने ?



पछिल्लो समय पाइल्सको समस्याले अधिकांश मानिसलाई हैरान बनाएको छ । मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने, चिलाउने र दिसा गर्दा रगत आउने जस्ता लक्षण देखा परेमा पाइल्स भएको बुझ्न सकिन्छ ।

रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजका कारण उपचारमा ढिलाई गर्नाले पाइल्सको समस्या दिनप्रतिदिन बढ्दो छ । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर यसबाट छुटकारा पाउन सकिने यो समस्या जटिल अवस्थामा पुग्यो भने शल्यक्रिया समेत गर्नुपर्छ । पाइल्स हुनुको मुख्य कारण भनेको हाम्रो खराब जीवनशैली र अव्यवस्थित खानपान हो । त्यसैले बिरामीहरुले खानामा विशेष ख्याल राख्नुपर्छ । पाइल्सका बिरामीले के खाने ? के नखाने ? भन्ने विषयमा आयुर्वेद चिकित्सक डा. सिर्जना केसीको सुझाव यस्तो छ :

के खाने ?

– प्रशस्त पानी पिउने
– हरियो सागपात
– सलाद
– फलफूल
– चोकरसहित गहुँको पिठो
– रोटी
– ब्राउन राइस
– मुला
– काँक्रो
– गाँजर
– नरिवलको पानी
– टुसा उम्रिएका गेडागुडी

के नखाने ?

– मैदाले बनेका खानेकुरा
– चिल्लो, पिरो
– गरम मसला
– माछा मासु
– अदुवा
– पूरानो अचार
– रेडिमेड खानेकुरा
– चिया, कफी
– अनार, भण्टा, अम्बा
– चुरोट, रक्सी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested