English

अन्तरंग दृश्यमा अभिनय नगर्ने नयनताराको घोषणा



दक्षिण भारतीय अभिनेत्री नयनताराले हालैमात्र विग्नेश शिवनसँग विवाह गरिन् । नयनतारा अहिले वैवाहिक जीवनमा रमाइरहेकी छन् । उनले आफ्नो अभिनय जीवनलाई लिएर एउटा महत्वपूर्ण निर्णय लिएकी छन् ।

उनले अब फिल्ममा देखाइने अन्तरंग दृश्यमा अभिनय नगर्ने घोषणा गरेकी छन् । यतिमात्र होइन, फिल्ममा अभिनेता तथा सहअभिनेतासँग रोमान्टिक दृश्य पनि नदिने भएकी छन् । उनी पतिसँग क्वालिटी टाइम बिताउनका लागि केही समय अभिनयबाट पनि ब्रेक लिँदैछिन् ।

नयनताराको आउँदो फिल्म ‘जवान’ हो । जसमा उनी अभिनेता शाहरुख खानसँग देखिँदैछिन् । शाहरुख आफै पनि अन्तरंग दृश्य दिन चाहँदैनन् । यही कारण नयनताराले फिल्ममा अन्तरंग दृश्य नदिने निर्णय लिएकी हुन् ।

नयनतारा विवाहपछि आशीर्वाद लिन पतिका साथ तिरुपति मन्दिर पुगेकी थिइन् । मन्दिर परिसरमा चप्पल लगाएर पुगेपछि उनी विवादमा तानिएकी थिइन् । विवादमा आएपछि जोडीले एक विज्ञप्ती जारी गर्दै माफी मागेको थियो । उनीहरूले आफू हतारमा रहेकाले चप्पल खोल्न बिर्सिएको बताएका थिए ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested