English

लसुनले छालालाई दिन्छ अनगिन्ती फाइदा



लसुन हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । लसुन स्वस्थ शरीर र छालाको लागि धेरै उपयोगी हुन्छ । तपाईंले आफ्नो शारीरिक समस्याका लागि लसुन धेरै पटक प्रयोग गर्नुभएको होला । तर के तपाईंले छालाको लागि लसुन प्रयोग गर्नुभएको छ रु

लसुन छालाको लागि निकै फाइदाजनक हुने गर्छ । यसबाट छालाको पिम्पलदेखि चाउरी परेको दागलाई समेत कम गर्छ ।

पिम्पल

लसुनको सहयोगले पिम्पलको समस्याबाट छुटकारा पाउन सकिन्छ । यदि तपाईंलाई पिम्पल्सको समस्या बढी छ भने लसुन लिनुहोस् र त्यसको पेस्ट बनाउनुहोस् । अब यो पेस्टमा आधा चम्चा सेतो भिनेगर हाल्नुहोस । यो पेस्ट अनुहारमा राम्ररी लगाउनुहोस् । यसले तपाईंको पिम्पलमा धेरै राहत दिनेछ ।

स्ट्रेच मार्क

स्ट्रेच मार्कको उपचार लसुनमा लुकेको हुन्छ । यदि तपाईंको छालामा स्ट्रेच मार्कहरू छन् भने, तपाईं यसलाई लसुनले उपचार गर्न सक्नुहुन्छ । यसका लागि पहिले तोरीको तेललाई १ चम्चामा तताउनुहोस् । यसमा दुईदेखि तीन वटा लसुनको ल्वाङ हाल्नुहोस् । अब लसुनलाई हल्का खैरो पारेर आगोबाट निकालेर केही बेर चिसो हुन दिनुहोस् । मनतातो हुँदा यो तेलले स्ट्रेच मार्कमा मालिस गर्नुहोस् । यसले केही दिनमै स्ट्रेच मार्क्स हटाउँछ ।

फोका हराउँछ

आफ्नो अनुहारमा फोकाको समस्याको सामना गर्दै हुनुहुन्छ भने, लसुनले तपाईंलाई धेरै मद्दत गर्नेछ । रगतको कमीका कारण अनुहारमा फोकाहरू देखिन थाल्छन् । यसबाट छुटकारा पाउनका लागि, एक चौथाइ कप पानी लिनुहोस् र यसलाई तताउनुहोस् । यसमा लसुनको रसको केही थोपा हाल्नुहोस् । फोकाको लागि यो पानी दैनिक सफा गर्नाले धेरै राहत मिल्नेछ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested