English

यो मन्दिर, जहाँ श्रीमान्–श्रीमती सँगै जान सक्दैनन्



विश्वमा यस्ता धेरै मन्दिर छन्, जहाँ आज पनि अनौठो परम्पराहरू मानिन्छन्। धेरै मन्दिरमा महिलालाई जान अनुमति छैन, त्यसैले त्यहाँ पुरुष मात्र जान सक्छन्। तर, हिन्दु धर्ममा कुनै पनि पूजामा पति–पत्नीको साथमा हुनु निकै महत्त्वपूर्ण छ र यसलाई शुभ पनि मानिन्छ । पति–पत्नी एकसाथ पूजाआजा गरेमा दुवैमा भगवानको कृपा कायम रहने जनविश्वास छ । तर, एउटा यस्तो मन्दिर पनि छ जहाँ श्रीमान्–श्रीमतीले भगवानलाई सँगै देख्न सक्दैनन् । त्यसो गरे कारबाही हुन्छ ।

हिमाचलमा माता दुर्गाको ‘श्री कोटि’ नामको एउटा अनुपम मन्दिर छ । यस मन्दिरमा श्रीमान्–श्रीमतीले सँगै पूजा गर्नु हुदैन। यस मन्दिरमा जोडीले सँगै माताको दर्शन गर्न पाउँदैनन् । यसो गरेमा चाँडै सम्बन्ध विच्छेद हुने विश्वास गरिएको छ । भगवान् शिवसँग जोडिएको आस्थाका कारण यस्तो हुने गरेको यस परम्पराको बारेमा बताइन्छ ।

यहाँ आउने जोडीहरू छुट्टाछुट्टै गएर मूर्तिको दर्शन गर्ने गर्दछन् । अकस्मात् दम्पती सँगै भित्र पसेको खण्डमा दण्डित हुने जनविश्वास रहेको छ । खैर, यसमा कति सत्यता छ भन्न अलि गाह्रो छ। यो मन्दिर देखेर आस्था पनि भन्न सकिन्छ र अन्धविश्वासको नाम पनि दिन सकिन्छ ।

के यो मान्यता हो ?

पौराणिक मान्यता अनुसार यहाँ भगवान् शिवले आफ्ना दुई छोरालाई परिक्रमा गर्न भनेका थिए । बुबाको आदेश पाएपछि कार्तिकेयले सम्पूर्ण ब्रह्माण्डको परिक्रमा गरे तर गणेशले माता पार्वती र शिवको परिक्रमा गरी उनीहरूको पाउमा गएर सारा ब्रह्माण्ड मातापिताको पाउमा रहेको बताए । जब कार्तिकेय ब्रह्माण्ड परिक्रमा गरेर फर्के, उनले गणेशलाई विजयी घोषित गरेको देखे। यो देखेर उनी रिसाए र कार्तिकेयले कहिल्यै विवाह नगर्ने निर्णय गरे। कार्तिकेयको यो सङ्कल्पले माता पार्वती क्रोधित भइन् । यहाँ सँगै घुम्न आउने श्रीमान्–श्रीमती चाँडै नै छुट्टिने उनले बताए । त्यसयता आजसम्म यहाँ श्रीमान्–श्रीमतीले सँगै पूजा गरेका छैनन् ।

यो पनि…
विरुवा नै लोप हुने विज्ञको चिन्ता
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested