English

लुम्बिनी विकास कोष : ४४ वर्षमा ८५ प्रतिशत काम (फोटो फिचरसहित)



गौतमबुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनीको गुरुयोजना बनेको ४४ वर्ष भयो । लुम्बिनी विकास कोषको समय गुरुयोजना सम्पन्न गर्ने भाषणमै बितिरहेको छ ।

विश्वस्तरीय शान्ति केन्द्र र पर्यटन केन्द्रको रूपमा विकास गर्न गुरुयोजना बनेको हो । १ डिसेम्बर १८९६ मा ब्रिटिस इन्डियाका पुरातत्वविद् डा. एलोइस् एन्टोनी फुहाररले नेपालको लुम्बिनी गौतम बुद्धको पवित्र जन्मस्थल हो भन्ने आधिकारिकता दिलाएपछि सन् १९७८ मा लुम्बिनी विकासको गुर योजनाको निर्माण र कार्यान्वयनमा संयुक्त राष्ट्रसंघको विशेष सहयोग अगाडि बढ्योे ।

बुद्ध जन्मस्थल लुम्बिनीको विकासका लागि सन् १९६७ मा राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण र विकास गर्न जापानीज वास्तुविद् केन्जोटांँगेलाई गुरुयोजना बनाउने जिम्मा दिएका थिए । लुम्बिनीको भ्रमणमा आएका उथान्तले र नेपालका तत्कालीन राजा महेन्द्रसँग भएको सहमति र सहयोगको वातावरणले टाँगेले तयार पारेको लुम्बिनीको गुरु योजना स्वीकृत भई नेपालको तर्फबाट कार्यान्वयन गरे ।

सरकारद्वारा स्वीकृत गुरुयोजनाअनुसार सन् १९९३ देखि लुम्बिनी क्षेत्रमा विभिन्न बौद्ध मुलुकका विहार-मन्दिर निर्माण थालियो, सन् १९९७ मा लुम्बिनीलाई विश्व सम्पदामा सूचीकृत गरियो । ६ वर्ष लगाएर बनेको गुरुयोजना केन्जो टाँगेले ५५ मिलियन डलर बजेट लाग्ने मूल्यांकन गरी उल्लेख गरे पनि सरकारले आर्थिक वर्ष ०७०-०७१ देखि मात्रै राष्ट्रिय गौरवको आयोजनामा राखेर बजेट छुट्ट्याउन थाल्यो ।

नेपालकै व्यवस्थित र ठूलो गुरुयोजना कहीँ पनि छैन । प्रति वर्ष १८ लाख मानिस लुम्बिनी आउँछन्, यो नै लुम्बिनीप्रति लगाव हो । लुम्बिनी गुरुयोजना समयमै सम्पन्न हुँदा यसले नेपालको अर्थतन्त्रमा धैरै ठूलो योग्दान पुर्‍याउँछ ।

विकास समिति ऐन, २०१३ अनुसार लुम्बिनी विकास कोष गठन भयो । हालसम्म विकास कोषले गुरुयोजनाको ८५ प्रतिशत काम सम्पन्न गरेको छ । विकास कोषले ४४ वर्षसम्म गुरुयोजनालाई मूर्त रूप दिन नसक्नुको मुख्य कारण आर्थिक भए पनि राजनीतिक हस्तक्षेप, आन्तरिक चुनौती, आर्थिक सुनिश्चतता, पदीय अस्थिरता र खिचातानी लगायतका विविध कारण देखाउँदै कछुवा गतिमा विकास गरेको छ । १४ वर्षमा हुनुपर्ने काम ४४ वर्ष बित्दा पनि हुन सकेकाे छैन ।

‘नेपालकै व्यवस्थित र ठूलो गुरुयोजना कहीँ पनि छैन । प्रति वर्ष १८ लाख मानिस लुम्बिनी आउँछन्, यो नै लुम्बिनीप्रति लगाव हो । लुम्बिनी गुरुयोजना समयमै सम्पन्न हुँदा यसले नेपालको अर्थतन्त्रमा धैरै ठूलो योग्दान पुर्‍याउँछ, हाम्रो पहिलो प्रयास गुरुयोजनाको सबै काम यथाशीघ्र सम्पन्न गरी लुम्बिनीलाई व्यवस्थित सुन्दर अन्तर्राष्ट्रिय उद्यानको रूपमा बनाउने र लुम्बिनी आउने पर्यटकलाई लुम्बिनीका साथै कपिलवस्तु, रामग्राम आदि जोडेर एक हप्तासम्म भुल्ने कार्यक्रम निर्माण गर्ने चाहना हाे,’ लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) ले भने ।

नेपाल सरकारले गुरुयोजनालई चाहिने करिब आठ अर्बको स्रोत सुनिश्चितता गरेको छ । अहिले गुरुयोजनाको बाटोघाटो, कल्भर्ट, व्यवस्थित गेट र लुम्बिनीलाई हरियाली बनाउन गौतमबुद्ध फलफूल बाटिका र अन्तर्राष्ट्रियस्तरका सभा सेमिनार गर्न सभागृहको निर्माण अन्तिम चरणमा रहेको उपाध्यक्ष मैतेयले भने । सडक, फुटपाथ, कल्भर्ट, गेट, पर्यटकलाई बस्ने बेन्चको निर्माण कार्य भइरहेको छ ।

गुरुयोजनाअनुसार लुम्बिनीलाई तीनवटा बराबर पाटामा विभाजन गरिएको छ । बफर जोनबाहेक गुरु योजना तीन वर्गमाइल भूभागमा फैलिएको छ । गौतम बुद्धको जन्मस्थल क्षेत्रलाई पवित्र उद्यान क्षेत्र भनिएको छ । गुरुयोजनाको दक्षिण भागमा रहेको यो क्षेत्र नाै सय मिटर व्यास आकारमा फैलिएको छ । दक्षिणमा पवित्र उद्यान, बीचमा विहार-गुम्बा क्षेत्र र उत्तरमा नयाँ लुम्बिनी ग्राम छ ।

नेपाल सरकारले दुई वर्ष गुरुयोजना सम्पन्न गर्ने भनेर आर्थिक स्राेत सुनिश्चितता गरिसकेको छ । गत आर्थिक वर्षबाट तीव्रताका साथ बाँकी काम भइरहेका छन् ।

केन्जो टाँगेको गुरुयोजनाअन्तर्गतका मुख्य ६ ठूला काम बाँकी छ । डोम आकारका ६ वटा भवनसहितको संरचना, सौन्दर्यीकरण, फोहोरमैला व्यवस्थापन र ढल निकास, नाली व्यवस्थापन, बाढी व्यवस्थापनका लागि ५६ वटा जलाशय, ग्रिनरी र पार्कसहितको सडक वृद्धिका काम गर्नुपर्नेछ । तीमध्ये गुरुयोजनालाई केही परिवर्तन नगरी काम भइरहेका छन् भने केही हुने प्रक्रियामा छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले बाँकी १५ प्रतिशत भौतिक प्रगति गर्न ४-५ अर्ब लगानी भइसकेको बताए । ‘नेपाल सरकारले दुई वर्ष गुरुयोजना सम्पन्न गर्ने भनेर आर्थिक स्राेत सुनिश्चितता गरिसकेको छ । गत आर्थिक वर्षबाट तीव्रताका साथ बाँकी काम भइरहेका छन् । यो आर्थिक वर्षमा झन्डै चार अर्बको काम गरिरहेका छौं,’ उनले भने ।

गुरुयोजनाअनुसारको संरचना दुई वर्षमा सकिने गरी ठेक्का प्रक्रिया अगाडि बढेको छ । फोहाेरमैला व्यवस्थापन, दुईवटा खोलाको व्यस्थापन र केही भवनको काम मात्रै काम बाँकी रहेकाे शाक्यले बताए ।

गुरुयोजनाका अलावा लुम्बिनी र आसपासका बौद्धस्थल समेटेर ‘ग्रेटर लुम्बिनी’को अवधारणा पनि अगाडि बढाइएको छ । बुद्धको जीवनमा महत्व राख्ने कपिलवस्तुको तिलौराकोट र पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपको विकासका लागि लुम्बिनी विकास कोषले गुरुयोजना तयार गरेको छ । गुरुयोजना सम्पन्न भएपछि लुम्बिनी एउटा बगैँचाको रूपमा रूपान्तरण हुने छ ।

गुरुयोजनाअनुसार विकास हुँदै आएको लुम्बिनीमा पर्यटकको बसाइँ लम्ब्याउने र समग्र बौद्धस्थलको विकास गर्ने उद्देश्यले लुम्बिनी र आसपासका पुरातात्विक स्थल समेटेर बृहत् लुम्बिनी विकास क्षेत्रको लागि खाका तयार गरिएको छ । खाकामा लुम्बिनीलाई केन्द्र मानेर कपिलवस्तु, रामग्राम, देवदहलगायतका बौद्ध सम्पदालाई जोड्दै एकीकृत रूपमा विकास गर्ने अवधारणा छ ।

यो अवधारणामा टुक्रे योजना सञ्चालन नगरी विश्व विकास बैंकको सहयोग र सहकार्य हुनेछ । जसमा एकीकृत रूपमा समुदायको सामाजिक, सांस्कृतिक, कृषि, आर्थिकलगायतका समग्र अवस्थाको बृहत् अध्ययन गरेर खाका कोरिएको छ ।
टाँगेको गुरुयोजना निर्माण नसकिँदै सरकारले कोरियन प्राध्यापक क्वाक योङहोनको गुरुयोजना स्वीकृत गरेको पनि धेरै भयो ।

वासिङ्टन डीसीसहितका विभिन्न सहरको गुरुयोजना बनाएका क्वाकले लुम्बिनीको नयाँ गुरुयोजना बनाउन १४ वर्ष अध्ययन गरेका थिए । लुम्बिनी सहर वातावरणमैत्री र विश्वकै सबैभन्दा सुन्दर सहर हुने उनको कल्पना छ, विश्व सहर लुम्बिनीमै बन्छ । त्यसको आकार कमलको फूलजस्तै आठ हजार मिटर क्षेत्रफलमा छ ।

रूपन्देहीका साविकका ११ गाविसलाई समेटेर बनाइएको सो गुरुयोजना १५ वर्षभित्र सम्पन्न गर्ने योजना क्वाकको थियो । उनले करिब मन्त्रीस्तरीय बैठकमा सो योजना देखाएका थिए । ६ हजार चार सय ७५ हेक्टरमा फैलिएको सो सहरलाई क्वाकले कमलको आठ पत्रजस्तै देखिने सो सहरलाई तीन भागमा विभाजन गरिएको छ ।

पहिलो घेराभित्रको १.६ किमी क्षेत्रलाई बुद्ध क्षेत्र, त्यसपछिको आठ सय मिटर क्षेत्र धर्म क्षेत्र र त्यसपछिको २.४ किलोमिटर क्षेत्रलाई संघ नाम दिइएको छ । बुद्ध क्षेत्रमा पुरानै मन्दिरहरूको संरचना रहनेछन् । धर्म क्षेत्रमा गुम्बाहरू हुनेछन् । त्यसलाई धर्म विश्वविद्यालय क्षेत्र बनाउने योजना छ । संघ क्षेत्रमा कृषि र आवास क्षेत्र हुनेछ । यो क्षेत्रको बीच भागमा गुम्बाहरू बन्नेछन् ।

चार सय २१ जना अट्ने सभा हल बनाउने गुरुयोजनामा भनिए पनि पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र ध्यान केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ, ठूला सभा सम्मलेन गर्ने उद्देश्यका साथ सो बनाइएको छ । यस्तै गुरुयोजनामा उल्लेख भएको न्यु लुम्बिनी भिलेजमा बस्तीहरू बसाल्ने भन्ने रहे पनि यस्ले पनि प्राथमिकता पाएको छैन ।

गाउँसँग जोडिएको पडरिया चोकमा रहेको विकास कोषको प्रवेशद्वार ६ नम्बर गेट पनि वर्षौदेखि बन्द रहेको छ, स्थानीय र ककरहवा हुँदै आएका पर्यटकहरू घुमेर भित्र जानुपर्ने बाध्यता छ । लुम्बिनीसँग जोडेर ३० अर्ब बढीको लगानीमा अन्तर्रष्ट्रिय विमानस्थलमा भएको छ, यस्तै निजी क्षेत्रका पनि अर्बौ लगानी भएको छ ।

यो पनि…
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
पर्यटन प्रवर्द्धन गर्न लुम्बिनीका होटलमा विभिन्न अफर



...
Esther

I have been exploring for a bit for any high quality articles or blog posts in this kind of house . Exploring in Yahoo I eventually stumbled upon this site. Reading this information So i am satisfied to exhibit that I've a very good uncanny feeling I came upon exactly what I needed. I so much for sure will make certain to don?t overlook this website and give it a glance on a relentless basis. My blog post mp3 juices

...
Precious

Excellent article. Keep writing such kind of info on your blog. Im really impressed by it. Hi there, You've done an excellent job. I'll certainly digg it and in my opinion suggest to my friends. I'm confident they'll be benefited from this website. my web page best panties

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र