English

निरन्तरको ओरालोपछि सेयर बजारमा हरियाली



साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १७.९५ अंकले बढेर दुई हजार २ सय ५६ दशमलब ५७ विन्दुमा पुगेको हो । त्यस्तै, एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १३६ कम्पनीको सेयरमूल्य बढेको छ भने ५२ कम्पनीकोे सेयरमूल्य घटेको छ । यसमध्ये तीन कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो नेपाल र माउन्टेन इनर्जी नेपालको सेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६७२.६० रुपैयाँ पुगेको छ भने घलेम्दी हाइड्रो नेपालको शेयरमूल्य ८.८२ प्रतिशतले बढेर प्रतिकित्ता २३२ रपैयाँ र माउन्टेन इनर्जी नेपालको शेयरमूल्य ८.६६ प्रतिशतले बढेर प्रतिकित्ता ९७९ रुपैयाँ पुगेको छ ।

आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया सेलेक्ट फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७ करोड ५३ लाख भन्दा बढीको कारोबार भएको छ ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested