English

अब अर्थ सचिवको राजीनामा कहिले ?



अर्थ सचिव मधुकुमार मरासिनी त्यतिबेला बिदामा बसे जतिबेला छापामार शैलीमा काम गरेका कारण बदनाम बनेका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने संकेत पाए ।

अर्थमन्त्री शर्मामाथि राजीनामा दिन नागरिक समाज, प्रतिपक्ष र सत्तारुढ दलबाटै तीव्र दबाब परेको आभास हुनासाथ अर्थ सचिव आज (बुधवार)देखि अनिश्चित समयका लागि बिदा बसे ।

अर्थमन्त्री शर्मालाई ‘मन्त्री पदबाट नहटाएसम्म मन्त्रालय नै नआउने’ उनको जिकिर छ । आखिर उनले भनेजस्तै भयो, आज बुधवार अर्थमन्त्री शर्माले राजीनामा दिए ।

गभर्नरसँगको लफडादेखि बजेट निर्माण लगायतका बिषयमा अर्थमन्त्री शर्मा विवादमा पर्दै आए पनि अर्थसचिव मरासिनी चुपचाप देखिएका थिए ।

बजेट घोषणाको अघिल्लो रात अर्थात जेठ १४ मा निश्चित व्यापारीको स्वार्थमा काम गर्ने गरि विचौलियालाई मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप अर्थमन्त्रालयमाथि लाग्दै आएको छ । प्रमाणको रुपमा रहेको सीसीटीभी फुटेज पनि लुकाइयो । फुटेज सार्वजनिक गर्ने हिम्मत मन्त्रालयले गर्न सकेन ।

तर, प्रश्न यो केवल अर्थमन्त्रीसँग मात्र जोडिएको बिषय होइन । अर्थमन्त्री शर्माले मन्त्रालयमा रहेर यो एक बर्षमा जुन–जुन शिर्षकका जति अपराधकर्महरु गरे त्यसले उनले राजीनामा दिएरमात्र उम्किन पाउँदैनन् । उनले कठोर दण्ड पाउनै पर्छ ।

तर, के अर्थमन्त्रीले मन्त्रालयसँग जोडिएको जुन–जुन काममा कहिल्यै बिर्सन नसकिने विवादित हर्कतहरु गरे त्यसमा अर्थसचिवका हैसियतले मरासिनी ‘किनाराका साक्षी’ कहिल्यै रहेनन् ? यदि रहेनन् भने उनले बेलैमा यसबारे किन बोलेनन् ? अर्थमन्त्रीको यावत पापकर्ममा आफ्नो संलग्नता नरहेको भनेर उनले कहिले भने ?

दुई बर्षअघि नै सचिवमा बढुवा भएका मरासिनीको अर्थ मन्त्रालयको बजेट, योजना निर्माण तथा वैदेशिक सहायता समन्वय क्षेत्रमा लामो अनुभव छ । मन्त्रालयको कामकार्वाहीबारे उनी जानकार नहुने कुरै भएन ।

अर्थ मन्त्रालयका तत्कालिन सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेसँगै १७ साउन ०७८ मा मरासिनीलाई ल्याइएको हो । मरासिनीलाई अर्थ सचिवमा नियुक्त गर्नुभन्दा १२ दिन अघि शर्मा अर्थमन्त्री नियुक्त भएका थिए । अर्थात् शर्मा र मरासिनीको जोडीले विगत एक बर्षदेखि अर्थ मन्त्रालय सँग–सँगै हाँक्दै आएका थिए ।

यो एक बर्षमा अर्थमन्त्रालयमा धेरै नराम्रा कुरा भए ।

अर्थमन्त्रालयले बजेटमा करका दर परिवर्तन गर्ने क्रममा आयातित तयारी सेनिटरी प्याडमा लाग्ने भन्सार दर ९० प्रतिशत घटाएर स्वदेशी उद्योगले आयात गर्ने कच्चा पदार्थमा ३० प्रतिशत भन्सार शुल्क तोक्यो ।

परिणाम आयातित उत्पादन सस्तो र घरेलु उत्पादन अति महँगो भयो । नेपाली लगानी र रोजगारी भँड्खालोमा गयो । यो ‘पापकर्म’ बाट राजिना दिएरमात्र अर्थमन्त्रीले मुक्ति पाउँदैनन् भने अर्थ सचिवले किन उन्मुक्ती पाउलान् ? मन्त्रीसँगै सचिव पनि यसमा दोषी होइनन् ?

अछामको बान्नीगढी जयगढका पृथ्वीबहादुर शाह र उनको परिवारका नाममा अमेरिकाबाट आएको शंकास्पद ठूलो रकम नेपाल राष्ट्र बैंकले रोक्का गरिदिएपछि छुटाउन अर्थ मन्त्रालयबाट भएका पहल कसैबाट लुकेको छैन । तर, राष्ट्र बैंकले कालो धनलाई छुटाउन ‘हरियो झण्डा’ नदेखाइदिँदा परिणाम के भयो ? सबैका सामु छर्लङ्ग छ ।

मन्त्रालयले गभर्नर महाप्रसाद अधिकारीसँग व्यक्तिगत प्रतिशोध लियो । उनलाई पदबाट हटाइयो । राष्ट्र बैंकको स्वायत्तता माथिको हस्तक्षेप गर्ने यो ‘पापकर्म’ मा अर्थ सचिव मरासिनी किन चुपचाप रहे ? यो बेग्लै कुरा हो कि गभर्नर अधिकारी सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पुनर्बहाली भए । अर्थ मन्त्रालय हेरेको हेरै भयो ।

‘इन्धन प्रतिस्थापन गर्दै वातावरण प्रदूषण कम गर्ने’ नीति सरकारले नै अघि सारेको छ । तर, अर्थ मन्त्रालय उल्टो बाटो हिड्यो । मन्त्रालयले विद्युतीय सवारीसाधनको दर बढायो बजेटमार्फत । बजेटले १ सय किलोवाटभन्दा बढीका विद्युतीय सवारी साधनलाई निरुत्साहित गर्ने नीति लियो ।

अर्थ मन्त्रालयले फलामे छड, जस्तापाताजस्ता सामग्री उत्पादनका लागि कच्चा पदार्थका रूपमा प्रयोग हुने स्पन्ज आइरन र स्क्रप आयातमा भन्सार शुल्क छुट दियो । यसले सीमित ठूला उद्योगी मालामाल भए । साना उद्योगहरु मारमा परे  । यो सब कसको स्वार्थमा भयो ? के यसबारे अर्थ सचिव जानकार थिएनन् ?

जेठ १४ को मध्यरातमा विचौलियालाई अर्थ मन्त्रालयभित्र हुलेर करका दर नै हेरफेर गरेको बारे के अर्थ सचिवलाई थाहै थिएन ? सीसीटीभी फुटेज नै डिलिट भइसकेको गैरजिम्मेवार जवाफ दिने अर्थ मन्त्रालयको सचिव मरासिनी होइनन् ?

अर्थमन्त्री शर्माले यो हदसम्मको ‘आर्थिक पापकर्म’ गर्दा अर्थ सचिवका हैसियतले कहिले एक शब्द नबोलेका अर्थ सचिव पनि यो आर्थिक अपराधमा अर्थमन्त्री जत्तिकै जिम्मेवार छन् ।

अर्थमन्त्री शर्मामाथिको प्रहार तिब्र बन्न थालेलगत्तै ‘पानीमाथिको ओभानो’ बन्ने ‘मरासिनी मन्त्र’ को अब कुनै अर्थ छैन । अर्थमन्त्रीको राजिनामासंगै अब पालो अर्थसचिवकै हो । मरासिनीलाई फेरि अर्थमन्त्रालयको बागडोर सुम्पनु अर्को बिडम्बना हुनेछ ।

‘दुधको साक्षी बिरालो’ बनेर अर्थमन्त्रीको बदमासीमा रातो मसी धस्काउँदै अर्थ सचिवले अर्थमन्त्रालयमा यो एक बर्षसम्म जति अनर्थ कामहरु गरेका छन् त्यसबाट अर्थमन्त्रीले राजिनामा दिएर प्रारम्भिक दण्ड त भोगे अब अर्थसचिव पनि दण्डित हुनैपर्छ ।

यो पनि…
नत्र यो सरकारलाई ‘नालायक’ भनिनेछ
कलाले सत्ता हल्लाउने सामर्थ्य राख्छ



...
Precious

References: Silverton casino https://1gocasinotest.onlinespielhallende.workers.dev/

...
Samara

References: Z Casino Black Hawk Bewertung https://gratisafhalen.be/author/namlangley/

...
Corey

References: Swift Casino Bewertung https://bbs.colg.cn/

...
Ramona

References: Truefortune Casino Erfahrungen bzgm.alafdal.net

...
Danelle

References: Solcasino Auszahlung stadtdesign.com

...
Isabell

References: Ggbet Casino Auszahlung www.vidal.ru

...
Elba

References: Bizzo Casino Bonus https://top.hange.jp/

...
Monte

References: Las Vegas Casino Bonus ohne Einzahlung https://wiki.holzheizer-forum.de/

...
Rosemarie

References: Mirage Casino Bonus ohne Einzahlung medical-dictionary.thefreedictionary.com

...
Caroline

References: Casino Of Gold App http://images.google.com.ni

...
Kenneth

References: Db Casino Bonus ohne Einzahlung https://werkstraat.com/companies/einloggen-registrieren-de/?-registrieren-de

...
Concetta

References: %random_anchor_text% 5577.f3322.net

...
Norine

References: Lollybet Casino Registrierung images.google.com.sv

...
Kareem

References: Lollybet Startguthaben http://diendan.gamethuvn.net

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested