English

आरती हेर्ने आकर्षक अवसर



जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक गङ्गासागर पोखरीको सन्ध्याकालीन महागङ्गा आरती आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । प्रत्येक दिन साँझको समयमा हुँदै आएको महागङ्गामा पछिल्लो समयमा आरती हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घूइँचो लाग्ने गरेको छ ।

विगत आठ वर्षदेखि सञ्चालित महागङ्गा आरतीमा आन्तरिकसँगै छिमेकी मुलुक भारत तथा अन्य मुलुकबाटसमेत पर्यटक आउने गरेको सेभ हिस्टोरिकल जनकपुरधामका संस्थापक संयोजक रामअशिष यादव बताउँछन् । प्रदेशसभा सदस्यसमेत रहेका यादवले भारतको बनारस, हरिद्वार, बनारसलगतयका स्थानमा हुने आरतीझैँ पोखरीमा महागङ्गा आरती हुने गरेकाले पनि दैनिक आरती दर्शनका लागि पर्यटकको आगमन बढेको बताउँछन् ।

सुरु सुरुमा थोरै संख्यामा मात्र पर्यटक आउने गर्नुहुन्थ्यो, अहिले महागङ्गा आरती दर्शनका लागि दैनिक १५० देखि २०० को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् ।

‘सुरु सुरुमा थोरै संख्यामा मात्र पर्यटक आउने गर्नुहुन्थ्यो’, महागङ्गा आरती समितिका अध्यक्ष राजकुमार महासेठ भन्छन्,‘अहिले महागङ्गा आरती दर्शनका लागि दैनिक १५० देखि २०० को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् ।’ यतिबेला महागङ्गा आरती जनकपुरधामको बिशेषता समेत बनिसकेको उनको कथन थियो ।

दिनभरी गरेको भूल वा गल्तीको क्षमा माग्दै हरेक दिन साँझ हुने महागङ्गा आरतीमा सहभागी भए क्षमा पाउने र मनोकांक्षा पुरा हुनुको साथै धार्मिक, आध्यात्मिक शक्ति प्राप्त हुने विश्वासका साथ दैनिक उल्लेख्य सङ्ख्यामा स्थानीय श्रद्धालु तथा पर्यटकहरु आउने गरेका छन् ।

धार्मिक, सांस्कृति आस्थाको केन्द्र जानकी मन्दिरमा दर्शन गर्न आउने पर्यटक प्रायः साँझको समयमा अनिवार्य रुपमा महागङ्गा आरतीमा सहभागी हुने गरेका छन, जसका कारण होटल व्यवसायसँगै यहाँको व्यापार–व्यवसायमा टेवा पुग्दै आएको छ ।

पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको महागङ्गा आरती जनकपुरधामको आर्थिक सम्बृद्धि र व्यापारिक विकासको माध्यमसमेत बनेको स्थानीय व्यापारीले बताएका छन् । ‘धार्मिक, सांस्कृति आस्थाको केन्द्र जानकी मन्दिरमा दर्शन गर्न आउने पर्यटक प्रायः साँझको समयमा अनिवार्य रुपमा महागङ्गा आरतीमा सहभागी हुने गरेका छन’, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष एम्बु साहले सुनाए, ‘जसका कारण होटल व्यवसायसँगै यहाँको व्यापार–व्यवसायमा टेवा पुग्दै आएको छ ।’

महागङ्गा आरती जनकपुरधामको समृद्धिका लागि महत्वपूर्ण कोसेढुङ्गा बनेको साहको भनाई छ । कुनैबेला फोहोरको डङ्गुरका कारण दुर्गन्धित बनेको पवित्र गङ्गासागर पोखरीको सरसफाइसँगै २०७१ जेठ २५ देखि सुरु भएको महागङ्गा आरतीको पहिलो आरती नेपालका लागि तत्कालीन भारतीय राजदूत रञ्जित रे तथा ब्रह्माकुमारी राजयोग केन्द्रका सञ्चालिका गङ्गा माताले गरेका थिए ।

त्यसयता पूर्वराष्ट्रपति डा रामवरण यादव, भारत विहारका उपमुख्यमन्त्री सुशील मोदी, भारत, अमेरिका, श्रीलङ्का,थाइल्यान्ड लगायत देशका राजदूत, सभामुख, राष्ट्रिसभा अध्यक्ष, विभिन्न न्यायाधीश, प्रहरी र सेनाका उच्च पदाधिकारी पनि महागङ्गा आरतीमा सहभागी भइसकेका छन् ।

पोखरीको सरसफाइ गर्न करिब एकवर्ष वर्ष लाग्यो, त्यसपछि महागङ्गा आरती सुरु गरिएको र अहिले त्यो निरन्तर जारी छ ।

धार्मिक र साँस्कृतिक इतिहास बोकेको जनकपुरधाममा ‘ग्रीन जनकपुर, क्लिन जनकपुर’ अभियानअन्तर्गत गङ्गासागर पोखरीको सरसफाइसँगै महागङ्गा आरती सुरु गरिएको सेभ हिस्टोरिकल जनकपुरधामका संस्थापक संयोजक यादवले बताए । ‘अभियानकै क्रममा जनकपुरका युवा तथा अभियानकर्मीको साथ लिएर गङ्गासागर पोखरीको सरसफाइ र सौन्दर्यीकरण गर्यौ’, यादवले भने, ‘पोखरीको सरसफाइ गर्न करिब एकवर्ष वर्ष लाग्यो, त्यसपछि महागङ्गा आरती सुरु गरिएको र अहिले त्यो निरन्तर जारी छ ।’ यस अभियानअन्तर्गत जनकपुरधाम तथा चुरे क्षेत्रमा गरी हालसम्म करिब १ लाखभन्दा बढी बोट बिरुवा रोपिएको यादको भनाइ छ ।

सुरुमा बनारसको पुजारीबाट मिथिलाका पुजारीलाई आरतीसम्बन्धी प्रशिक्षण दिई गङ्गासागर पोखरीमा महागङ्गा आरती सुरु गरिएको थियो । सुरुको समयमा एक पुजारीबाट मात्र महागङ्गा आरती गरिएकोमा अहिले तीन पुजारीबाट आरती हुँदै आएको छ ।

महागङ्गा आरतीका क्रममा हुने मन्त्रजपले श्रद्धालुलाई थप आकर्षित बनाउने गरेको पाइएको छ । साहित्यकार डा राजेन्द्र विमलद्वारा लिखित तथा सुनिल मल्लिकद्वारा गायन गरिएको महागङ्गा आरती भजन सुनेर श्रद्धालु थप उत्साहित हुने गरेका छन् । जनकपुरधामको गङ्गा आरतीमा गङ्गाको स्तुतिगान मात्र नभइ सबै देवीदेवताको मन्त्रजप हुने गरेकोले यसको विशेष महत्व रहेको समितिका अध्यक्ष महासेठले बताउँछन् ।

महागङ्गा आरतीको आठौं वर्षमा

जनकपुरधामस्थित धार्मिक, साँस्कृतिक र ऐतिहासिक गङ्गासागरको सरसफाइ अभियानबाट सुरु भएको महागङ्गा आरती आज सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा आज साँझ गङ्गासागर पोखरीमा विशेष महागङ्गा आरती तथा धार्मिक सांस्कृतिक कार्यक्रम आयोजना गरिँदैछ ।

स्थानीय अभियानकर्मीमार्फत सुरु भएको पवित्र महागङ्गा आरतीका लागि निरन्तर पोखरीको सरसफाइलगायतका कार्य हुदै आएको छ ।

यो पनि…
तराई झुम्यो होली रङमा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,