English

अत्तरको सट्टा यसो गर्नुहोस्



यो गर्मीको समयमा धेरैले विंन्डचिटर जस्ता लुगा लगाउँछन् । तर, पनि मानिसहरू पसिनाले भिजेको देखिन्छ । गर्मी मौसममा यस्ता धेरै समस्या हुन्छन्, जसले धेरै सताउँछ, जसमा मुहासे, छालामा दाग, सासको दुर्गन्ध लगायतका समस्या हुन्छ ।

गन्धको समस्याले मानिसलाई धेरै सताउँछ । यसलाई हटाउने धेरै तरिका छन् र जुन घरमा सजिलै पाइन्छ । यसको मद्दतले शरीरमा आउने दुर्गन्धबाट टाढा रहन सकिन्छ साथै यसको प्रयोगले तपाईं दिनभर फ्रेस हुनुहुनेछ ।

कागती

कागती धेरै चिजहरूका लागि उपयोगी मानिन्छ । यति मात्र होइन, यसको प्रयोगले छालालाई सन्तुलन पनि राख्छ । मकैको स्टार्च र कागतीको रस मिसाएर पेस्ट बनाउन सक्नुहुन्छ ।

यसलाई हात, खुट्टा, अन्डरहर्म वा सम्पूर्ण शरीरमा लगाई १० मिनेटपछि नुहाउनुहोस् । यसले तपाईलाई दिनभर फ्रेस राख्नेछ र गन्ध पनि आउँदैन ।

टमाटर

तरकारीको रंग बढाउनका लागि टमाटरको निकै प्रयोग गरिन्छ तर यसले पसिनाको गन्ध पनि हटाउँछ । यसका लागि दुई–तीनवटा टमाटरको रस निकाली नुहाउने पनीमा मिसाएर नुहाउनुहोस् ।

बेकिंग सोडा

बेकिंग सोडा धेरै उपयोगी हुन्छ । यसलाई भन्साको गन्ध हटाउनको लागि पनि प्रयोग गरिन्छ । खुट्टा वा अन्डरहर्मबाट गन्ध आएमा यसलाई लगाएर केही समय छोड्नुहोस् । १० मिनेटपछि भिजेको कपडाको सहायताले यसलाई पुछ्नुहोस् ।

भिनेगर

शरीरको दुर्गन्धलाई हटाउन भिनेगरको पनि प्रयोग गर्न सकिन्छ । यसका लागि भिनेगरलाई कपासमा टयाप गरी पसिना आउने ठाउँमा लगाउनुहोस् । यसले छालाको पीएचलाई सन्तुलन राख्नुका साथै ब्याक्टेरियालाई पनि मारी शरीरको दुगन्धलाई हटाउँछ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested