English

आइपिएल : कुन टिमको कस्तो प्रदर्शन ?



चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित निकालेको छ ।

यता चेन्नईले भने लगातार चौथो हार बेहोरेको छ । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । हैदराबादका युवा ब्याटर अभिषेक शर्माले सर्वाधिक ७५ रन बनाए ।

यस्तै राहुल त्रिपाठीले ३९ रनको योगदान दिए । चेन्नईका मुकेश चौधरी र ड्वेन ब्राभोले समान १ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रनको योगफल तयार पार्‍यो ।

चेन्नईका मोईन अलीले सर्वाधिक ४८ रन बनाए । यस्तै अम्बाती रायडूले २७ रनको योगदान गरे । हैदराबादका वासिन्टन सुन्दर र नटराजनले समान २ विकेट लिए ।

प्रथम टी–२० मेयर कप क्रिकेटको उपाधि राजविराजलाई
मदेश प्रदेशको राजविराज सप्तरीले प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा उपाधि जितेको छ । उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफी हात पारेको हो ।

विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको सहकार्यमा विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज भएको फाइनल खेलमा मदेश प्रदेशकै जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जितेको हो । उप विजेता जनकपुरले ५१ हजार र ट्रफीमा चित्त बुझाउनु परेको थियो ।

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेका थिए । राजविराजकालागि नेपालको अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ बनाउँदा पूर्व अन्तर्राष्ट्रिय ब्याटर महबुब आलमले १४ रन,अभिहेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए ।

जनकपुरका सुमन राँयले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिँदा सुजित मण्डल र रुपेश यादवले२–२ विकेट तथा विशाल सुस्लिङले १ विकेट लिए ।

९८ रनको सामान्य रनको लक्ष पाएको जनकपुरले पुरै २० ओभर खेल्दै ८७ रनमा सीमित भएको थियो । जनकपुरकालागि विशाल सुस्लिङले ३३ रन जोड्दा विक्रान्त यादवले अविजित १९ रन तथा अकबर अलि र रञ्जित यादवले ११–११ रन जोडेका थिए ।

राजविराजका विकाश दासले ३ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले २ विकेट र विश्वकिर्तीमानधारी बलर महबुब आलम १ विकेट लिएका थिए।

फाइनल खेलको म्यान अफ द फाइनल राजविराजका अलराण्डर खेलाडी विवेक यादव घोषित भए । त्यस्तै म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साह घोषित भए । उनले नगद ११ हजार पुरस्कार पाए ।

उत्कृष्ट ब्याटर राजविराजका विकाश दास र उत्कृष्ट बलर राजविराजकै अनिल यादव घोषित भए । उनीहरू दुवै जनाले नगद ५–५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

यो पनि…
आइपिएल : गुजरातको रोमाञ्चक जित

भारतीय क्रिकेटर : जो बने रोडदेखि करोडपतिसम्म
आइपिएल : लखनउको तेस्रो जित, डी ककको मात्रै ८० रन

आइपिएल : मुम्बईलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा

आइपिएल : राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई हरायो

आइपिएल : कोलकत्ताका अगाडि निरीह पन्जाब किङ्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested