English

‘केजीएफ २’ को समुद्रमा डुब्यो साहिदको ‘जर्सी’



साउथ फिल्म ‘केजीएफ २’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । प्रदर्शनको पहिलो हप्ता २ सय ५० करोडको आँकडा पार गरेको फिल्मले दोस्रो हप्ताको विकेन्डसम्म आइपुग्दा हिन्दी भर्सनमा मात्र ३ सय २१ करोड कमाएको छ । फिल्मले दोस्रो हप्तामा पनि प्रत्येक दिन १५-२० करोड कमाईरहेको छ । फिल्मले हिन्दी भर्सनमा मात्र ५ सय करोड छाप्ने अनुमान गरिएको छ ।

‘केजीएफ २’ले बक्सअफिसमा बलियो पकड बनाइरहँदा यसै शुक्रवारबाट अभिनेता साहिद कपूर अभिनीत फिल्म ‘जर्सी’ रिलिज भयो । साउथको सुपरहिट फिल्म ‘जर्सी’को रिमेक भएकाले फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने धेरैको आँकलन थियो । तर, ‘केजीएफ २’को बाढीले फिल्मलाई नराम्रोसँग बगाएको छ । फिल्मले विकेन्डमा जम्मा १५ करोड मात्र कमाउन सफल भएको छ ।

सन् २०१९ मा आएको अभिनेता साहिद कपूरको फिल्म ‘कबीर सिंह’ले बक्सअफिसमा २ सय ७५ करोडको व्यापार गरेको थियो । यसको १० प्रतिशत कमाई गर्न पनि ‘जर्सी’का लागि मुश्किल पर्ने देखिन्छ । ४० करोडमा बनेको फिल्मले घरेलु बजारबाट लगानी उठाउने सम्भावना समेत न्यून बनेको छ । फिल्ममा साहिद कपूरसँगै पंकज कपूर र मृणाल ठाकुर पनि मुख्य भूमिकामा छन् ।

यो पनि
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested