English

बलिउड इन्ट्रीबारे के भन्छन् महेश बाबू ?



अहिले बलिउडका लागि साउथ फिल्म चट्टानी पहाड बनेर खडा भएको छ । एसएस राजामौली निर्देशित फिल्म ‘बाहुबली’बाट पेन इन्डिया फिल्मप्रति क्रेज चुलिएको थियो । ‘केजीएफ’, ‘पुष्पा’, ‘आरआरआर’ जस्ता फिल्मले बलिउडमा साउथको दबदबा थप बढायो ।

साउथ फिल्मको बढ्दो क्रेजलाई मध्यनजर गर्दै बलिउड कलाकारले समेत साउथ फिल्ममा अभिनय गर्न थालेका छन् ।साउथ स्टारहरू पनि बलिउड फिल्ममा काम गर्ने तयारीमा छन् ।

लामो समयदेखि साउथ सुपरस्टार महेश बाबूले बलिउडमा डेब्यू गर्न लागेको चर्चा चलिरहेको छ । उनलाई केही हिन्दी फिल्मबाट अफर पनि गरिएको छ । तर, हालै एक अन्तर्वार्तामा उनले आफूलाई हिन्दी फिल्ममा काम गर्न आवश्यक नभएको बताएका छन् । आफू तेलुगु फिल्ममा मात्र काम गर्ने उनको भनाइ छ ।

महेशले हलिउड फिल्ममा काम गर्न लागेको चर्चालाई पनि खण्डन गरेका छन् । उनले अहिलेसम्म आफू कुनै हलिउड फिल्ममा आबद्ध नभएको स्पष्ट पारेका छन् । मे १२ मा रिलिज हुन लागेको फिल्म ‘सरकारू वारी पाटा’मा देखिने तयारीमा रहेका महेश बाबुले नयाँ फिल्म एसएस राजामौलीसँग गर्दैछन् । उनी पहिलोपटक राजामौलीसँग काम गर्नका लागि उत्साहित देखिएका छन् ।

यो पनि…
गर्मीमा के-के खाने ?

आकर्षक लुकका लागि ट्रेन्डी नेल पेन्टको प्रयोग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested