English

आइपिएल : लखनउको तेस्रो जित, डी ककको मात्रै ८० रन



दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले जित निकालेको छ ।

बिहिबार दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लखनउको जितमा क्विन्टन डी ककले सर्वाधिक ८० रन बनाए । यस्तै कप्तान केएल राहुलले २४ रनको योगदान गरे ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १४९ रनको योगफल तयार पारेको थियो । दिल्लीका पृथ्वी शले सर्वाधिक ६१ रन बनाए । यस्तै ऋषव पन्तले ३९ र सर्फराज खानले ३६ रनको योगदान गरे ।

जितसँगै लखनउले ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । दिल्ली ३ खेलबाट २ अंक जोडेर सातौं स्थानमा छ ।

यो पनि…
टिपीएलको उपाधिका लागि नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्स भिड्ने

आइपिएल : मुम्बईलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा
लगातार दुईपटक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एक्कासि किन चुक्यो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का