English

‘प्रकाश’ र ‘प्रेमगीत ३’ रिलिज अगाडि प्रदीपले नयाँ फिल्म नगर्ने



अभिनेता प्रदीप खड्कालाई दर्शकहरुले पर्दामा पर्खिएको तीन वर्षभन्दा बढी भइसकेको छ । पछिल्लो पटक रिलिज भएको फिल्म ‘लभ स्टेशन’पछि उनका कुनै फिल्म प्रदर्शनमा आएका छैनन् । कोरोना महामारीभन्दा अगाडि उनले फिल्म ‘प्रेमगीत ३’को छायांकन सकेका थिए । तर, कहिले कोरोना महामारी त कहिले हिन्दी डबका कारण यो फिल्मको प्रदर्शनमा ढिलाई भएको छ ।

प्रदीपले कोरोना महामारीकै समयमा फिल्म ‘प्रकाश’मा काम गरे । दिनेश राउतको निर्देशनमा बनेको यो फिल्म आउँदो भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसमा उनी अहिलेसम्मकै भिन्न चरित्र र गेटअपमा प्रस्तुत छन् । यतिबेला प्रदीप ‘प्रकाश’ र ‘प्रेमगीत ३’को रिलिज कुरेर बसेका छन् । उनी यी फिल्म प्रदर्शन नहुँदासम्म नयाँ फिल्ममा काम गर्ने सोचमा देखिएका छैनन् ।

‘प्रेमगीत ३’को हिन्दी डब र भारत प्रदर्शनको शिलशिलामा निर्माता सन्तोष सेनसँग मुम्बईमा रहेका उनले ‘प्रकाश’ र ‘प्रेमगीत ३’ रिलिजभन्दा अगाडि आफू नयाँ फिल्ममा आबद्ध हुने सम्भावना न्यून रहेको बताए । यी दुई फिल्म रिलिजपछि नयाँ फिल्ममा काम गर्ने विषयमा विचार गर्ने उनको भनाई छ । उनले दुई फिल्म रिलिजपछि सन्तोष सेनले निर्देशन गर्ने ‘हुतुतु’मा काम गर्न सक्नेछन् ।

अभिनेता अनमोल केसीपछि सर्वाधिक फिल्मको अफर पाउने गरेका प्रदीप खड्कालाई कोरोना महामारीयता थुप्रै ठूला ब्यानरका फिल्मबाट अफर पुगेको छ । तर, उनले स्क्रिप्ट समाते पनि निर्माताको चेक समातेका छैनन् । उनी ‘प्रकाश’ निर्देशक दिनेश राउतसँग फेरि टिमअपको तयारीमा रहेको चर्चा छ । दिनेश, प्रदीप र आर्यन सिग्देललाई लिएर फिल्म बनाउने योजनामा छन् ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested