English

अश्वमेध यज्ञमा किन छोडिन्छ घोडा ?



अश्वमेध यज्ञ हामी सबैले सुनिराखेका नै छौँ । अश्वमेध यज्ञ पौराणिक कालमा गरिने एक प्रकारको यज्ञ हो । यो यज्ञ पौराणिक कालका राजाहरूले सर्व सुख प्राप्तिको लागि गर्दथे । एक सय वटा अश्वमेध यज्ञ गरेमा स्वर्गको राजा हुन पाउने भएकाले कसैले सय अश्वमेध यज्ञ पुर्याउन लागेमा देवराज इन्द्रले यज्ञ बिथोलेका कथाहरू हिन्दू धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएका छन् ।

अश्वमेधको निमन्त्रण स्विकार नगर्ने अथवा अश्वमेध गर्न नदिने मनसायका व्याक्तिहरूले घोडालाई समातेर घोडाको रक्षार्थ खटिएका सेनाहरूसँग युद्ध गर्ने नियम थियो ।

अश्वमेध यज्ञ गर्न पहिले श्यामकर्ण घोडालाई वैधिक विधिपूर्वक स्नान गराई आभूषाणादिले सिङ्गारेर घोडाको निधारमा अश्वमेध गर्ने राजाको वर्णन लेखिएको धातुको पातो टाँसी पृथ्वी भरमा निम्ताको लागि परिक्रमा गराइन्थ्यो ।

अश्वमेधको अश्वको रक्षाका लागि अश्वमेध गर्ने व्याक्तिका सेनाहरू पनि घोडासँग हिड्ने गर्थे । अश्वमेधको निमन्त्रण स्विकार नगर्ने अथवा अश्वमेध गर्न नदिने मनसायका व्याक्तिहरूले घोडालाई समातेर घोडाको रक्षार्थ खटिएका सेनाहरूसँग युद्ध गर्ने नियम थियो ।

घोडाको रक्षार्थ खटिएका सेनाहरूले घोडा समात्ने व्यक्ति तथा सेनासँग युद्ध गरेर घोडा छोडाउनु पर्ने नियम थियो । यसरी पूरा पृथ्वीको भ्रमण गरेर घोडा अश्वमेध गरिने राज्यमा फर्काएपछि वैधिक विधिपूर्वक अश्वमेध यज्ञ गरिन्थ्यो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested