English

पर्यटन प्रवर्द्धन गर्न लुम्बिनीका होटलमा विभिन्न अफर



कोभिड महामारीपछि सुनसान बनेको गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन् । आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै यहाँका होटलले आवास र खानामा विभिन्न छुटको व्यवस्था गरेको लुम्बिनी होटल एशोसिएशनले जानकारी दिएको छ ।

होटल एशोसिएशनले छुट अफर सार्वजनिक गर्दै पर्यटकलाई लुम्बिनी आउन निमन्त्रणा गरेका छन् । कोभिडका कारण कमजोर अवस्थामा पुगेको व्यापारलाई सहयोग पुग्ने उद्देश्यका साथ अफर गरिएको हो । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायीले यो अफर सार्वजनिक गरेपछि पर्यटक आउने अपेक्षा गरिएको छ ।

लुम्बिनी होटल एशोसियशनले आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको होटल एशोसिएशन लुम्बिनीका अध्यक्ष मिथुन श्रेष्ठले जानकारी दिए । उनले भने, “लुम्बिनी घुम्न आउने पर्यटकका लागि यो अफर सार्वजनिक गरिएको हो ।”

लुम्बिनी क्षेत्रका साथसाथै भैरहवा क्षेत्रका होटलले पनि भारी अफरको व्यवस्था गरेको सिद्धार्थ होटल एशोएियशनले जानकारी दिएको छ । चाडपर्व लक्षित दशैँ–तिहारलाई मध्यनजर गरेर घुम्न आउने पर्यटकका लागि विशेष छुटको व्यवस्था गरिएको होटल एशोसिएशनले जनाएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार होटल बन्द अवस्थामा रहे पनि सफा गर्नुपर्ने, बिजुली, पानी तथा केही कर्मचारी राख्नुपर्ने, घरभाडा तिर्नुपर्नुे बाध्यता रहेकाले यो अफरले केही सहयोग पुग्नेमा विश्वास छ । यो अफरपछि लुम्बिनीमा केही पर्यटक आउने क्रम पनि जारी रहेको देखिन्छ । महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनी आउने बौद्धमार्गीलाई समेत यो अफरले सहयोग पुग्ने पर्यटन व्यवसायीले बताउने गरेका छन् ।

लुम्बिनी क्षेत्रका साथसाथै भैरहवा क्षेत्रका होटलले पनि भारी अफरको व्यवस्था गरेको सिद्धार्थ होटल एशोएियशनले जानकारी दिएको छ । चाडपर्व लक्षित दशैँ–तिहारलाई मध्यनजर गरेर घुम्न आउने पर्यटकका लागि विशेष छुटको व्यवस्था गरिएको होटल एशोसिएशनले जनाएको छ । सिद्धार्थ होटल एशोएिशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आवास २५ देखि ५० प्रतिशतसम्म छुट र खानामा समेत परिकार हेरेर छुटको व्यवस्था गरेको बताए ।

नेपाल–भारत सीमानाका बन्द हुँदा यस क्षेत्रमा सबैभन्दा बढी मार पर्यटन व्यवसायी परेका छन् । दैनिक सयौँ भारतीय ट्रक तथा कन्टेनर नेपाल भित्रिने गरेका छन् । तर पर्यटकलाई भने नेपालमा प्रवेश निषेध गरिएको छ । यसले गर्दा व्यवसायी मारमा परेको पर्यटन व्यवसायीको गुनासो रहेको छ । बाह्य पर्यटक मात्र नभएर आन्तरिक पर्यटकसमेत लुम्बिनी क्षेत्रमा आउँदा सुरक्षाकर्मीबाट सोधपुछ र जाँच गर्दासमेत पर्यटन व्यवसायीलाई समस्या परेको देखिन्छ ।

पर्यटक तथा व्यापारी र स्थानीय कार्यक्रमलाई मध्यनजर गरेर गरिएको अफरमा अवस्था हेरेर विशेष छुट होटलले गरेका छन् । अध्यक्ष श्रेष्ठले भने, “पर्यटन व्यवसायलाई जीवित राख्नका लागि सरकारले पनि सहुलियतमा विधुत तथा बैंक ब्याजमा सहयोग पु¥याउनु पर्दछ । सीमानाका बन्दका कारण भारतीय तथा तेस्रो मुलुकबाट पर्यटक आउन छाडेपछि आन्तरिक पर्यटकलाई मध्यनजर गरेर अफरका कार्यक्रम ल्याएको हो ।”

नेपाल–भारत सीमानाका बन्द हुँदा यस क्षेत्रमा सबैभन्दा बढी मार पर्यटन व्यवसायी परेका छन् । दैनिक सयौँ भारतीय ट्रक तथा कन्टेनर नेपाल भित्रिने गरेका छन् । तर पर्यटकलाई भने नेपालमा प्रवेश निषेध गरिएको छ । यसले गर्दा व्यवसायी मारमा परेको पर्यटन व्यवसायीको गुनासो रहेको छ । बाह्य पर्यटक मात्र नभएर आन्तरिक पर्यटकसमेत लुम्बिनी क्षेत्रमा आउँदा सुरक्षाकर्मीबाट सोधपुछ र जाँच गर्दासमेत पर्यटन व्यवसायीलाई समस्या परेको देखिन्छ । यसलाई मध्यनजर गरेर कोभिडविरुद्ध खोप लगाएका तथा पिसिआर जाँच गरेका पर्यटकलाई होटलमा आवतजावत व्यवस्था गर्ने होटल व्यवसायीले बताएका छन् । व्यवसायीले लुम्बिनी क्षेत्र पर्यटकलाई घुम्नका लागि समेत कुनै बाधा नपु¥याउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस् :

यी हुन् गर्भवतीले गर्न नहुने १२ गल्ती
१ लाख १० हजार तिर्न नसक्दा सुत्केरी ४ दिनदेखि अस्पतालमै बन्धक
‘एकल आमा’
एकल आमा–२

दशैँ अघि नै बालबालिकालाई कोरोना विरुद्धको खोप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,