English

पर्यटक लोभ्याउने घलेगाउँ शैली



नेपालकै पहिलो ‘सुखी गाउँ–घलेगाउँ’ मा सेल्फी स्टेसन निर्माण गरिएको छ । गाउँमा आएका पर्यटकहरूका लागि पृष्ठभूमिमा गाउँ देखिने गरी तस्वीर खिच्न सेल्फी स्टेसन निर्माण भएको हो । घलेगाउँ ग्रामीण पर्यटन विकास समितिले पर्यटकहरूको माग र आवश्यकताअनुसार सेल्फी स्टेसन निर्माण गरेको हो ।

स्थानीय पर्यटन समितिले पाँच लाख रुपैयाँ खर्च गरेर सेल्फी स्टेसन निर्माण गरेको समिति अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

नवनिर्मित सेल्फी स्टेसनबाट पृष्ठभूमिमा घलेगाउँ राखेर तस्बिर खिच्न सकिन्छ भने अर्कोतर्फ अन्नपूर्ण हिमश्रृंखला राखेर पनि तस्बिर लिन सकिन्छ । सेल्फी स्टेसनको स्तम्भमा पर्यटन प्रवद्र्धनमा घलेगाउँको मुख्य इतिहास उल्लेख गरिएको छ भने सोही स्तम्भवमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

पर्यटक आकर्षणका निम्ति यसअघि थुप्रै संरचना निर्माण भएको घलेगाउँमा सेल्फी स्टेसन निर्माण भएसँगै थप आकर्षित भएको स्थानीयले विश्वास व्यक्त गरेका छन् ।

२०५७ सालबाट घरबास अर्थात् व्यावसायिक होमस्टे शुरुवात भएको घलेगाउँमा २०५८ सालमा घलेगाउँ कला महोत्सव गरेपछि आन्तरिक र बाह्य पर्यटकहरूको आगमन हुन थालेको हो । पर्यटकहरूको आगमन बढेसँगै २०६३ मा घलेगाउँलाई दक्षिण एसियाको नमुना गाउँ घोषणा भएको थियो ।

पर्यटन व्यवसायमा अपेक्षित प्रगति भएसँगै स्थानीयले २०७६ सालमा स्मार्ट भिलेज घोषणा गरेका थिए । त्यसको दुई वर्षपछि स्थानीयकै अगुवाइमा गाउँलाई नेपालकै पहिलो सुखी गाउँ घोषणा गरेका छन् ।

क्व्होेलासोथार गाउँपालिका–३ मा पर्ने घलेगाउँ समुद्री सतहदेखि २१ सय मिटरको उचाइमा पर्दछ । सदरमुकाम बेंसीसहरबाट सवारी साधनमा दुई घण्टा र पैदल जान चाहनेका लागि पाँच घण्टामा पुग्न सकिने घलेगाउँमा पछिल्लो समय यातायात पुगेपछि आन्तरिक पर्यटकको संख्यामा निकै वृद्धि भएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

घलेगाउँमा होमस्टे, स्थानीय उत्पादन, प्राकृतिक दृष्यावलोकन र गुरुङ संस्कृति अवलोकन तथा अनुभवका लागि पर्यटकहरू पुग्ने गर्दछन् ।

घलेगाउँमा हाल ४२ घरमा व्यावसायिक र व्यवस्थित होमस्टे सञ्चालनमा आएको छ । दैनिक उल्लेख्य पर्यटकहरूको आगमन हुने घलेगाउँमा होमस्टे सञ्चालकबाहेक पनि स्थानीयले कृषि तथा अन्य व्यवसायबाट पनि मनग्ये आम्दानी गर्दै आएका छन् ।

यो पनि…
सुखीहरूको गाउँ ‘घलेगाउँ’
घलेगाउँमा भित्रिए दुई लाख बढी पर्यटक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested