English

दिल्ली क्यापिटल्सका चार खेलाडीमा कोरोना



दिल्ली क्यापिटल्सका अलराउन्डर मिचल मार्समा कोभिड संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका छन् । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोस्रो पटक गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आएको हो ।

यससँगै उनी कम्तिमा १० दिन अस्पतालमा रहने छन् । मार्ससँगै दिल्लीका दुई सदस्यको परीक्षण पोजिटिभ आएको छ । यससँगै पोजिटिभ सदस्य चार पुगेको हो ।

‘दिल्ली क्यापिटल्सका अलराउन्डर मिचेल मार्समा कोरोना पोजिटिभ देखिएको छ । चिकित्सक टिमले मार्सको स्थिति बारे नजर राखिरहेका छन् ।’ दिल्ली क्यापिटल्सले भनेको छ ।

यससँगै बुधबार पञ्जाब किंग्सविरुद्धको खेल हुनेमा आशंका बढेको छ । टिम सदस्यमा कोरोना देखिएसँगै खेलाडीहरू होटलबाट बाहिर निस्कन पाएका छैनन् र अभ्यास समेत रोकिएको छ ।

यो पनि
रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested