English

 हरर फिल्ममा देखिँदै प्रभास



दक्षिण भारतीय अभिनेता प्रभास हरर फिल्ममा देखिँदैछन्। प्रभास ‘राजा डिलक्स’ नामक हरर फिल्ममा देखिने भारतीय सञ्चार माध्यम अमर उजालाले जनाएको छ।

प्रभासको बलिउड डेब्यू फिल्म ‘साहो’ र ‘राधे श्याम’ बक्स अफिसमा लगातार असफल भए। तर ‘बाहुबली’ र ‘बाहुबली २’ को सफलताले उनको हात खाली हुन दिएको छैन। उनलाई लिएर फिल्म बनाउन निर्माताहरूको होडबाजी चलिरहेको छ।

प्रभास अभिनित फिल्म ‘आदिपुरूष’, ‘सलार’ र ‘प्रोजेक्ट के’ सार्वजनिक हुन बाँकी छ। यी फिल्महरूको छायांकन सकेसँगै उनी ‘राजा डिलक्स’को छायांकनमा व्यस्त हुनेछन्।

अमर उजालाका अनुसार फिल्ममा मालभिका मोहनको पनि मुख्य भूमिका रहनेछ। महंगो बजेटमा बन्ने फिल्ममा काम गर्नको लागि उनी निकै उत्साहित छिन्।

यस फिल्मको छायांकन आगामी असारबाट सुरू गर्ने निर्माण पक्षको तयारी थियो। तर फिल्मको छायांकन स्थगित गरिएको छ। प्रभासको व्यस्तताको कारण फिल्मको छायांकन स्थगित गरिएको हो। उनले अगस्त महिनामा ‘राजा डिलक्स’को काम सुरू गर्ने बताइएको छ।

प्रभासद्वारा अभिनित पछिल्लो समय प्रदर्शन भएको फिल्म ‘राधे श्याम’ बक्स अफिस असफल सावित भएको थियो। दर्शकले फिल्मको कहानी मन पराएनन्। राधा कृष्ण कुमारले निर्देशन गरेको फिल्ममा प्रभाससँगै पूजा हेगडेको पनि मुख्य भूमिका रहेको थियो।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested