English

पर्यटक लोभ्याउने घलेगाउँ शैली



नेपालकै पहिलो ‘सुखी गाउँ–घलेगाउँ’ मा सेल्फी स्टेसन निर्माण गरिएको छ । गाउँमा आएका पर्यटकहरूका लागि पृष्ठभूमिमा गाउँ देखिने गरी तस्वीर खिच्न सेल्फी स्टेसन निर्माण भएको हो । घलेगाउँ ग्रामीण पर्यटन विकास समितिले पर्यटकहरूको माग र आवश्यकताअनुसार सेल्फी स्टेसन निर्माण गरेको हो ।

स्थानीय पर्यटन समितिले पाँच लाख रुपैयाँ खर्च गरेर सेल्फी स्टेसन निर्माण गरेको समिति अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

नवनिर्मित सेल्फी स्टेसनबाट पृष्ठभूमिमा घलेगाउँ राखेर तस्बिर खिच्न सकिन्छ भने अर्कोतर्फ अन्नपूर्ण हिमश्रृंखला राखेर पनि तस्बिर लिन सकिन्छ । सेल्फी स्टेसनको स्तम्भमा पर्यटन प्रवद्र्धनमा घलेगाउँको मुख्य इतिहास उल्लेख गरिएको छ भने सोही स्तम्भवमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

पर्यटक आकर्षणका निम्ति यसअघि थुप्रै संरचना निर्माण भएको घलेगाउँमा सेल्फी स्टेसन निर्माण भएसँगै थप आकर्षित भएको स्थानीयले विश्वास व्यक्त गरेका छन् ।

२०५७ सालबाट घरबास अर्थात् व्यावसायिक होमस्टे शुरुवात भएको घलेगाउँमा २०५८ सालमा घलेगाउँ कला महोत्सव गरेपछि आन्तरिक र बाह्य पर्यटकहरूको आगमन हुन थालेको हो । पर्यटकहरूको आगमन बढेसँगै २०६३ मा घलेगाउँलाई दक्षिण एसियाको नमुना गाउँ घोषणा भएको थियो ।

पर्यटन व्यवसायमा अपेक्षित प्रगति भएसँगै स्थानीयले २०७६ सालमा स्मार्ट भिलेज घोषणा गरेका थिए । त्यसको दुई वर्षपछि स्थानीयकै अगुवाइमा गाउँलाई नेपालकै पहिलो सुखी गाउँ घोषणा गरेका छन् ।

क्व्होेलासोथार गाउँपालिका–३ मा पर्ने घलेगाउँ समुद्री सतहदेखि २१ सय मिटरको उचाइमा पर्दछ । सदरमुकाम बेंसीसहरबाट सवारी साधनमा दुई घण्टा र पैदल जान चाहनेका लागि पाँच घण्टामा पुग्न सकिने घलेगाउँमा पछिल्लो समय यातायात पुगेपछि आन्तरिक पर्यटकको संख्यामा निकै वृद्धि भएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

घलेगाउँमा होमस्टे, स्थानीय उत्पादन, प्राकृतिक दृष्यावलोकन र गुरुङ संस्कृति अवलोकन तथा अनुभवका लागि पर्यटकहरू पुग्ने गर्दछन् ।

घलेगाउँमा हाल ४२ घरमा व्यावसायिक र व्यवस्थित होमस्टे सञ्चालनमा आएको छ । दैनिक उल्लेख्य पर्यटकहरूको आगमन हुने घलेगाउँमा होमस्टे सञ्चालकबाहेक पनि स्थानीयले कृषि तथा अन्य व्यवसायबाट पनि मनग्ये आम्दानी गर्दै आएका छन् ।

यो पनि…
सुखीहरूको गाउँ ‘घलेगाउँ’
घलेगाउँमा भित्रिए दुई लाख बढी पर्यटक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले