English

पैसा नदिएपछि करोडौंको कार लिएर गयो पुलिसले



हरेक देशको सबै कुराको लागि फरक-फरक नियम हुन्छन् । कति देशहरुमा नियम एकदमै कडा हुन्छ, भने कतै अलि लचिलो । बाटोमा सवारी साधन चलाउनेदेखि लिएर ड्राइभिङ लाइसेन्स तथा ट्राफिक नियम सबै तिर फरक-फरक हुन्छ । पहिलो पटक नियम तोड्दा ट्राफिकले चिट् काटेर जरिवाना तिराउँछन् । तर बारम्बार यो गल्ति गरिरहँदा ड्राईभिङ लाइसन्स नै रद्ध गरिदिन्छन् । यस्तै एउटा घटना अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यो घटना रुसको हो ।

यो अनौठो घटना रुसकी सोशल मिडिया स्टार नास्तिया इलिलेवाको साथ घटेको हो । सोशल मिडियामा उनको धेरै फ्यान फलोइङ छ । उनको फोटोहरु पनि फ्यानहरुले मन पराईरहेका हुन्छन् । इन्स्टाग्राममा उनको एउटा फोटोमा पनि करोडौं लाइक आएको हुन्छ । उनी पेशाले ब्लगर हुन् । उनको इन्स्टाग्राममा १० करोड ८० लाख फलोअर छन् । नास्तिया हरेक पटक ट्राफिक नियम तोडिरहेकी थिइन् । चलान काटिएपछि पनि जरिवाना तिरेकी थिइनन्, जसको कारण ट्राफिक पुलिसले उनको करोडौंको कार उठाएर लग्यो ।

एक वर्षमा १९९ चलान

एक रिपोर्टअनुसार, मास्कोमा बस्दै आएकी इविलेवा आजभोलि धेरै चर्चामा छिन् । पछिल्लो एक वर्षमा उनले धेरै पटक ट्राफिक नियम तोडिन् । तपाई आश्चर्यमा पर्नुहुनेछ १९९ पटक उनलाई चलान काटिएको थियो । यति धेरै चलान काटिदा पनि उनले जरिवाना भरिनन् । पटक-पटक सूचना दिदा पनि उनले केही जवाफ दिइनन् । अन्त्यमा ट्राफिक पुलिसले उनको ल्याम्वोर्गिनी कार उठाएर लग्यो, जुन कारको मूल्य लगभग १ करोड ९४ लाख हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested