English

अनौठो प्रयोग : जनावरको कोखमा मानिसको भ्रूण !



जापानमा एक स्टेम सेल वैज्ञानिकले एक विशेष किसिमको शोध शुरु गरिरहेका छन् । र त्यहाँको सरकारद्वारा यसका लागि सरकारी सहायता पनि पाउन थालेका छन् । वैज्ञानिक एउटा यस्तो काम गरिरहेका छन्, जसबाट पशुहरुको गर्भमा मानव कोशिकाहरुको विकास हुनसक्नेछ । यस्तोमा अब जनावरले एक किसिमले सरोगेट आमाको जस्तै काम गर्नेछ । जनावरको कोखबाट मानिसको जन्म हुन सक्नेछ ।

प्रतीकात्मक तस्वीर

विश्वभरमा विज्ञानको माध्यमबाट ठूलो भन्दा ठूलो प्रयोग भइरहेका छन् । यस्तै एउठा ठूलो शोध जापानमा हिरोमित्सू नकोची नामक वैज्ञानिक जनावरमा विशेष शोध गरिरहेका छन् । जापान सरकारले पनि जनावरमा मानव भ्रूण प्रयोग गर्ने अनुमति दिइसकेको छ । हिरोमित्सु आफ्नो टीमसँग मिलेर यो शोध गरिरहेका छन् ।

प्रतीकात्मक तस्वीर

यो टीमले सबैभन्दा पहिला मुसाको एम्ब्रियोमा मानव कोशिकाहरु विकसित गर्नेछन् । पछि एम्ब्रियोलाई सिरोगेट जनावरको गर्भमा प्रत्यारोपित गर्नेछन् । यसको प्रयोगको महत्व मानिस शिशु बनाउन नभएर यस्तो पशु बनाउनुु हो, जसको शरीरका अंग मानव कोशिकाबाट बनेको होस् । यसबाट आवश्यक परेमा जनावरको अंग मानिसमा प्रत्यारोपण गर्न सकिनेछ ।

प्रतीकात्मक तस्वीर

तर जापान भन्दा पहिला केही देशले यस्तो प्रोजेक्ट जिन्दगीसँग खेलबाड गरिने भन्दै स्विकृति दिएका थिएनन् । वर्ष २०१५ भन्दा पहिला अमेरिकामा यस किसिमको प्रयास भएको थियो । तर नेशनल इन्स्टीच्युट अफ हेल्थले यसलाई गलत बताउँदै रोक लगायो । तर जापानका वैज्ञानिक यसलाई चुनौति दिँदै जनावरको कोखमा मानिसको जन्मको प्रोजेक्ट शुरु गर्दैछन् ।

प्रतीकात्मक तस्वीर

जापानको यो प्रोजेक्टका कारण विश्वमा खतरनाक परिणाम पनि आउन सक्नेछ । यदि यो प्रोजेक्ट सफल भएमा चाँडै नै एउटा यस्तो जीव अस्तित्वमा आउनेछ, जो आधा मानिस आधा जनावर हुनेछ । यस्तै खतरालाई मध्यनजर गर्दै केही देशले यो प्रक्रिया रोकेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested