English

आइपिएल : मुम्बईलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा



मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

कोलकत्ताको जितमा पाट कुमिन्स बिस्पोटक ब्याटिङ गर्दै १५ बलमा अविजित रहदै ५६ रन बनाए । भेन्काटेस आयरले ५० रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २-२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५२ रन बनाए । कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक २ विकेट लिए ।

जितसँगै कोलकत्ताले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो हारसँगै मुम्बईले अंक जोड्न सकेको छैन ।

यो पनि…
लगातार दुईपटक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एक्कासि किन चुक्यो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested