English

३७ दिनभित्र ४ पटक विवाह !



ताइवानमा विवाह र सम्बन्ध बिच्छेदसँग जोडिएको एक घटना सार्वजनिक भएको छ, जसको बारेमा जानेर तपाई हैरान बन्नुहुनेछ । त्यहाँका एक बैंककर्मीले ३७ दिनभित्र एकै महिलासँग ४ पटक विवाह गरेका छन् भने तीन पटक सम्बन्ध बिच्छेद गरेका छन् । यो बारेमा मामिला कोर्टमा पुगेपछि मात्रै सबैले घटना थाहा पाएका थिए ।

प्रतीकात्मक तस्वीर

यो मामिला ताईवानको एक बैंक कर्मचारीको हो । ताइवानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार यी पुरुष बैंक क्लर्कको रुपमा काम गर्दछन् । उनले विवाहको लागि विदा माग्दा ८ दिनको विदा पाए । उनीहरुको विवाह भयो र केही दिनमा विदा पनि सकियो । तर यी व्यक्तिले विदा बढाउनका लागि अनौठो तरिका निकाले । यसका लागि उनले श्रीमतीसँग सम्बन्ध बिच्छेद गरे र फेरि विवाह गरे ।

प्रतीकात्मक तस्वीर

ताईवानमा विवाहका लागि कानूनअनुसार ८ दिनको विदा दिने गरिन्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार यी व्यक्तिले ३५ दिनमा श्रीमतीलाई तीन पटक सम्बन्ध बिच्छेद गरे र ४ पटक विवाह गरे । बैंकले उक्त मानिस के गरिरहेको छ ? भनेर जान्ने प्रयास गर्यो । त्यसपछि विदा नदिने निर्णय गरेको बैंकविरुद्ध युवकले केस दर्ता गरे । र, बैंकविरुद्ध विदाको नियम तोड्ने आरोप लगाए ।

प्रतीकात्मक तस्वीर

कानूनमा भने यस कुराको व्याख्या गरिएको छ । बैंकलाई अदालतले छुट्टि नदिएकोमा ७०० डलरको जरिबाना गरेको छ ।

प्रतीकात्मक तस्वीर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested