English

सुन्दर हुने घरेलु उपाय



हाम्रो किचनमा दैनिक प्रयोग हुने यस्ता चिजहरू छन् जसको प्रयोगले अनुहारमा निखारता ल्याउनमा मद्दत गर्दछ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा त यसको प्रयोगले नकारात्मक असर हुने सम्भावना धेरै कम हुन्छ । हामी घरायसी सामग्रीको प्रयोगबाट गोरोपन निखारता र सफाइ पाउन सकिन्छ ।

बदामको तेल

गर्मी मौसमा धेरै मानिसको छालामा रुखोपना देखिन्छ । यस्तो अवस्थामा बदामको तेल प्रयोग गर्नु राम्रो हुन्छ । रातमा सुत्नुभन्दा पहिले बदामको तेल लगाएर सुत्ने गर्नाले बदामको तेलबाट दाग धब्बा हटाउन मद्दत गर्दछ र छालालाई नरम बनाउँदछ ।

कागती र गुलाबको जल

गर्मी महिनामा ओठमा समस्या देखिने हुँदा विशेष ध्यान दिनुपर्ने हुन्छ । यसको लागि कागतीको रस, ग्लिसरिन र गुलाब जल मिसाएर मिश्रण तयार गर्ने हरेक बेलुका सुत्ने बेलामा मिश्रण लगाउने गर्नाले ओठ नरम र गुलाबी हुन्छ ।

काँक्रो

यदि, आँखाको मुनि कालो घेरा (डार्क सर्कल) आएको छ भने उक्त कालो घेरालाई हटाउनको लागि काँक्रो सबैभन्दा राम्रो मानिन्छ । काँक्रोलाई पातलो टुक्रा पारेर आँखामा राख्ने यसले आँखालाई ठण्डा बनाउँछ र कालो घेरा हटाउन मदत गर्दछ ।

मह

कहिलेकाहीँ छालाहरू मरेको हुन सक्छ जसले अनुहारको चमकतामा कमी ल्याउँछ । यस्तो अवस्थामा मह कागती र चिनीको मिश्रण बनाएर अनुहारमा लगाउनाले छाला सफा हुन्छ र नियमित प्रयोगले छालामा निखारता पनि आउँछ ।

दूध

अनुहारको चमकता हराएको छ भने घरमा नै पाइने दूध र मह मिलाएर अनुहारमा लगाउने र सुकेपछि सफा गर्ने । यसरी हप्ताको दुईपटक यसको प्रयोग गर्नाले अनुहारमा चमकता आउँछ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स







Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested