English

अन्तर्राष्ट्रिय उडानका लागि तयार छ, गौतमबुद्ध विमानस्थल



नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जेठदेखि दैनिक एक उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार कुवेतको जजिरा एयरवेजले साताको सात उडान गर्ने गरी प्राधिकरणमा निवेदन दिएको छ ।

कर्णले जजिराले जेठ २ देखि नियमित उडानका लागि निवेदन दिएको बताए । ‘अहिलेसम्म जजिराले कुवेत सिटीबाट भैरहवा र भैरहवाबाट कुवेत सिटी दैनिक उडान गर्न निवेदन दिएको छ’, उनले भने, ‘जेठ २ गते बुद्ध जयन्ती पारेर जजिरा एयरलाइन्सले नियमित उडान शुरु गर्नेछ ।’ सरकारले बुद्ध पूर्णिमाको दिन अर्थात जेठ २ गतेदेखि विमानस्थलमा नियमित उडान शुरु गर्ने घोषणा गरेको थियो ।

वैशाखमा हुनेछ, परीक्षण उडान

त्यसअघि, वैशाख १ गते नेपाल एयरलाइन्सले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ । त्यसपछि, वैशाख ७ गतेदेखि विमानस्थल व्यावसायिक उडानका लागि खुला हुने कर्णले बताए । विमानस्थलमा ७ गतेदेखि आन्तरिकतर्फ नियमित उडान हुनेछ ।

वैदेशिक रोजगारीमा जाने धेरै नेपाली भएका देशले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने अपेक्षा प्राधिकरण अधिकारीहरूको छ ।

उडान योग्य छ विमानस्थल

यसअघि विमानस्थलमा एरो थाइको जहाजबाट क्यालिब्रेसन फ्लाइट गरिएको थियो । त्यसपछि विमानस्थल उडान योग्य भइसकेको प्राधिकरणले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि कुनै कारणवश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै जहाज अवतरण हुन नसकेको खण्डमा यही विमानस्थलमा डाइभर्ट गरिनेछ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन नसकेको अवस्थामा बंगलादेश वा भारतका विमानस्थलमा डाइभर्ट गर्नुपर्ने बाध्यता छ । अब त्यो बाध्यता हट्ने प्राधिकरणको विश्वास छ ।

नमुना आयोजना

गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये रूग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को शुरुमा थालनी भएको विमानस्थलको कामबीचमा निर्माण व्यवसायी कम्पनीको लापर्बाहीले अवरोध भएको थियो ।

पछिल्लोपटक सन् २०२० को मार्च महिनाभित्र निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आउन लागेको हो ।

फोटो : राजकुमार श्रेष्ठ/मेरो लाइफस्टाइल

यो पनि…
उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)
सञ्चालनको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested